नेपाल औद्योगिक विकास निगम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाल औद्योगिक विकास निगम
प्रकार'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था

नेपाल औद्योगिक विकास निगम लिमिटेड नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार "ख वर्ग"मा पर्ने एक बैक हो। यो नेपाल सरकारको स्वामित्वमा सञ्चालित संस्थान थियो । यो उद्योग मन्त्रालयको मातहतमा सञ्चालित संस्थान हो । नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ अनुसार यो संस्था बनेको हो ।

अनियमितता[सम्पादन गर्ने]

बैंकमा कर्मचारी भर्ना गर्दा भएको अनियमितता, बैठक भत्तालगायत अन्य भत्ता भुक्तानीमा अनियमितता, उप-दान कोषबाट अनियमित रुपमा रकम भुक्तानी, शेर्पा आउटडोर गुड इन्डस्ट्रिज (काजी शेर्पा समेत), होटल एभरेस्ट इन्टरनेसनल लिमिटेड, भृकुटी पल्प एन्ड पेपर लिमिटेड, पुष्पा बानियाँ र राजाराम बानियाँ (हाउजिङ लोन), हिमशिखर कार्पेट उद्योग प्रालि, श्रीराम सुगर मिललगायत संस्थामा गैरकानुनी रुपमा ऋण लगानी गरेको, मिनाहा दिइएको, ऋण पुनःसंरचना गरेको, कम्पनी रजिस्ट्रारको कार्यालयलाई कानुनबमोजिम बुझाउनुपर्ने विवरण निर्धारित समयमा नबुझाए बापत तिरेको जरिवाना संस्थाबाट तिरेर नोक्सान पुर्याएको, व्यवस्थापक वा सञ्चालक समितिको नियुक्ति मापदण्ड विपरीत भएको थियो ।[१]

विलय[सम्पादन गर्ने]

नेपाल सरकारले २०७३ माघ १४ गते (नेपाल औद्योगिक विकास निगम लिमिटेड) एन.आई.डिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेपछि दुई बैंकका ३/३ जना प्रतिनिधि रहने गरि निर्मलहरि अधिकारीको संयोजकत्वमा २०७३ फागुन ६ गते संयुक्त मर्जर समिति गठन भएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक र एन.आई.डिसी डेभलपमेन्ट बैंकले एकीकृत कारोबार थालेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. एनआइडिसीमा भएको ७६ करोड अनियमितता अख्तियारले लुकाएको सतर्कता केन्द्रको खुलासा