नेपाल खाद्य बैंक लिमिटेड
| नेपाल खाद्य बैंक लिमिटेड | |
|---|---|
| नाम | नेपाल खाद्य बैंक लिमिटेड |
| प्रकार | सेवादायि |
| उद्योग | कृषि तथा पर्यटन |
| स्थापित वर्ष | सन् २०१५ |
| संस्थापक | रामराजा श्रेष्ठ ,राजन श्रेष्ठ ,दिपक श्रेष्ठ ,अनिता श्रेष्ठ,राज श्रेष्ठ,शम्भु सिग्देल,जिवन कुमार पौडेल |
| मुख्यालय | बेलकोटगढी नगरपालिका, नुवाकोट |
| सेवा क्षेत्र | नेपाल ,नाईजेरिया |
| प्रमुख ब्यक्तिहरू | रामराजा श्रेष्ठ ,योगेन्द्र थापा |
| चालु पुँजी | १०,००,००,००० |
'नेपाल खाद्य बैंक लिमिटेड, नेपालको पहिलो खाद्य बैंक '[१][२] भनेर चिनिन्छ। यसलाई नेपाल फुड बैंक, "खाद्य बैंक" समेत भनिन्छ। जस्लाई यो नुवाकोटका बेलकोटगढी नगरपालिका ,काशिटारमा दर्ता गरिएको छ।[स्रोत नखुलेको] नेपालमा खाद्य सुरक्षा र कृषि क्षेत्रको विकासका लागि स्थापित एक कम्पनी हो। यसको मुख्य उद्देश्य कृषकहरूबाट सिधै कृषि उत्पादन खरिद गरी भण्डारण गर्नु, उचित मूल्यमा उपभोक्ताहरूलाई उपलब्ध गराउनु र खाद्य वस्तुहरूको आपूर्ति शृङ्खलालाई व्यवस्थित गर्नु हो।
हुन त यो बैंकको स्थापनाकाल पश्चात कोभिड महामारिको कारण चुनौतिहरू श्रृजना भएको देखिन्छ। ततपश्चात नेपाल सरकारले नै विभिन्न जिल्लामा खाद्य बैंक गरेको भेटिन्छ भने सन् २०२० पछि धेरै संख्यामा फुड बैंक र खाद्य बैंकहरु दर्ता र प्रचलनमा आएको भेटिन्छ। उदाहरणको लागि रास्ट्रिय खाद्य बैंक लिमिटेड र समृद्धि खाद्य बैंक नेपालमा प्रचलनमा आएको कोभिड पछि नै हो भन्ने कुरा दस्तावेजहरुले पुष्ठि गर्दछ।
नेपाल खाद्य बैंक लिमिटेडले केही बर्षदेखि नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारिकरणको लागी मार्केट सर्भे, मार्केट रिसर्च एन्ड डेभलपमेन्ट, प्रोडक्ट डिजाइन, फूड सेक्युरिटी, एग्री टुरिजम, क्रियटीङ डिमाण्ड तथा क्षमता अभिबृद्दिको लागी काम गर्दै आएको छ ।
स्थापना र अवधारणा
[सम्पादन गर्नुहोस्]नेपाल खाद्य बैंकको स्थापना सन् २०१५ मा भएको हो। यसको अवधारणा खाद्य सुरक्षा ,कृषि पर्यटन ,रासन कार्ड सहित कृषकहरूलाई उनीहरूको उत्पादनको उचित मूल्य दिलाउनु र बजारमा बिचौलियाहरूको भूमिकालाई कम गर्नु हो। यसले खाद्य वस्तुलाई बचत गर्ने[३][४] (बचत गर्ने, उधारो लिने र दिने) प्रणालीलाई प्रोत्साहन गर्छ। यसअन्तर्गत, कृषकहरूले आफूले उत्पादन गरेका अन्न, तरकारी र फलफूल बैंकमा जम्मा गर्न सक्छन् र आवश्यक परेको बेला फिर्ता लिन वा सोही बराबरको मूल्य प्राप्त गर्न सक्छन्।[५]
प्रमुख कार्यहरू
[सम्पादन गर्नुहोस्]नेपाल खाद्य बैंकले विभिन्न कार्यहरू सञ्चालन गर्दछ, जसले कृषि क्षेत्रलाई टेवा पुर्याउन मद्दत गर्छ:[६]
- कृषि उपजको भण्डारण र प्रशोधन: बैंकले कृषकहरूबाट धान, गहुँ, मकै, दालजस्ता खाद्यान्नहरू र अन्य कृषि उपजहरू सिधै खरिद गरी सुरक्षित भण्डारण गर्छ। यसले गर्दा कृषकहरूले सस्तोमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यता हट्छ।
- उचित मूल्यको सुनिश्चितता: यसले बजार मूल्यमा हुने उतारचढावलाई नियन्त्रण गर्न मद्दत गर्छ। जब बजारमा कुनै वस्तुको अभाव हुन्छ, बैंकले आफ्नो भण्डारबाट वस्तुहरू बजारमा ल्याई मूल्य स्थिर राख्न सहयोग गर्छ।
- आपूर्ति शृङ्खला व्यवस्थापन: बैंकले कृषकदेखि उपभोक्तासम्मको खाद्य यात्रालाई व्यवस्थित र पारदर्शी बनाउने प्रयास गर्छ। यसले अनावश्यक बिचौलियाहरूलाई हटाउँछ र सबैलाई फाइदा हुने वातावरण सिर्जना गर्छ।
- खाद्य सुरक्षाको प्रवर्द्धन: विपद् वा संकटको समयमा खाद्य वस्तुहरूको उपलब्धता सुनिश्चित गर्नु पनि यसको एक महत्त्वपूर्ण लक्ष्य हो।
- कृषक सशक्तिकरण: बैंकले कृषकहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र उनीहरूलाई थप उत्पादन गर्न प्रोत्साहन गर्छ।
चुनौतीहरू र भविष्य
[सम्पादन गर्नुहोस्]नेपाल खाद्य बैंकले आफ्नो यात्रामा केही चुनौतीहरू पनि सामना गरिरहेको छ। ठूलो मात्रामा कृषि उपजको भण्डारणका लागि आवश्यक पर्ने पूर्वाधारको कमी, लगानीको चुनौती र देशभरि आफ्नो सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता यसका प्रमुख चुनौती हुन्। यद्यपि, बैंकले आधुनिक प्रविधि र दिगो कृषि प्रणालीलाई अपनाएर यी चुनौतीहरू पार गर्ने लक्ष्य राखेको छ। भविष्यमा नेपाल खाद्य बैंकले नेपालको समग्र कृषि अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। २०१७ मा नाईजेरियाको ओसुन राज्यमा कार्यक्रम बिस्तार गरेको देखिन्छ । [७][८] [९][१०]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ घर, सेतो (२०१७-१०-१२), "रामराजा श्रेष्ठलाई पर्यटन सचिवबाट नेपाली झण्डा हस्तान्तरण", Setoghar- (en-GBमा), अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ समाचार, आईसीटी, "नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठलाइ नाइजेरियामा बिशेष सम्मान", ictsamachar.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ Khabar, Halo, "केडिया ग्रुपले तयार पारेको कृषि उपजका उत्पादन अब युरोपेली बजारमा उपलब्ध हुने", Halokhabar (npमा), अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ "नेपाल खाद्य बैंकका अध्यक्ष श्रेष्ठलाई ‘ओसन युथ फर पिस अवार्ड’, सम्मान थाप्न नाइजेरिया जाँदै", Bizkhabar Online (अङ्ग्रेजीमा), २०१७-१०-०५, अन्तिम पहुँच २०२५-०९-१८। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-०५ मिति
- ↑ "के हो ‘नेपाल खाद्य बैंक ?’ के पाउँछन् कृषकले ? के पाउँछ देशले ?, राम राजा श्रेष्ठसँगको अन्तर्वार्ता", arthasarokar.com (en-USमा), अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ Nation, The (२०१७-०८-०८), "Nepalese bank mulls massive agric investment in UNILORIN", The Nation Newspaper (en-USमा), अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ "नेपाल र नाइजेरियाका उच्च अधिकारीबीच कृर्षि परियोजनामा सम्झौता", pahilopost.com, अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ क्लिकमान्डु, "नेपाल र नाइजेरियाबीच कृषि क्षेत्रमा सहकार्य गर्ने सम्झौता", Clickmandu (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ "Osun to Partner Nepal bank on Agriculture", Osun State Official Website (en-USमा), २०१७-०८-०९, अन्तिम पहुँच २०२५-०९-१८।
- ↑ Uzor, Franklin (२०१७-०८-२३), "Nepalese Bank to Invest in Nigeria’s Agribusiness", Nigerian Investment Promotion Commission (en-USमा), अन्तिम पहुँच २०२५-०९-१८।