नेपाली चलचित्रको पहिलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


  • शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र मनको बाँध हो ।
  • नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र सिन्दुर हो । यसका निर्देशक प्रकाश थापा हुन् ।
  • नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै छपाई भएको पहिलो नेपाली चलचित्र चोखोमाया यसका निर्देशक राजविक्रम शाह हुन् ।
  • नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र प्रतिक्षा हो ।
  • नेपाली चलचित्रको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई (प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो । नेपालमै प्रशोधन भएको पहिलो नेपाली चलचित्र रक्षा हो । यसका निर्माता-निर्देशक प्रेम बानियाँ हुन् ।
  • काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चल्ने पहिलो नेपाली चलचित्र सिन्दुर हो । यसका निर्देशक प्रकाश थापा हुन् ।
  • नेपाल भाषा (नेवार जातिको भाषा)मा बनेको पहिलो चलचित्र कुन हो - सिलु
  • २०४४ सालमा यसको प्रथम प्रदर्शन भएको हो । यसका निर्देशक प्रदीप रिमाल हुन् ।
  • रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुसुमे रुमाल हो । यसका निर्देशक तुलसी घिमिरे हुन् ।
  • बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र गोपीकृष्ण हो । यसका निर्देशक उद्धव पौडेल हुन् ।
  • कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र भाउजू हो । यसका निर्देशक राजेन्द्र शलभ हुन् ।
  • हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र माउते दाई हो । यस चलचित्रका निर्देशक युवराज लामा हुन् ।
  • बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको पहिलो ऐतिहासिक नेपाली चलचित्र प्रेमपिण्ड हो । यसका निर्देशक यादव खरेल हुन् ।
  • पहिलो नेपाली गीति-चलचित्र गौथली हो । यस चलचित्रका निर्देशक वसन्त श्रेष्ठ हुन् ।
  • आदिकवि भानुभक्तको जीवनीमा आधारित पहिलो नेपाली गीति चलचित्र आदिकवि भानुभक्त हो । यसका निर्देशक यादव खरेल हुन् ।
  • लिम्बु समुदायको रूपौली सुनौली प्रथामा आधारित भई बनाइएको चलचित्र नुमाफुङ का निर्देशकको हुन् - नवीन सुब्बा
  • लिम्बू संस्कृतिमा आधारित दोस्रो चलचित्र वसन्त ऋतु हो । वसन्त ऋतु चलचित्र सिक्किममा बनेको हो ।
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमा आधारित चलचित्रमा मुना र मदनको भूमिका क्रमशः दीपक त्रिपाठीउषा पौडेलले निभाएका छन् ।
  • नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्र का निर्देशक डी बी परियार हुन् । डी बी भनेर दिव्य विक्रम बुझिन्छ । 'सत्य-हरिश्चन्द्र'को प्रथम प्रदर्शन २००८ साल भदौ ३० गते भएको थियो । यो चलचित्र भारतमा बनाइएको थियो ।
  • अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र गोपी कृष्ण हो । यसमा राजेश हमाल नायक थिए ।
  • नेपालमै बनेको पहिलो पौराणिक चलचित्र श्री स्वस्थानी हो । यो २०५२मा बनेको हो । निर्देशक गरेका थिए - यादव खरेल
  • नेपाली भूमिमै बनाइएको पहिलो चलचित्र आमा हो । यो २०२२मा बनेको हो । आमा बन्नुअघि दार्जिलिङमा बनाइएको तर रिलमा आगो लागेर ध्वस्त भएको चलचित्र सपना कतिपय हो । निर्देशक प्रताप सुब्बा थिए ।
  • आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायक शिवशंकर मानन्धरलाई मानिन्छ ।
  • आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायिका भुवन चन्दलाई मानिन्छ ।
  • जनआन्दोलन २०४६ का कमान्डर गणेशमानसिंहको जीवनीमा आधारित चलचित्र वीर गणेशमानमा युवा गणेशमानको भूमिका निर्वाह गर्ने युवक रामकृण महर्जन हुन् ।
  • नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र माइतीघर (२०२२-२३) हो । निर्देशक बी एस थापा हुन्। माइतीघरपछि बनेको अर्को नीजि क्षेत्रको चलचित्र जुनी (२०३९-४०) हो ।
  • नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार - शान्ति ठटाल हुन्। चलचित्र- परालको आगो (२०३४) हो ।
  • नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला शान्ता नेपाली हुन् । उनले नृत्य निदर्शेन गरेका चलचित्र बाँसुरी (२०३७-३८) हो ।
  • नेवारी भाषाको पहिलो चलचित्र सिलु हो । यसका निर्देशक प्रेम बानियां हुन् ।
  • तामाङ भाषाको पहिलो चलचित्र सेमरी छोरङान् हो । यसका निर्देशक जयनन्द लामा हुन् ।
  • तामाङ भाषाको पहिलो सेल्युलाईड चलचित्र चाङछार हो । यसका निर्देशक दीपेन्द्र दोङ तामाङ हुन् ।