नेपाली फुटबलमा म्याच फिक्सिंग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
म्याच फिक्सिंग अभियोग लागेका नेपाली फुटबल टिमका पुर्व कप्तान सागर थापा

सन् १४ अक्टोबर २०१५, (२०७२ असोज २८) मा नेपाली प्रहरीले नेपालका पाँच राष्ट्रिय फुटबल खेलाडीलाई सन् २०११ को विश्वकप फुटबल छनोटमा म्याच फिक्सिंग गरेको आरोपमा पक्रिएका थिए । पक्राउ एएफसी र स्पोर्टराडरको जानकारीमा आधरीत भई गरिएको थियो ।[१]

सन् २०१५ नोभेम्बरमा आरोपित खेलाडीहरू अदालतमा हाजिर गराइएका थिए ।[२]

तत्कालीन विज्ञप्ति[सम्पादन गर्ने]

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टीमका कप्तानसहित चार खेलाडी र प्रशिक्षक निलम्बनमा परेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७२ असोज २८, बिहीबार विज्ञप्ति जारी गरी मुद्धाको टुङ्गो नलागेसम्म उनीहरुलाई फुटबलको कुनै पनि गतिविधिमा संलग्न नगराइने जनएको थियो।

 "फुटबल खेलमा मिलेमतो जस्तो संवेदनशील विषयको किनारा नलगाएसम्म अनुसन्धानमा रहेका खेलाडी एवं प्रशिक्षकलाई फुटबलको कुनै पनि गतिविधिहरुमा संलग्न नगराइने जानकारी गराउँछौं" –विज्ञप्तिमा भनिएको छ ।

तत्कालीन समयमा एन्फाले छानविन प्रक्रियामा प्रहरीलाई सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको थियो। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तानसहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा ,विकास सिंह क्षेत्री र प्राक्षिक अञ्जन केसीलाई अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा महानगरिय अपराध महासाखाले नियन्त्रणमा लिएको थियो ।

म्याच फिक्सिंगका खेलहरू[सम्पादन गर्ने]

टिम गोल नतिजा नतिजा प्रतिस्पर्धा
अफगानिस्तान २–२ बराबरी (मर्डेका कप २००८)
अफगानिस्तान ३–० जित (साफ २००९)
क्यामरुन ५–० हार (नेहरू कप २०१२)
कुवेत ५–० हार (एसियन गेम्स २०१४)
इराक ४–० हार (एसियन गेम्स २०१४)

खेलाडी तथा व्यक्तिहरू[सम्पादन गर्ने]

म्याच फिक्सिंगको अभियोग लागेका खेलाडीहरू तथा व्यक्तिहरू

  1. सागर थापा
  2. सन्दीप राई
  3. रितेश थापा
  4. विकास सिंह क्षेत्री
  5. अञ्जन केसी

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Police file subversion case against accused footballers", The Himalayan Times, अन्तिम पहुँच ३१ जनवरी २०१६ 
  2. "Nepal footballers in treason hearing over match-fixing", BBC, ९ नोभेम्बर २०१५, अन्तिम पहुँच ९ नोभेम्बर २०१५