नेपाली समालाेचना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली समालोचनाको विकासक्रमलाई चार चरणमा विभाजन गरिएको पाइन्छ, जसअनुसार पहिलो चरण (१९४८-१९९८) माध्मिक काल अन्तर्गत पर्दछ भने दोस्रो चरण (१९९९-२००६), तेस्रो चरण (२००७-२०२४) र चौथो चरण (२०२५ देखि यता) अाधुनिक काल अन्तर्गत पर्दछन् । यसरी हेर्दा विक्रम सम्वत् १९९९ बाट नेपाली समालोचनाको अाधुनिक काल प्रारम्भ भएको देखिन्छ । रामकृष्ण शर्मायदुनाथ खनाल जस्ता सशक्त समालोचकहरूका समालोचना संगै प्रारम्भ भएको अाधुनिक कालको यस दाेस्राे चरणमा पूर्वीय र पाश्चात्य दुबै साहित्यशास्त्रमा समालोचना भएका पाइन्छन् । यस चरणका अन्य समालोचकहरूमा बाबुराम अाचार्य, हृदयचन्द्रसिंह प्रधान र रत्नध्वज जोशी उल्लेख्य देखिन्छन् । यस चरणका समालोचनाहरू अतिशय प्रभावपरक, प्रशंसापरक, जीवनीपरक, बौद्धिक र विश्लेषणात्मक रहेका पाइन्छन् । यो चरण सैद्धान्तिक, विधापरक, तुलनात्मक, अन्वेषणात्मक,एेतिहासिक, निर्णयात्मक, प्रगतिमूलक समालोचना निर्माणमा विशेष उर्वर रहेको पाइन्छ । [१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली साहित्यकोश (२०५५), नेपाली साहित्य, काठमाडौं : नेराप्रप्र
  2. घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन

याे पनि हेर्नुहाेस्[सम्पादन गर्ने]