नेपाल-रुस सम्बन्ध
नेपाल-रसिया सम्बन्ध (रसियाली: Российско-непальские отношения) रूस र नेपाल बीचको द्विपक्षीय सम्बन्ध हो। नेपाल र सोभियत संघले सन् १९५६ जुन ५ देखि जुलाई ९ सम्म कूटनीतिक सम्बन्ध स्थापित गरेका थिए ।
२०१७ माघ २० मा सोभियत रुसका राष्ट्रपति मार्सल के.ई. भेरोसिलोभले नेपालको भ्रमण गरेका थिए। त्यसै समयमा नेपाल र सोभियत रुसको बीचमा सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। यस सन्धिअनुसार सोभियत रुसले नेपाललाई तीन करोड रुबल आर्थिक सहयोग गरेका थिए।[१] १९५६ जुलाई २० मा नेपालको तत्कालीन सोभियत रुससँग दौत्य सम्बन्ध स्थापना भएपछि दुवै देशबीच उच्चस्तरीय भ्रमणको सिलसिला कायम भएको थियो। सोभियत रुस र जापानसँग नेपालको कूटनीतिक सम्बन्ध एकै वर्षमा भएको थियो। नेपालको आवासीय दूतावास मस्कोमा छ भने रुसको आवासीय दूतावास काठमाडौंमा छ।
१९९१ डिसेम्बर २८ मा सोभियत रुसको विखण्डनपछि नेपाल सरकारले रुसी संघलाई सार्वभौम राष्ट्रको रूपमा मान्यता प्रदान गर्यो।
सन् १९५८ मा राजा महेन्द्र र स्न १९७६ मा राजा वीरेन्द्रबाट रुसको भ्रमण भएको थियो।
रुसी सेनामा नेपाली भर्ना
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाल–रुस सम्बन्धका सात दशक", Annapurna Post (Nepaliमा), अन्तिम पहुँच २०२५-०५-१६।