नेपाल खुल्ला विश्वविद्यालय
नेपाल खुला विश्वविद्यालय (Nepal Open University) नेपाल सरकारद्वारा स्थापित एक सार्वजनिक विश्वविद्यालय हो, जसले खुला र दूरशिक्षा प्रणालीमार्फत उच्च शिक्षा प्रदान गर्दछ। यस विश्वविद्यालयको स्थापना २०७३ सालमा संसदबाट पारित ऐनद्वारा गरिएको हो। यसले नेपालका कुनै पनि भूगोलिक क्षेत्रका विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट अध्ययन गर्ने अवसर प्रदान गर्दछ। यस विश्वविद्यालयबाट प्रदान गरिने डिग्रीहरू विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गतका अन्य नेपाली विश्वविद्यालयहरूको डिग्रीसरह मान्यता प्राप्त छन् [१]।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपालमा खुला विश्वविद्यालय स्थापना गर्ने औपचारिक प्रयास सन् १९९९ मा सुरु भएको थियो, जब नेपाल सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) अन्तर्गतको खुला र दूरशिक्षा कन्सोर्टियममा हस्ताक्षर गर्यो। सन् २००८/०९ को बजेटमा द्वन्द्वकालमा शिक्षा प्राप्त गर्नबाट वञ्चित युवाहरूलाई अवसर दिन खुला विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको थियो। तर, संस्थागत संरचनाको अभावमा कार्यान्वयनमा ढिलाइ भयो। यसबीच, क्यानडामा आधारित गैर-नाफामूलक संस्था 'क्यानडा फोरम फर नेपाल' (CFFN) ले प्रवासी नेपालीहरूलाई समेटेर २०१० मा गैर-आवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मा 'नेपाल खुला विश्वविद्यालय' परियोजनालाई प्रमुख एजेन्डा बनायो। दुई पटक संसदमा विधेयक प्रस्तुत भए पनि पहिलोपटक संसद विघटनका कारण रद्द भयो। अन्ततः २०७३ साल असार १६ गते संसदबाट विधेयक पारित भई सोही वर्ष साउन ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विश्वविद्यालयको स्थापना भयो [२]।
प्रशासन
[सम्पादन गर्नुहोस्]- कुलपति: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री (हाल: रघुजी पन्त)
- उपकुलपति: डा. शिलु मानन्धर बज्राचार्य
- रजिस्ट्रार: डा. गोविन्द सिंह बिष्ट
संकाय र कार्यक्रमहरू
[सम्पादन गर्नुहोस्]नेपाल खुला विश्वविद्यालयमा तीन प्रमुख संकायहरू छन्, जसअन्तर्गत विभिन्न डिप्लोमा, स्नातक, स्नातकोत्तर र एमफिल तहका १६ शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्:
व्यवस्थापन तथा कानुन संकाय
[सम्पादन गर्नुहोस्]- व्यवसाय विज्ञान स्नातक (BBS)
- व्यवस्थापनमा स्नातकोत्तर (MBA)
- विकास व्यवस्थापन तथा शासनमा विज्ञान स्नातकोत्तर (MSc)
- कानुन स्नातक (LLB)
विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय
[सम्पादन गर्नुहोस्]- ई-शासनमा स्नातकोत्तर (MSc)
- प्राकृतिक स्रोत र विकासमा स्नातकोत्तर (MSc)
- जिओइनफरमेटिक्समा स्नातकोत्तर (MSc)
- पर्यावरण तथा व्यावसायिक स्वास्थ्यमा विज्ञान स्नातकोत्तर (MSc)
- सूचना तथा सञ्चार प्रविधिमा एमफिल (MPhil)
सामाजिक विज्ञान तथा शिक्षा संकाय
[सम्पादन गर्नुहोस्]- मिडिया तथा सञ्चार अध्ययनमा स्नातकोत्तर (MA)
- पुस्तकालय तथा सूचना व्यवस्थापनमा डिप्लोमा
विद्यार्थी संख्या
[सम्पादन गर्नुहोस्]सन् २०२४ सम्म विश्वविद्यालयमा ३,००० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।
वेबसाइट
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- नेपाल खुला विश्वविद्यालय ऐन, २०७३
- नेपाल खुला विश्वविद्यालयको आधिकारिक वेबसाइट
- नेपाल खुला विश्वविद्यालयको विकिपीडिया पृष्ठ
- ↑ "NOU-Nepal Open University", nou.edu.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-२२।
- ↑ "Nepal Open University", Wikipedia (अङ्ग्रेजीमा), २०२४-१२-२७, अन्तिम पहुँच २०२५-०५-२२।