नेपाल प्रजापरिषद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

स्थापना[सम्पादन गर्ने]

वि. सं. १९९३ साल जेठ २० गते टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त, रामहरि शर्मा र जीवनराज आदि युवा मिलेर ओमबहाल स्थित धर्मभक्त माथेमाको घर (कहिं कहिं धर्मभक्तकी फूपुको घर पनि उल्लेख गरिएको)मा गोप्य रूपमा यस परिषदको स्थापना गरेका थिए। यो नेपालको सबभन्दा जेठो राजनीतिक पार्टी हो। राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नु यसको उद्देश्य थियो।

नेपाली राजनीतिमा योगदान[सम्पादन गर्ने]

वि.सं. १९९७ भदौमा यसको कार्यकारिणीको चुनाव हुँदा टंकप्रसाद आचार्य यसको सभापतिमा छानिएका थिए। परिषद्ले लुकी-लुकी राणा विरोधी पर्चा छर्ने, भारतबाट प्रकाशित हुने जनताएडभान्स जस्ता पत्रिकामा लेख छपाउने गर्थ्यो। यसमा राजा त्रिभुवनको पनि अप्रत्यक्ष सहयोग थियो। आफ्ना गतिविधि र राणाविरोधी प्रचार बढाउने क्रममा वि. सं. १९९७ सालमा यस पार्टीका सबैजसो सदस्य पक्राउ परे। क्रुर राणाशाहीले (जुद्ध शमशेरले) त्यसै वर्ष माघमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गङ्गालाललाई शहीद गराए भने अरूलाई आजन्म कारावासको सजाय दिए। यस प्रकार राणाविरोधी आन्दोलनलाई अग्रगति दिन यस परिषद्को ज्यादै ठूलो महत्व छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]