नेपाली मन्दिर
| नेपाली मन्दिर | |
|---|---|
वाराणसीमा रहेको नेपाली मन्दिर | |
| धर्म | |
| सम्बन्धन | हिन्दुत्व |
| जिल्ला | वाराणसी |
| देवता | भगवान शिव |
| पर्वहरू | महाशिवरात्री नाग पञ्चमी |
| स्थान | |
| स्थान | ललिता घाट, वाराणसी |
| राज्य | उत्तर प्रदेश |
| देश | |
| निर्देशाङ्क | २५°१८′३५″ उत्तर ८३°००′४६″ पूर्व / २५.३०९८२१° उत्तर ८३.०१२८५९° पूर्व |
| वास्तुकला | |
| किसिम | प्यागोडा शैली |
| निर्माता | रणबहादुर शाह र गीर्वाणयुद्ध विक्रम शाह नेपालका राजा |
| निर्माण सम्पन्न | सन् १८४३ |
| अवस्थिति | ७८.१६१ मी (२५६ फिट) |
श्री साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर,[१] जसलाई नेपाली मन्दिर,[२] काठवाला मन्दिर,[३] र मिनी खजुराहो [४] को नामले पनि चिनिन्छ, पवित्र सहर वाराणसीका सबैभन्दा पुराना र प्रसिद्ध मन्दिरहरूमध्ये एक हो। हिन्दु धर्ममा यस मन्दिरको ठुलो धार्मिक महत्त्व छ र यो भगवान शिवलाई समर्पित छ। १९औँ शताब्दीमा नेपालका राजाद्वारा निर्मित यो मन्दिर टेराकोटा (माटो), ढुङ्गा र काठको प्रयोग गरी बनाइएको छ र यो काठमाडौँ, नेपालमा रहेको पशुपतिनाथ मन्दिरको प्रतिरूप (हुबहु ढाँचा) हो।[५][६][७][८][९]
इतिहास
[सम्पादन]नेपालका राजा रणबहादुर शाहले सन् १८०० देखि १८०४ सम्म वाराणसीमा निर्वासन जीवन बिताएका थिए र आफुलाई "स्वामी निर्गुणानन्द" को नामकरण गरेका थिए। निर्वासनका क्रममा उनले वाराणसीमा पशुपतिनाथ मन्दिरको प्रतिरूप बनाउने निर्णय गरे। उनी त्यहाँ बस्दा नै निर्माण कार्य सुरु भएको थियो। यद्यपि, मन्दिर पूरा हुनुअघि नै मार्च १८०४ मा शाह नेपाल राज्य फर्किए। २५ अप्रिल १८०६ मा, रणबहादुर शाहलाई उनका भाइ शेरबहादुर शाहले काटेर हत्या गरे। पछि उनका छोरा गीर्वाणयुद्ध बिक्रम शाहले मूल रूपमा तय गरिएको निर्माण मितिको करिब २० वर्षपछि यो परियोजना पूरा गरे। सन् १८४२ मा काशी नरेशद्वारा यो जमिन रणबहादुर शाहका नाममा हस्तान्तरण गरिएको थियो। मन्दिर परिसरका साथै वरपरको क्षेत्र, ललिता घाट र एक धर्मशालाको स्वामित्व नेपाल सरकारसँग रहेको छ।[१०]

निर्माण
[सम्पादन]- नेपाली मन्दिर, ललिता घाट, वाराणसी।
यो मन्दिर टेराकोटा, ढुङ्गा र काठको प्रयोग गरी बनाइएको हो र यसलाई पूरा हुन तीन दशक लागेको थियो। यसमा प्रयोग गरिएको काठ धमिरा नलाग्ने (टर्माइट प्रुफ) किसिमको छ। यो नेपाली वास्तुकला शैलीमा निर्माण गरिएको छ र यसको वरपर तित्री अमिलो र पिपलका रुखहरू छन्। मन्दिरमा मुख्यतया काठबाट कुँदिएको प्यागोडा शैलीको वास्तुकला छ। यसमा खजुराहो स्मारक समूहमा प्रदर्शित मूर्तिहरू जस्तै मूर्तिहरू छन्, त्यसैले यसलाई "मिनी खजुराहो" पनि भनिन्छ।[११][१२]
नेपाली मन्दिर वाराणसीको ललिता घाटमा अवस्थित छ। यो वाराणसी जंक्शन रेलवे स्टेसनबाट ३.८ किलोमिटर दक्षिण-पूर्व र मणिकर्णिका घाटबाट १०० मिटर दक्षिण-पश्चिममा पर्छ।[१३]
| अन्तर्गत एक शृङ्खलाको भाग |
| हिन्दु धर्म |
|---|
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ नेपाली: श्री साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर; हिन्दी: श्री साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर
- ↑ नेपाली: नेपाली मन्दिर; हिन्दी: नेपाली मन्दिर
- ↑ नेपाली: कन्थवाला मन्दिर; हिन्दी: कन्थवाला मन्दिर
- ↑ नेपाली: मिनी खजुराहो; हिन्दी: मिनी खजुराहो
- ↑ "Nepali Mandir", ixigo.com, अन्तिम पहुँच २ अगस्ट २०१५।
- ↑ "A piece of Nepal in Varanasi", The Times of India, अन्तिम पहुँच २ अगस्ट २०१५।
- ↑ "A piece of Nepal in Varanasi", The Times of India, अन्तिम पहुँच २ अगस्ट २०१५।
- ↑ "Kathwala Temple", TripAdvisor, अन्तिम पहुँच ८ अगस्ट २०१५।
- ↑ "Information", buzzntravel, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०१५। अभिलेखिकरण ४ मार्च २०१६ वेब्याक मेसिन
- ↑ "Information", buzzntravel, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०१५। अभिलेखिकरण ४ मार्च २०१६ वेब्याक मेसिन
- ↑ "Nepali Mandir", ixigo.com, अन्तिम पहुँच २ अगस्ट २०१५।
- ↑ "Nepali Mandir", ixigo.com, अन्तिम पहुँच २ अगस्ट २०१५।
- ↑ "Location", Google Maps, अन्तिम पहुँच ८ अगस्ट २०१५।