नेपाल टेलिकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपाल दूरसञ्चार कम्पनीबाट अनुप्रेषित)
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगदूरसञ्चार
पूर्ववर्तीनेपाल दूरसञ्चार निगम
स्थापित१३ अप्रिल २००४ (२० वर्ष पहिले) (२००४-०४-13)[१]
केन्द्रीय कार्यालय
भद्रकाली प्लाजा, काठमाडौँ
मुख्य व्यक्ति
सुनिल पौडेल [२] [३]
उत्पादनहरूमोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्री जी, फोरजी
सेवाहरूनिश्चित लाइनमोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित-लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस
राजश्ववृद्धि नेरू ३४३.४४७ बिलियन (२०१६)[४]
परिचालन आय
वृद्धि नेरू ३४३.४४७ बिलियन (२०१६)[४]
वृद्धि नेरू १७.१२२ बिलियन (२०१६)[४]
कुल सम्पत्तिवृद्धि नेरू ८११५.२८९ बिलियन (२०१६)[४]
कुल इक्विटीवृद्धि नेरू ४८५.४६० बिलियन (२०१६)[४]
कर्मचारी सङ्ख्या
३९१२ (पुष २०७८)[५]
वेबसाइटएनटीसी.नेट.एनपी

नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो। यसको स्थापना २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। २०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको थियो। यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ। टेलिकमले इन्टरनेट सेवामा डायल-अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ। बैङ्क तथा विभिन्न निकायहरूलाई तथ्याङ्क आदान प्रदान गर्न लिज्ड सर्किटको सेवा समेत टेलिकमले दिने गर्दछ। २०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीको जारी पूँजी १५ अर्ब तथा चालू पूँजी २२ अर्ब रूपैयाँ रहेको छ। यस कम्पनीमा हाल करिव ३,९१२ कर्मचारी कार्यरत छन्। हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ।

नेपाल टेलिकम आइएसडिएन र लिज्ड लाइन सेवाको नेपालमा एक मात्र प्रदायक हो। सन् २००५ मा नेपालको दूरसञ्चार उद्योगमा एनसेल (पहिले मेरो मोबाईलको रूपमा चिनिने) को प्रवेश पछि यो जीएसएम मोबाइल सेवाको मात्र प्रदायक बन्नबाट चुकेको थियो। ५,४०० भन्दा बढी कर्मचारीहरूसँग यो नेपालको सबैभन्दा ठूलो निगम हो। देशको यसको विभिन्न भागहरूमा कुल २६२ टेलिफोन विनियम कार्यलयहरू छन् जसले ६०३,२९१ पीएसटीएन लाइनहरूमा यसले सेवा पुर्‍याएको छ। यसले ५० लाख भन्दा बढी जीएसएम सेलुलर फोनहरू र १० लाख भन्दा बढी सीडीएमए फोन लाइनहरूमा सेवा दिइरहेको छ। हालैको एक डाटा अनुसार, यसका ल्यान्डलाइन, जीएसएम मोबाइल, सीडीएमए र इन्टरनेट सेवा गरी १ करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्।[६] नेपाल टेलिकमले सन् २०१७ जनवरी १ बाट ४ जी एलटिइ सेवा शुरु गरेको थियो। हाल नेपालको ६६५ बटा स्थानिय तहहरूमा यो सेवा पुगिसकेको छ ।[७]

विकासक्रम[सम्पादन गर्नुहोस्]

वि.सं. १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी हो। अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो। वि.सं. १९७१ मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाईनको स्थापना भएपछि पहिलो चोटी ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो। वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो। वि.सं. १९९२ मा काठमाडौँमा २५ लाईनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोन सेवाको श्रीगणेश भयो। यसबाट मात्र सार्वजनिक रूपमा टेलिफोन सेवा उपलब्ध भएको मान्नुपर्छ। श्री ३ मोहन शमशेरका पालामा वि.सं. २००५ सालमा नेपालमा मोहन आकाशवाणी नामले आकाशवाणी सेवा शुरु भएको हो। यसको कार्यालयलाई आकाशवाणी हेड अफिस भनिन्थ्यो। सेवाको शुरुवात २००७ सालमा प्रजातन्त्रको उदय भएपछि देशका ६ वटा मुख्य स्थानहरूमा एच.एफ.उपकरण स्थापना भएपछि भएको हो। २०१६ सालमा तत्कालिक टेलिफोन हेड अफिस र आकाशवाणी हेड अफिसलाई एकै ठाउँमा गाभी निर्माण, यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो। यस विभागलाई २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरिएको थियो। राष्ट्रिय एकताको सुदृढीकरण तथा सन्तुलित आर्थिक विकासको निमित्त आवश्यक पूर्वाधार तयार गर्नुका साथै उपलब्ध दूरसञ्चार सेवा सर्वसाधारणमा सरल, सुगम एवं सुपथरूपमा अधिराज्यका दुर्गम स्थानमा समेत उपलब्ध गराउने उद्देश्य लिई सञ्चार संस्थान ऐन, २०२८ अन्तरगत नेपाल दूर सञ्चार संस्थानको स्थापना २०३२ साल असार १ गते भएको थियो। यस संस्थानलाई नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) को पूर्ण स्वामित्वमा राखिएको थियो।[८]

वित्तीय अवस्था[सम्पादन गर्नुहोस्]

नेपाल टेलिकमको वित्तीय अवस्था निम्नानुसारको रहेको छ। [९]

अवधि कारोबार (रू) कर अघिको नाफा/नोक्सान (रू) खुद नाफा/नोक्सान (रू) बेसिक ईपिएस (रू)
आषाढ मसान्त २०७१ ३९,२६८,४१६,६६८ १५,५९९,१९६,८२० ११,६८१,१५२,८६० ७७.८७
आषाढ मसान्त २०७० ३८,८५८,२६०,९७९ १५,१३१,०३२,५६५ ११,२९९,१७५,९९७ ७५.३३
आषाढ मसान्त २०६९ ३६,७९१,८२०,२०६ १५,६१७,१८९,०१२ ११,६०५,२६९,५८२ ७७.३७
आषाढ मसान्त २०६८ ३१,९३२,१७७,५८९ १६,३८९,६३९,३६४ १२,१२०,२९८,७९४ ८०.८०
आषाढ मसान्त २०६७ २७,१६२,३०३,३१४ १४,४४१,०९५,२०८ १०,७७५,१५४,४६४ ७१.८३


कम्पनीका अन्तर्गत कार्यालयहरू

निर्देशनालय

कम्पनी सचिवालय, केन्द्रीय कार्यालय,

दूरसञ्चार तालीम केन्द्र, बबरमहल,

मोवाइल सेवा निर्देशनालय, पुल्चोक,

वायरलेस सेवा निर्देशनालय, छाउनी,

सूचना प्रविधि निर्देशनालय, जावलाखेल,

स्याटेलाईट सेवा निर्देशनालय, त्रिपुरेश्वर,

काठमाडौँ क्षेत्रीय निर्देशनालय, सुन्धारा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयहरू

पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, विराटनगर - अन्तर्गतका ५६ दूरसञ्चार कार्यालयहरू

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, बीरगञ्ज - अन्तर्गतका ४३ दूरसञ्चार कार्यालयहरू

पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, भैरहवा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयहरू

मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, नेपालगञ्ज - अन्तर्गतका ३२ दूरसञ्चार कार्यालयहरू

सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, धनगढी - अन्तर्गतका २४ दूरसञ्चार कार्यालयहरू

केन्द्रीय कार्यालयस्थित विभाग

अर्थ विभाग,

आर्थिक योजना तथा व्यवस्थापन विभाग,

आलेप तथा निरिक्षण विभाग,

जनशक्ति व्यवस्थापन विभाग,

ट्रान्समिसन योजना विभाग,

पदपूर्ति सचिवालय,

मर्मत सम्भार तथा सञ्चालन विभाग,

मेटेरियल म्यानेजमेन्ट विभाग,

राजश्व विभाग, लेखा विभाग,

विकास विभाग,

व्यापार व्यवस्थापन विभाग,

सिभिल विभाग,

स्वीचिङ योजना विभाग

अन्य विभाग

अन्तर्राष्ट्रिय सेवा विभाग, त्रिपुरेश्वर,

अप्टिकल नेटवर्क आयोजना विभाग, बबरमहल,

एक्सेस नेटवर्क विभाग, छाउनी,

ट्रान्समिसन विभाग, त्रिपुरेश्वर,

नेटवर्क आयोजना कार्यान्वयन विभाग,

कुपण्डोल, पावर विभाग, छाउनी,

स्वीचिङ योजना कार्यान्वयन विभाग, कुपण्डोल,

स्वीचिङ् मर्मत विभाग, जावलाखेल

सेवाहरू[सम्पादन गर्नुहोस्]

नेपाल टेलिकमले हाल निम्नानुसारका मुख्य सेवा तथा त्यसमा आधारित भ्यालु एडेड सर्भिस हरू उपलब्ध गराउँदै आएको छ।

  1. स्थानीय टेलिफोन (ल्यान्डलाइन टेलिफोन) सेवा
  2. फ्याक्स सेवा
    1. एडीएसएल इन्टरनेट सेवा
    2. नोटिसबोर्ड सेवा आदि
  1. जीएस एम मोवाइल सेवा
    1. एफएनएफ सेवा: नेपाल टेलिकमको यस सेवा अन्तर्गत ग्राहकहरूले आफुले सर्बाधिक बढी फोन गर्ने ५ वटा नेपाल टेलिकमका नम्बरलाई एफ एन एफ सुची अन्तर्गत राख्न सक्छन। एफ एन एफ सुचिमा रहेका नम्बरहरूमा जुनसुकै बखत कुरा गर्दा पनि ५५ पैसा करबाहेक प्रतिमिनेट लाग्दछ। यो सेवा सुचारु गर्न एफएनएफ लेखेर एउटा स्पेस पछि नम्बर फेरी स्पेस पछि नम्बर लेख्नु पर्दछ यो प्रकृयाले ५ वटा नम्बर लेखी सकेपछी १४०० मा मेसेज पठाएपछी सेवा सुचारु हुन्छ।
  2. सिडीएमए मोवाइल सेवा
  3. थ्री जी इन्टरनेट/भिडियो कल
  4. जीपीआरएस इन्टरनेट
  5. सिडीएमए फिक्स्ड फोन
  6. सिडीएमए इभीडीओ सेवा
  7. इन्टरनेट लिज लाईन
  8. इन्ट्रानेट लिज लाईन

हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ।

साझेदारीको संरचना[सम्पादन गर्नुहोस्]

नेपाल सरकार ९१.४९%
कर्मचारी ४.५%
सार्वजनिक ३.९८%
नागरिक लगानी कोष ०.०३%

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट