सामग्रीमा जानुहोस्

नेपाल-म्यानमार सम्बन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल-म्यानमार सम्बन्ध
Map indicating locations of Myanmar and Nepal

म्यानमार

नेपाल

नेपाल-म्यानमार बिचको द्विपक्षीय विदेश सम्बन्ध आधिकारिक रूपमा १९ मार्च १९६० मा स्थापित भएको थियो।[][] याङ्गुनमा नेपालको दूतावास छ र काठमाडौँ मा म्यानमारको दूतावास छ।[] नेपाल र म्यानमार दुवै बिमस्टेक"बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास"को सदस्य राष्ट्र हुन् ।

म्यानमारमा डेढ लाख नेपालीभाषी अहिले पनि छन् । तीमध्ये केही रोजगारीको सिलसिलामा बर्माबाट थाइल्यान्ड वा अन्य देश गएका छन् । दोस्रो विश्वयुद्ध अघिसम्म नेपालीहरू काम खोज्नमात्र नभई बसाइँ सरेरै जाने देश बर्मा  हो। [][][]

जनरल भीमसेन थापाको समयमा नेपालको बर्मासित पनि दौत्यसम्बन्ध स्थापित गर्ने प्रयास भएको थियो। नेपाल-अंग्रेज युद्धपछी बर्मा सरकारले-हिन्दुस्थानमा मालसामान किन्न आएका एक व्यापारीमार्फत कलकत्तास्थित नेपाली दुतछेउ सन्देश पठाई नेपाल सरकारसित सम्बन्ध स्थापना गर्ने अभिलाषा प्रकट गर्‍यो। संवत्‌ १८७५ पौष वदि ३० रोज १ का दिन कलकत्ताबाट वकील चन्द्रशेखर उपाध्यायले मुख्तियारलाई यस्तो लेखेका थिए तापनि तुरुन्त नेपाल र बर्माको बीच दोत्यसम्बन्धका निम्ति स्थिति अनुकूल हुन सकेन। संवत्‌ १८७५ मा नै सम्बन्ध स्थापनार्थ कुराकानी चलाउन आफ्नो दूतलाई बर्मा पठायो ।[]

नेपाली दूतले बर्मा गई कुराकानी गर्नका निम्ति नेपाल सरकारले एउटा अख्तियारको सवालपत्र गरिदिएको थियो । तर नेपाल सरकारले आफ्नो दूतलाई बर्मासम्म पठाए पनि तथा बर्मा सरकारको इच्छासमेत भएर पनि नेपाल र बर्माको बीच दौत्यसम्बन्ध स्थापित हुन सकेन। यसको कारण थियो- अंग्रेजी शक्ति। बृटिश कंपनीसरकार "नेपालले बर्मासित सम्बन्ध जोडोस्‌" भन्ने कहिल्यै चाहेन, किनभने यसबाट उ आफूलाई खतरा सम्झन्थ्यो।

संवत्‌ १८८१ सालमा बर्मा र बृटिश भारतको बीच पहिलो युद्ध छेडिन गएकोले पनि नेपाल र बर्माको बीच दौत्यसम्बन्ध स्थापनाका निमित्त औपचारिक ढंगबाट कुरा चलाउनमा ढीलो हुन गयो।

भ्रमण आदानप्रदान

[सम्पादन गर्नुहोस्]

विभिन्न स्तरमा भ्रमण आदानप्रदानबाट दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ भएको छ। केही महत्त्वपूर्ण भ्रमणहरू तल सूचीबद्ध गरिएका छन्:[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal, Myanmar sign trade agreement", Setopati, अन्तिम पहुँच २६ अक्टोबर २०२१
  2. "Bilateral Relations", Embassy of Nepal – Yangon, Myanmar (en-USमा), अन्तिम पहुँच २६ अक्टोबर २०२१ अभिलेखिकरण १४ मे २०२४ वेब्याक मेसिन
  3. Rai, Bijaya (५ मार्च २०२१), "IN PICS: Civil society members stage protest in front of Myanmar Embassy", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ अक्टोबर २०२१
  4. "विचार | बर्मामा भेटिने ‘नेपाल’", Ekantipur (नेपालीमा), अन्तिम पहुँच २०२६-०५-१९
  5. खडेरी, सन्तोष (फागुन २६, २०७७), "नेपाल-म्यानमार सम्बन्धको धागो"[स्थायी मृत कडी]
  6. "‘बर्मा गए कर्म सँगै ! नेपाल गए कपाल सँगै !’", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०५-१९
  7. चित्तरञ्जन नेपाली (२०२० BS), जनरल भीमसेन थापा र तत्कालीन नेपाल, मेरी राजभण्डारी, पृ: १२९-१३३।
  8. "NEPAL-MYANMAR RELATIONS | Ministry Of Foreign Affairs", mofa.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०५-१९

थप पढ्नुहोस्

[सम्पादन गर्नुहोस्]