नेपाल दुरसञ्चार प्राधिकरण
Jump to navigation
Jump to search
नेपाल दुरसञ्चार प्राधिकरण (नेदूप्रा) | |
---|---|
![]() नेपाल दूरसञ्चार प्राधिकरणको लोगो | |
नारा | दूरसञ्चार क्षेत्रको नियामक निकाय |
स्थापना | ४ मार्च १९९८ |
वैधानिक स्थिति | दूरसञ्चार ऐन, २०५३ अनुसार स्थापना भएको अविछिन्न उत्तराधिकारीवाला स्वशासित तथा सङ्गठित संस्था |
उद्देश्य | दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउने तथा त्यस्तो सेवालाई नियमित र व्यवस्थित गर्ने |
केन्द्रीय कार्यालय | काठमाडौं, ![]() |
कार्य क्षेत्र | नेपाल |
आधिकारिक भाषा | नेपाली, अंग्रेजी |
कार्यवाहक अध्यक्ष | पुरुषोत्तम खनाल |
वेबसाइट | nta.gov.np/en/ |
नेपालको दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण हो। यस निकाय दूरसञ्चार ऐन, २०५३ अनुसार स्थापना भएको हो भने सोही ऐन अनुसार यस निकायले दूरसञ्चारसम्बन्धी सम्पूर्ण कार्यहरूलाई नियमन गर्न दायित्व पाएको छ। [१]
काम, कर्तव्य र अधिकार[सम्पादन गर्ने]
- दूरसञ्चार सेवाको विकासको लागि नेपाल सरकारले अपनाउनु पर्ने नीति, योजना र कार्यक्रमको सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।
- दूरसञ्चार सेवा तथा सुविधा र्सवसुलभ र भरपर्दो बनाउने ।
- आधारभूत दूरसञ्चार सेवा र सुविधा नेपाल अधिराज्भर शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था गर्ने ।
- दूरसञ्चार सेवा संचालनमा स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताहरुलाई सहभागी बनाउने ।
- दूरसञ्चार सेवा र सुविधा र्सवसाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तिहरु बीच समन्वय र स्वस्थ प्रतिस्पर्धा हुने व्यवस्था गर्ने ।
- दूरसञ्चार सेवा र दूरसञ्चार सम्वन्धी यन्त्र तथा उपकरणहरुको स्तर तोक्ने, गुणस्तर निर्धारण गर्ने तथा स्वीकृत गर्ने ।
- दूरसञ्चार सेवालाई नियमित र व्यवस्थित गर्ने ।
- दूरसञ्चार सेवा संचालन गर्न अनुमतिपत्र दिने ।
- अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा उपलब्ध गराए बापत लिने शुल्क स्वीकृत र नियमित गर्ने ।
- रेडियो प्रिmक्वेन्सी नीति निर्धारण समितिद्वारा निर्धारित निित अनुरुप फ्रिक्वेन्सी सम्वन्धी काम गर्ने ।
- दूरसञ्चारको क्षेत्रमा नयां प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने ।
- दूरसञ्चार क्षेत्रको लागि दक्ष जनशक्ति विकास गराउने ।
- उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्ने, गराउने ।
- दूरसञ्चारका सम्वन्धमा नेपाललाई अन्तर्रराष्ट्रिय ट्रान्जिटको रुपमा विकास गर्ने, गराउने ।
- दूरसञ्चार सेवाको विकास र प्रबर्द्धनको लागि आवश्यक र उपयुक्त अन्य काम गर्ने ।