नेपाल अन्डर-१६ राष्ट्रिय क्रिकेट टोली
नेपाल अन्डर-१६ राष्ट्रिय क्रिकेट टिमले (अङ्ग्रेजी: Nepal national under-16 cricket team) अन्डर-१६ अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्ने गर्दछ । यो नेपाल क्रिकेट सङ्घ (क्यान)को मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।
| उपनाम(हरू) | Nepal's U16 |
|---|---|
| टीम विवरण | |
| कप्तान | अभिषेक तिवारी |
| प्रशिक्षक | बसन्त शाही |
| मालिक | नेपाल क्रिकेट सङ्घ |
| टिम जानकारी | |
| सहर | काठमाडौँ |
| रङ | रातो र निलो |
| १९९८ | |
| त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान | |
| क्षमता | २०,००० |
| दोस्रो मैदान(हरू) | मूलपानी क्रिकेट रङ्गशाला |
| दोस्रो मैदान क्षमता | ४०,००० |
| इतिहास | |
| एसीसी अन्डर-१६ एलिटकप wins | २ (उपविजेता ; २०१०, २०१२) |
| अन्डर-१६ एसीसी प्रिमियर लिग wins | १ (च्याम्पियन ; २०१४) |
| एसीसीद्वारा आयोजित अन्डर-१६ क्षेत्रीय प्रतियोगिता wins | ४ (च्याम्पियन ; २०१७, २०१९, २०२३, २०२५) |
| आधिकारिक वेबसाइट: | https://cricketnepal.org.np/ |
टोलीको नेतृत्व कप्तान बिपीन शर्मा गरिरहेका छन् । टिमको उपकप्तानको रूपमा सुर्यान्शु कोइराला चयन भएका छन् । यस टोलीका प्रशिक्षक बसन्त शाही रहेको छ ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]उल्लेखनीय सहभागिताहरू:
[सम्पादन गर्नुहोस्]२०१० अघि, एसियाली क्रिकेट परिषद् (ACC) ले सुरु गरेको संरचित अन्डर-१६ एलिट / प्रिमियर / च्यालेन्ज कपहरू अस्तित्वमा थिएनन्। तर, केही क्षेत्रीय वा आमन्त्रित अन्डर-१५ र अन्डर-१७ प्रतियोगिताहरू थिए जसले प्रभावकारी रूपमा अन्डर-१६ प्रणालीको पूर्वसुरुवातको काम गरेका थिए। एसीसीद्वारा आयोजित क्षेत्रीय प्रतियोगिताहरूमा यू-१६ टोलीको बलियो उपस्थिति छ। नेपालको यू-१६ टोली एसीसी यू-१६ पूर्वी क्षेत्रको २०१७, २०१९, २०२३ र २०२५ संस्करण र २०१४ एसीसी यू-१६ प्रिमियर लिगको च्याम्पियन हो। सन् २०१० र २०१२ को एसीसी यु-१६ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । अन्डर १६ उमेर समूहमा सन् २०१० मा नेपाल सिङ्गापुर र सन् २०१२ मा मलेसियासँग हार बेहोरेको थियो। यसअघि नेपाल दुईपटक उपविजेतामा सीमित भएको थियो । सिंगापुरले एसीसी यू१६ एलिट २०१० को च्याम्पियन बनेको छ। मंगलबार काठमाडौंको बाहिरी इलाका कीर्तिपुरमा भएको एसीसी यू१६ एलिट कप २०१० मा सिंगापुरले नेपाललाई ६८ रनले पराजित गर्दै उपाधि जितेको छ। सन् १९९८ पछि नेपालले घरेलु मैदानमा एसीसीको फाइनल हारेको यो पहिलो पटक थियो।
उल्लेखनीय व्यक्तिगत प्रदर्शन:
[सम्पादन गर्नुहोस्]नरेन भट्टले २०२३ एसीसी यू-१६ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा म्याच-विनिङ शतक बनाए र कप्तान अभिषेक तिवारीले पाँच विकेट लिए।
१३ वर्षीय अनिल खरेलले बहराइन विरुद्ध ८ रन खर्चेर ३ विकेट लिएर २०१४ को यू-१६ एसीसी प्रिमियर लिग स्तरमा आफ्नो छाप छोडेका थिए।[१]
टुर्नामेन्ट इतिहास
[सम्पादन गर्नुहोस्]रातो बक्सले वर्षभरि नेपाल भित्र खेलिएका प्रतियोगिताहरूलाई जनाउँछ।
| च्यामपियन | |
| उपविजेता | |
| तेस्रो स्थान | |
एसीसी अन्डर-१६ एलिटकप
[सम्पादन गर्नुहोस्]| वर्ष | आयोजक | नतिजा | स्थिति | स्थान | खेल | जित | हार | ड्र | टाइ | अंक | न बि |
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| २०१० | उपविजेता | २/८ | नेपाल | ३ | ३ | ० | ० | ० | ६ | २.४२७ | |
| २०१२ | उपविजेता | २/९ | मलेसिया | ४ | ४ | ० | ० | ० | ८ | २.१६९ |
अन्डर-१६ एसीसी प्रिमियर लिग
[सम्पादन गर्नुहोस्]सन् २०१४, अन्डर-१६ एसीसी लिग प्रतियोगितामा नेपाल, मलेसिया, ओमान, सिंगापुर, बहराइन र थाइल्याण्डका टोलीहरूले भाग लिइरहेका छन्।
| वर्ष | आयोजक | नतिजा | स्थिति | स्थान | खेल | जित | हार | ड्र | टाइ | अंक | न बि |
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| २०१४ | च्याम्पियन | १/६ | मलेसिया | ३ | ३ | ० | ० | ० | ६ | २.५१३ |
एसीसीद्वारा आयोजित अन्डर-१६ क्षेत्रीय प्रतियोगिता
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय मैदानहरू
[सम्पादन गर्नुहोस्]कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान र कागेश्वरी मनोहरा स्थित मूलपानी क्रिकेट रङ्गशाला एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपालका दुई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाहरू हुन्।
| स्थान | सहर | टेस्ट | ओडिआई | टिट्वान्टी | महिला टिट्वान्टी |
|---|---|---|---|---|---|
| त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान | कीर्तिपुर | ० | २५ | १८ | ५ |
| मूलपानी क्रिकेट रङ्गशाला | कागेश्वरी मनोहरा | ० | १ | ८ | |
| पोखरा रङ्गशाला | पोखरा | ० | ४ |
वर्तमान स्क्वाडहरू
[सम्पादन गर्नुहोस्]नेपाल क्रिकेट संघ (क्यान)ले अभिषेक तिवारीको नेतृत्वमा नेपाल यु१६ पक्षको घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय क्याप भएका खेलाडीहरूलाई बोल्डको रूपमा चिन्ह लगाइन्छ।
| नाम | जन्म मिति | ब्याटिङ शैली | बलिङ शैली | सम्झौता | फारमहरू | घरेलु टोली | नेपाल टि२० |
|---|---|---|---|---|---|---|---|
| ब्याटरहरू | |||||||
| अभिषेक तिवारी | |||||||