नेपाल वायुसेवा निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल वायुसेवा
आइएटिए आइसिएओ आह्वान सङ्केत
आरए आरएनए शाही नेपाल
स्थापना२०१५ असार १७; शाही नेपाल वायुसेवाको रूपमा
केन्द्रीय विमानस्थलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
उडान आकार
गन्तव्यहरू३६
अभिभावक सङ्गठननेपाल सरकार
प्रधान कार्यालयहरूकान्तिपथ, काठमाडौँ
प्रमुख व्यक्तिसुशील घिमिरे (अध्यक्ष)[१]
दिमप्रसाद पौडेल (प्रबन्ध निर्देशक)
वेबसाइटआधिकारिक वेबसाइट

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। २०१५ सालमा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा निगमले नियमित उडान सञ्चालन गर्दछ। डगलस डिसी-३ 'डकोटा' विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमद्वारा कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। वि.सं २०६९ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक युरोपेली सङ्घद्वारा प्रतिबन्धित वायुसेवाका सूचीमा समावेश छन्।[२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं २०१३ देखि २०२२ सम्म: सुरुवाती वर्षहरू[सम्पादन गर्नुहोस्]

शाही नेपाल वायुसेवाको तत्कालीन लोगो

वि.सं २०१३ मा शाही नेपाल वायुसेवाका रूपमा एउटा डगलस डिसी-३ विमानका साथ निगमको स्थापना भएको थियो। सुरुमा निगमको सेवा आन्तरिकतर्फ सिमरापोखरा तथा भारतका पटना, कोलकाता र दिल्लीसम्म मात्र सीमित थियो। वि.सं २०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ-२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।[४]

नेपालको भू-राजनीतिक परिस्थितीका कारण निगमका जहाजहरू खासगरी जहाज निर्माता मुलुकहरूबाट अनुदानका रूपमा उपलब्ध गराइएका थिए। वि.सं २०१४ र २०२० का बीच थप ७ डगलस डिसी-३ विमान भित्रिएको थिए। त्यसैगरी, चीनद्वारा दुईवटा फेङ सोउ-२ हार्वेस्टर विमान प्रदान गरिएता पनि ती विमानहरू नियमित सेवामा भने प्रयोग गरिएको थिएन। सिङ्गापुरबाट चार्टर उडानका निम्ति बेल हेलिकप्टर पनि भाडामा ल्याइएको थिए। रुसबाट पनि दुर्गम भेगमा नियमित उडानका लागि दुईवटा एमआई-४ हेलिकप्टर ल्याइएको थिए। आन्तरिक उडानको सञ्जाल व्यापक रूपमा विस्तार हुँदै गर्दा अन्तर्राष्ट्रिय तर्फ पनि तत्कालिन पूर्व पाकिस्तानको ढाकामा उडानको सुरुवात गरिएको थियो।[५] २०२२ मा फोक्कर एफ२७ टर्बोप्रप विमानलाई सेवामा प्रवेश गराइएको थियो।

२०२४ देखि २०४५; जेट युग र आर्थिक समृद्धि[सम्पादन गर्नुहोस्]

वि.सं २०३० मा कोलकाताको दम दम विमानस्थलमा शाही नेपाल वायुसेवाको एचएस ७४८ विमान

२०२६ मा शाही नेपाल वायुसेवा निगमले आफ्नो पहिलो हकर सिड्डली एचएस ७४८ विमान सेवामा प्रवेश गराएको थियो। यसपश्चात् २०२७ मा ट्विन अटर र २०२८ मा बोइङ ७२७ विमानहरू सेवामा ल्याइएका थिए। २०४३ मा बोइङ ७५७ ले बोइङ ७२७ लाई प्रतिस्थापित गरेको थियो। २०४१ मा नेपाल भित्रिएका कुल १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाइ मार्गबाट आएका थिए। शाही नेपाल वायुसेवाले तीमध्ये ३८ प्रतिशत यात्रुलाई सेवा दिएको थियो। तर यो सङ्ख्या २०३५ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। शा.ने.वा.नि.को मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो, तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र लुफ्थान्सा जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले २०४३ मा काठमाडौँ र फ्रान्कफर्ट बीच सिधा उडान थाले पश्चात् अन्य वायुसेवाहरू पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक बनेका थिए।

२०४२ मा बैङ्ककको डन मुआङ विमानस्थलमा शाही नेपाल वायुसेवाको बोइङ ७२७-१०० विमान

त्यस समयमा शाही नेपाल वायुसेवाको सञ्जाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् १९८८ मा शा.ने.वा.नि.ले बेलायती सेनामा कार्यरत गोर्खालीहरू बसोबास गर्ने हङकङमा बोइङ ७५७बाट सिधा उडानको थालनी गरेको थियो भने पछि शा.ने.वा.नि. र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौँ र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा बीच सिधा उडान सुरु गरिएको थियो।[५]

वि.सं २०४४-४५ मा ५.४३ करोड अमेरिकी डलरको कारोबार भएको निगमले १.७ करोड अमेरिकी डलरको नाफा कमाएको थियो। २,२०० कर्मचारीलाई रोजगार प्रदान गरेको निगम देशकै सबैभन्दा ठुलो रोजगारदाताका साथसाथै विदेशी मुद्रा कमाउने सबैभन्दा ठूलो संस्था थियो। निगमले करिब १.५ करोड डलर विदेशबाट भित्र्याएको थियो। निगमका कुल यात्रुमध्ये ७५ प्रतिशत विदेशी थिए। त्यस समयमा लन्डन, दुबई, कराचीमुम्बई पनि उडान सञ्जालमा जोडिएका थिए।[५]

२०४६ देखि २०६६ ; भ्रष्टाचार[सम्पादन गर्नुहोस्]

२०४८ मा हवाई सेवा निजी क्षेत्रका लागि खुला गरिएको थियो, र तत्पश्चात ने.वा.नि.को प्रतिस्पर्धाको रूपमा नेकोन एयर, कस्मिक एयर, एभरेष्ट एयर, बुद्ध एयर, यती एयरलाइन्स र सिता एयर जस्ता वायुसेवा कम्पनीको उदय भएको थियो। नेपाल वायुसेवाको बोइङ ७२७ को अन्तिम उडान २०४८ मा भएको थियो। २०५३ सम्ममा यी चार प्रतिस्पर्धीले नेपाली आकाशमा ७० प्रतिशत बजार हिस्सा ओगटेका थिए।[६]

नयाँं सहस्राब्दि नजिकिदैँ गर्दा निगम भित्र भ्रष्टाचारका आरोपहरू पनि बढ्दै गएको थियो। त्यस्तै एक भ्रष्टाचारको मुद्दामा दिनेश धमिजा संलग्न थिए, जो पछि गएर इ-बुकर्स नामक इन्टरनेट यात्रा वेबसाइट संस्थापक भएका थिए।[७] धमिजालाई निगमको युरोपेली सञ्चालन विभागको निर्देशकको पद तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको घनिष्ठताका कारण प्राप्त गरेको आरोप लगाइएको थियो। यी आरोपहरू विरुद्ध निकै ठूलो अदालती कार्वाही पश्चात् धमिजाले निगमसँग ठोस सम्झौता सहित मुद्दा जितेका थिए।[८]

२०५६ अस्ट्रियाको लाउडा एयरको बोइङ ७६७ विमान भाडामा लिए पश्चात् एक ठूलो घोटाला भएको थियो[९], र सो विमान वायुसेवाका कर्मचारी तथा सरकारी अधिकारीहरूद्वारा विरोध गरिएतापनि सेवामा प्रवेश गराइएको थियो। सरकारका अनुसार नेपाल वायुसेवाले भइरहेका दुई बोइङ ७५७ को अधिकतम प्रयोग गर्न नसकिरहेको बेलामा यो सम्झौता अनावश्यक थियो। यसका अतिरिक्त लाउडा एयरको विमानको प्रतीघन्टा शुल्क ५००० अमेरिकी डलर थियो, जुन करारपत्रमा तोकिएकोभन्दा ११५० डलर बढी थियो। शा.ने.वा.नि.का अध्यक्ष हरिभक्त श्रेष्ठ लगायत अन्य पदाधिकारीलाई अनुसन्धानका निम्ती निलम्बित गरिएको थियो भने नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौतले पनि केही समयमा रजिनामा गरेका थिए।[१०]

२०६० मा नेपाल सरकारले नेपाल वायुसेवाको ४९ प्रतिशत सेयर निजी क्षेत्रलाई बेची कम्पनीको व्यवस्थापन पनि जिम्मा लगाउने र आफुले बाँँकीको ५१ प्रतिशत सेयर राख्ने खबर बाहिरिएको थियो। यसो गर्दा वायुसेवालाई बढ्दो ऋणबाट जोगाउन चाहिने लगानी उठाउन सरकारलाई मद्दत पुग्ने अनुमान गरिएको थियो।[११]

२०६८ भदौ २९ मा, नेपाल वायुसेवाका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीलाई भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएको थियो।[१२]

नेपाल वायुसेवा निगमको प्रधान कार्यालय

२०६४ भदौ १९ निगमद्वारा जारी एक विज्ञप्तीमा जहाजमा रहेका केही प्राविधिक खराबीका कारण देवतालाई खुशी पार्न दुईवटा बाख्राको बलि चढाइएको कुराको पुष्टि गरिएको थियो। निगमका अनुसार ती जनवरको बलि त्रिभुवन विमानस्थलमा राखिएको एक बोइङ ७५७ जहाजका अगाडि चढाइएको थियो। निगमका अनुसार यस समारोह पश्चात् सो जहाजले हङकङका लागि सफल उडान गरेको थियो। निगमका प्रवक्ताले, "विमानमा रहेका खराबी ठीक भई जहाजले उडान सुचारु गरिसकेको बताएका थिए"। निगमले प्राविधिक खराबीका बारेमा केही नबताएपनि स्थानिय सञ्चारमाध्यमका अनुसार जहाजमा केही विद्युतीय खराबी थियो।[१३]

२०४६ देखि २०६६ का बीच निगमका विमान कुनै पनि दुर्घटनामा परेन। निगमको इतिहासमै कुनै पनि घटना नभएको यो सबैभन्दा लामो समयावधि थियो।

भ्रष्टाचारका केही घटनाहरूको सूची[सम्पादन गर्नुहोस्]

२०६६ देखि हालसम्म; एयरबस जहाजको आगमन[सम्पादन गर्नुहोस्]

नेपाल वायुसेवाको बोइङ ७५७-२०० विमान

२०६६ निगमले मध्यपूर्व र दक्षिण-पूर्वी एसियामा उडान गर्ने योजनासहित एयरबससँग दुईवटा एयरबस ए३२०-२०० विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।[१४]

२०७० सालमा, निगमले चीनको एभिआइसी कम्पनीबाट उपहार स्वरूप एक सियान एमए-६० जहाजको डेलिभरी लिएपछि नयाँं पोशाक अनावरण गरेको थियो। रातो र नीलो धर्का भएको पुरानो पोशाकलाई नेपालको झण्डासँग मेल खाने पोशाकद्वारा प्रतिस्थापन गरिएको थियो।

२०७१ माघ २५ नेपाल वायुसेवाले आफ्नो पहिलो एयरबस ए३२० जहाज 'सगरमाथा' प्राप्त गरेको थियो। २०७२ वैशाख १७ मा निगमको दोस्रो एयरबस ए३२० जहाज 'लुम्बिनी' काठमाडौँमा अवतरण गरेको थियो। सो विमान वि.सं. २०७२ को महाभूकम्पको उद्दारकार्यका लागि प्रयोग गरिने ५ टन राहत सामग्रीसहित एयरबसको ह्यम्बर्गस्थित कारखानाबाट सिधा काठमाडौँ आएको थियो। दुबै विमान निगमको नयाँं पोशाक रङाइएका थिए।

सोही वर्षमा, नेपाल वायुसेवामार्फत २५३,५६८ यात्रुले यात्रा गरेका थिए, जुन पछिल्लो वर्षको २०६,४३० यात्रुभन्दा २२.८७ प्रतिशत बढी थियो।[१५] त्यसैगरी, निगमले ४२,५३५ यात्रुलाई आन्तरिकतर्फ सेवा प्रदान गरेको थियो, जुन पछिल्लो वर्षभन्दा २१.६० प्रतिशतले बढी थियो।[१६]

२०७३ मा निगमको एक बोइङ ७५७-२०० (९एन-एसीए, कर्णाली) लाई निरन्तर तीन दशकको सेवा पश्चात् नाफारहित सञ्चालन र उच्च मर्मतखर्चका कारण बीबी एयरवेजलाई बेचिएको थियो। २०७४ साउन १ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि अन्लाइन बुकिङको सेवा सुरु गरेको थियो।

२०७५ मा नेपाल वायुसेवाले हाई फ्लाई र एएआर निगम मार्फत् दुईवटा एयरबस ए३३०-२०० विमानलाई सेवामा भित्राएको थियो। ती दुई विमान सोही वर्षको असार १४[१७] र जुलाई २६[१८] मा काठमाडौँमा अवतरण गरिएको थियो। यी दुई वाईड-बडी विमानबाट निगमले सियोल-इन्चेन, टोकियोसिड्नी जस्ता सहरमा सिधा उडान विस्तार गर्ने योजना बनाएको थियो। २०७५ कात्तिक २६ आएको एक खबर अनुसार नेपाल वायुसेवाले आफ्नो पुनर्गठनपूर्व इथियोपियाली एयरलाइन्ससँग रणनीतिक साझेदारी गर्ने योजना बनाएको थियो।[१९]

सोही वर्षको फागुन महिनामा, निगमले आफ्नो बाँकी रहेको बोइङ ७५७-२००एम विमानलाई तीन दशकको सेवा पश्चात् प्रतिस्थापन गरी एयरबस विमान मात्र रहने गरी आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको थियो।[२०] निगमले अहिले आफ्नो अन्तर्राष्ट्रिय उडान दुई एयरबस ए३२०-२०० र दुई एयरबस ए३३०-२००बाट सञ्चालन गरिरहेको छ।

२०७६ चैत देखि नेपालमा जारी कोरोना विषाणु महामारीका कारण निगमले आफ्नो सबै नियमित उडान अनिश्चितकालका लागि बन्द गरेपनि उद्दार तथा चार्टर उडान भने सञ्चालन गरिआएको छ।[२१]

२०७७ साउन ३ मा, निगमका चीनबाट प्राप्त एमए-६० र हार्बिन वाई-१२ विमानलाई नेपालमा उडानका लागि अनुपयुक्त भएको भन्दै सेवाबाट हटाइएको थियो।[२२]

गन्तव्यहरू[सम्पादन गर्नुहोस्]

नेपालमा जारी कोरोनाभाइरसको प्रकोपका कारण नेपाल सरकारद्वारा सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान २०७७ साउन ३२ सम्मका लागि रद्द गरिएको छ।

यसभन्दा पहिले नेपाल वायुसेवाले १० अन्तर्राष्ट्रिय तथा धेरै आन्तरिक गन्तव्यहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दथ्यो। निगमले विराटनगर, नेपालगन्जपोखरास्थित आफ्नो क्षेत्रीय विमानस्थल पनि नियमित आन्तरिक उडान सञ्चालन गर्दछ।

देश सहर आइएटिए आइसिएओ विमानस्थल कैफियत सन्दर्भ
अन्तर्राष्ट्रिय
अस्ट्रिया भियना VIE LOWW भियना अन्तर्राष्ट्रिय विमानस्थल उडान समाप्त
बङ्गलादेश ढाका DAC VGHS शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल उडान समाप्त
चीन ग्वाङ्झोउ CAN ZGGG ग्वाङ्झोउ बाइयुन अन्तर्राष्ट्रिय विमानस्थल [२३]
साङ्घाई PVG ZSPD साङ्घाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल उडान समाप्त
फ्रान्स पेरिस CDG LFPG चार्ल्स डे गल विमानस्थल उडान समाप्त
जर्मनी फ्रान्कफर्ट FRA EDDF फ्रान्कफर्ट विमानस्थल उडान समाप्त
हङकङ हङकङ HKG VHHH हङकङ अन्तर्राष्ट्रिय विमानस्थल
भारत बेङ्गलोर BLR VOBL केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल
दिल्ली DEL VIDP इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल
कोलकाता CCU VECC नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल रुट समाप्त
मुम्बई BOM VABB छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल
पटना PAT VEPT जयप्रकाश नारायण विमानस्थल उडान समाप्त
जापान ओसाका KIX RJBB कन्साई अन्तर्राष्ट्रिय विमानस्थल उडान समाप्त [२४][२५]
टोकियो NRT RJAA नारिता अन्तर्राष्ट्रिय विमानस्थल [२५]
मलेसिया क्वालालम्पुर KUL WMKK कुवालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल
नेपाल काठमाडौँ KTM VNKT त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुख्य आधार
नेदरल्यान्ड एम्स्टर्डम AMS EHAM एम्स्टर्डम विमानस्थल शिपोल उडान समाप्त
पाकिस्तान कराची KHI OPKC जिनाह अन्तर्राष्ट्रिय विमानस्थल उडान समाप्त
कतार दोहा DOH OTHH हमाद अन्तर्राष्ट्रिय विमानस्थल
सिङ्गापुर सिङ्गापुर SIN WSSS सिङ्गापुर चाङ्गी विमानस्थल उडान समाप्त
श्रीलङ्का कोलम्बो CMB VCBI बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल रुट समाप्त
थाइल्यान्ड बैङ्कक BKK VTBS सुवर्णभूमि विमानस्थल
संयुक्त अरब इमिरेट्स दुबई DXB OMDB दुबई अन्तर्राष्ट्रिय विमानस्थल [२६]
DWC OMDW अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल उडान समाप्त [२६]
संयुक्त अधिराज्य लन्डन LGW EGKK ग्याटविक विमानस्थल रुट समाप्त
आन्तरिक
नेपाल बाग्लुङ BGL VNBL बाग्लुङ विमानस्थल
बझाङ BJH VNBG बझाङ विमानस्थल रुट समाप्त
बाजुरा BJU VNBR बाजुरा विमानस्थल
भद्रपुर BDP VNCG भद्रपुर विमानस्थल
भद्रपुर (मेघौली) MEY VNMG मेघौली विमानस्थल
भोजपुर BHP VNBJ भोजपुर विमानस्थल
विराटनगर BIR VNVT विराटनगर विमानस्थल
चौरजहारी RUK VNCJ चौरजहारी विमानस्थल
धनगढी DHI VNDH धनगढी विमानस्थल
दिक्तेल KDN VNKD मनमाया विमानस्थल
डोल्पा DOP VNDP डोल्पा विमानस्थल
गोरखा GKH VNGK पालुङ्गटार विमानस्थल उडान समाप्त [२७]
जोमसोम JMO VNJS जोमसोम विमानस्थल
जुम्ला JUM VNJL जुम्ला विमानस्थल
खोटेहाङ - VNTH थामखर्क विमानस्थल
लामिडाँडा LDN VNLD लामिडाँडा विमानस्थल
लुक्ला LUA VNLK तेन्जिङ-हिलारी विमानस्थल
मनाङ NGX VNMA मनाङ विमानस्थल उडान समाप्त
मुसिकोट - VNSL रुकुम सल्ले विमानस्थल
नेपालगञ्ज KEP VNNG नेपालगञ्ज विमानस्थल
फाप्लु PPL VNPL फाप्लु विमानस्थल
पोखरा PKR VNPK पोखरा विमानस्थल
रारा - VNRR ताल्चा विमानस्थल
रुम्जाटार RUM VNRT रुम्जाटार विमानस्थल
सिद्धार्थनगर BWA VNBW गौतम बुद्ध विमानस्थल
सिमरा SIF VNSI सिमरा विमानस्थल
सिमीकोट IMK VNST सिमीकोट विमानस्थल
तुल्सीपुर DNP VNDG दाङ विमानस्थल
तुम्लिङ्टार TMI VNTR तुम्लिङ्टार विमानस्थल

विमानका प्रकार[सम्पादन गर्नुहोस्]

नेपाल वायुसेवा निगम ए३३०-२००
नेपाल वायुसेवा निगम ए३२०-२००
नेपाल वायुसेवा निगम ट्विन अटर
नेपाल वायुसेवा निगम सियान एमए-६०
नेपाल वायुसेवा निगम हार्बिन वाई-१२

वर्तमान[सम्पादन गर्नुहोस्]

सन् २०१९ जुन १ सम्ममा नेपाल वायुसेवाको विमानका प्रकार निम्नानुसार छ:[२८][२९][३०]

जहाज सेवामा अर्डर यात्रु सङ्ख्या सन्दर्भ
बिजनेस क्लास इकोनोमी क्लास कुल
एयरबस ए३३०-२०० १८ २५६ २७४ [३१]
एयरबस ए३२०-२०० १५० १५८
डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर १९ १९
कुल

ऐतिहासिक[सम्पादन गर्नुहोस्]

जहाज सेवामा प्रवेश सेवाबाट बाहिरिएको कैफियत सन्दर्भ
एयरबस ए३१० सन् १९९३ सन् १९९६ लिजमा [३२]
बोइङ ७०७ सन् १९८३ सन् १९८३ लिजमा
बोइङ ७२७-१०० सन् १९७२ सन् १९९३
बोइङ ७५७-२०० सन् १९८७ सन् २०१७
बोइङ ७५७-२००एम सन् १९८७ सन् २०१९ [२०]
बोइङ ७६७-३०० सन् २००० सन् २००१ लिजमा [३२]
डगलस डीसी-३ सन् १९५८ सन् १९७३
फोक्कर एफ२७ फ्रेन्डशीप सन् १९६६ सन् १९७०
फेङ शोउ-२ हार्वेस्टर सन् १९६३ सन् १९६५
हार्बिन वाई-१२ सन् २०१४ सन् २०२० [३३][३४]
हकर सिड्डली एचएस-७४८ सन् १९७० सन् १९९६
पिलाटस पोर्टर सन् १९६१ सन् १९९८
सियान एमए-६० सन् २०१४ सन् २०२० [३३][३५]

क्याबिन र उडानमा प्रदान गरिने सेवाहरू[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

शान्ग्री-ला क्लास[सम्पादन गर्नुहोस्]

शान्ग्री-ला क्लास नेपाल वायुसेवाको सबै अन्तर्राष्ट्रिय उडानको बिजनेस क्लास हो। शान्ग्री-ला क्लासअन्तर्गत एयरबस ए३३० विमानमा ६ सिट बराबरको कन्फिगरेसनमा कुल १८ सिट छन् भने एयरबस ए३२० विमानमा ४ सिट बराबरको कन्फिगरेसनमा कुल ८ सिट छन्। शान्ग्री-ला क्लासमा यात्रा गर्ने यात्रुलाई उत्तम भोजन प्रदान गरिन्छ। साथै यात्रुलाई स्वयम रोज्नका लागि वाइन, ककटेल, भोड्का र सफ्ट ड्रिन्क लगायत पेय पदार्थ पनि प्रदान गरिन्छ।[३६]

इकोनोमी क्लास[सम्पादन गर्नुहोस्]

नेपाल वायुसेवाको इकोनोमी क्लासबाट यात्रा गर्ने यात्रुलाई माछा, चिकन वा मटनको विकल्पसहित भोजन प्रदान गरिन्छ। यात्रुले बुकिङको समयमा शाकाहारी भोजनका लागि पनि अनुरोध गर्न सक्छन्।[३७] एयरबस ए३३० विमानको इकोनोमी क्लासमा इन-फ्लाईट एन्टर्टेन्मेन्टको सुविधा पनि छ, जसमा ४० एसियाली सिनेमा, ३० टिभी प्रोग्राम र २० म्युजिक आल्बम सम्मिलित छन्।

आन्तरिक[सम्पादन गर्नुहोस्]

इकोनोमी क्लास[सम्पादन गर्नुहोस्]

नेपाल वायुसेवाका सबै आन्तरिक उडान गर्ने जहाजहरूमा इकोनोमी क्लास मात्र हुन्छ। धेरैजसो आन्तरिक उडान औसतमा एक घण्टाभन्दा कम समयको हुने भएकाले यात्रुहरूलाई कम्प्लिमेन्टरी चकलेट र कानमा लगाउने कपास मात्र प्रदान गरिन्छ।

घटना र दुर्घटनाहरू[सम्पादन गर्नुहोस्]

  • सन् १९६० नोवेम्बर ५ - शाही नेपाल वायुसेवाको डगलस सी-४७ए-८०-डीएल (९एन-एएडी) विमानमा भैरहवा विमानस्थलबाट उडानका क्रममा दुर्घटना भई आगो लाग्यो। चालक दलका सबै ४ सदस्यको निधन भयो भने उडानमा कुनै यात्रु सवार थिएनन्।[३८]
  • सन् १९६२ अगस्त १ - शाही नेपाल वायुसेवाको डगलस सी-४७ए-८०-डीएल (९एन-एएएच) विमानमा काठमाडौँ-गौचर विमानस्थलबाट नयाँं दिल्ली उडानका क्रममा रेडियो सम्पर्क टुटेपछि सो विमान तुलाचन धुरी निर दुर्घटना भयो। ९ दिनपछि सो विमानका अवशेश ११,२०० फिटको उचाइंमा भेटिएको थियो। विमानमा सवार चालक दलका ४ र ६ यात्रु सबैको मृत्‍यु भयो।[३८]
  • सन् १९६९ जुलाई १२ - शाही नेपाल वायुसेवाको डगलस डिसी-३डी (९एन-एएपी) विमान हेटौँडा नजिकै ७,३०० फिटको उचाइंमा बादलले छेकिएको चट्टानमा ठोकिन पुग्दा विमानमा सवार चालक दलका ४ र ३१ यात्रु सबैको मृत्‍यु भयो।[३८]
  • सन् १९७० जनवरी २५ - शाही नेपाल वायुसेवाको फोक्कर एफ२७-२०० (९एन-एएआर) विमान काठमाडौँबाट उडानपश्चात दिल्लीको पालम विमानस्थलमा अवतरण गर्ने क्रममा आँधीको चपेटमा परी धावनमार्ग नपुग्दै दुर्घटनाग्रस्त भयो। विमानमा सवार चालक दलका ५ र १८ यात्रुमध्ये चालक दलका १ सदस्यको मृत्‍यु भायो।[३८]
  • सन् १९७३ जुन १० - वि.सं. २०३० को विमान अपहरण: शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीबी) विमानलाई विराटनगरबाट काठमाडौँ उडानका क्रममा नेपाली कांग्रेसका तीन अपहरणकारीद्वारा विमानमा बोकिएको पैसाको माग राख्दै भारतको बिहार राज्यको फारबिसगंजमा अवतरण गराइयो। विमानमा सवार चालक दलका ३ र १८ यात्रुमध्ये कसैलाई केही भएन।[३९]
  • सन् १९७३ अक्टोबर १५ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीजी) विमान लुक्ला विमानस्थलमा मर्मत गर्न नसक्ने गरी क्षतिग्रस्त भयो। विमानमा सवार चालक दलका ३ र ३ यात्रुमध्ये कसैलाई केही भएन।[३८]
  • सन् १९७५ मार्च ३१ - शाही नेपाल वायुसेवाको पिलाटस पिसी-६ पोर्टर विमान काठमाडौँबाट फाप्लुतर्फ जाँदै गर्दा उडान लगत्तै दुर्घटनाग्रस्त भयो।[४०] सो विमान सर एडमण्ड हिलारीद्वारा त्यहाँ एक अस्पातल निर्माण गरिरहेका[४१] उनकी श्रीमती लुइज र छोरी बेलिन्डालाई फाप्लुबाट ल्याउनका लागि चार्टर गरिएको थियो।
  • सन् १९८१ नोवेम्बर १९ - शाही नेपाल वायुसेवाको पिलाटस पिसी-६ पोर्टर विमान विराटनगरबाट काठमाडौँका लागि उडे लगत्तै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १० जनाको मृत्‍यु भयो।[४२][४३]
  • सन् १९८४ डिसीएम्बेर २२ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीएच) विमान तुम्लिङ्टारबाट काठमाडौँ आउंदै गर्दा भोजपुरमा खराब मौसम र चालकको त्रुटिका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका ३ र २० यात्रुमध्ये १२ को मृत्‍यु भयो।[३८]
  • सन् १९९१ जुन ९ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीए) विमान काठमाडौँबाट लुक्ला आउंदै गर्दा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका ३ सहित १४ यात्रुको निधन भयो।[३८]
  • सन् १९९२ जुलाई ५ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीबी) विमान जुम्लाबाट सुर्खेतका लागि उड्दा अनियन्त्रित हुन पुगी धावनमार्गबाट बहिर पुग्यो। विमानमा सवार चालक दलका ३ सदस्यलाई केही भएन भने उडानमा कोही यात्रु सवार थिएनन्।[३८]
  • सन् १९९५ जनवरी १७ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीआइ) विमान काठमाडौँबाट रुम्जाटारका लागि उड्न लाग्दा प्राविधिक खराबीका कारण नजिकैको खेतमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका ३ र २१ यात्रुमध्ये १ चालक दलका सदस्य र १ यात्रुको मृत्‍यु भयो।[३८]
  • सन् १९९६ अप्रिल २५ - शाही नेपाल वायुसेवाको बिएई ७४८ सिरिज २बी (९एन-एबीआर) विमान काठमाडौँबाट उडानपश्चात मेघौलीमा अवतरण गर्ने क्रममा घांसे धावनमार्गमा चिप्लिंदा विमानको अगाडिको पाङ्ग्रा भांचिन पुग्यो। विमानमा सवार चालक दलका ४ र छु यात्रु कसैलाई केही भएन।[३८]
  • सन् १९९८ नोवेम्बर १९ - शाही नेपाल वायुसेवाको पिलाटस पिसी-६ पोर्टर विमान काठमाडौँबाट स्याङ्बोचे जाँदै गर्दा फाक्दिङमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार एकको मृत्‍यु भयो।[४२][४४]
  • सन् २००० जुलाई २७ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीपी) विमान बझाङबाट धनगढी जाँदै गर्दा ४३०० फिटको जरायखली पहाडमा ठोकिँदा विमानमा सवार चालक दलका ३ र २२ यात्रु सबैको मृत्‍यु भयो।[३८]
  • सन् २०१० अप्रिल १९ - नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीएक्स) विमान काठमाडौँबाट फाप्लुको उडानका क्रममा फाप्लुमा अवतरण गर्न नसकेर कङ्गेलडाँडामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा विमानको अगाडिको भागमा केही क्षति हुन पुगेको थियो।[३८]
  • सन् २०१३ अप्रिल १६ - नेपाल वायुसेवा उडान सङ्ख्या ५५५: नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीओ) विमान पोखराबाट उडेर जोमसोममा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बायाँतर्फ कालीगण्डकी नदीको किनारामा पुगी रोकियो। विमानमा सवार चालक दलका ३ र ४ यात्रुलाई गम्भिर चोट लागेपनि बाँकीका १५ यात्रुलाई भने केही भएन। सो विमान भने मर्मत गर्न नसक्ने गरी क्षतिग्रस्त भयो।[४५]
  • सन् २०१४ फेब्रुअरी १६ - नेपाल वायुसेवा उडान सङ्ख्या १८३: नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीबी) विमानको पोखराबाट १८ जनासहित जुम्ला तर्फको उडानका क्रममा टावरसँग सम्पर्क विच्छेद भयो। सो विमानको अवशेश केही दिनपछि अर्घाखाँचीमा भेटिएको थियो।[४६]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "पूर्वसचिव सुशील घिमिरे नेपाल वायुसेवा निगमको अध्यक्षमा नियुक्त"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  2. "ईयूले नेपाली हवाई सेवामा लगाएको प्रतिबन्ध नहट्नुमा 'असुरक्षित हेलिकप्टर उडान' मुख्य कारण" (नेपाली) भाषा)। बीबीसी नेपाली। सङ्ग्रह मिति २ जुन २०२१ 
  3. "नेपाली वायुसेवामाथि इयूकाे प्रतिबन्ध पुनः लम्बियाे"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  4. "नेपाल वायुसेवा निगम ६२ वर्षमा प्रवेश : गर्विलो इतिहास, बोझिलो वर्तमान"खबर कुरा (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  5. ५.० ५.१ ५.२ "History of Nepal Airline Corporation – FundingUniverse", Fundinguniverse.com, अन्तिम पहुँच १६ फेब्रुअरी २०१४ 
  6. R.E.G. Davies, Airlines of Asia Since 1920
  7. "भ्रष्टाचारले बदनाम राजनीति : यी हुन् चर्चित भ्रष्टाचार काण्ड"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  8. "जहाज खरिदसँग जोडिएका चर्चित ६ वटा भ्रष्टाचार काण्ड"सफल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  9. "लाउडा काण्ड : १९ वर्षदेखि अदालत घुमेको भ्रष्टाचार मुद्दा कहिल्यै लागेन किनारा"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  10. "गिरिजा जोडिएको लाउडा काण्ड- तात्कालिन मन्त्रीलाई सफाइ, कार्यकारी अध्यक्ष र सञ्चालकमा मत बाझियो" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २ जुन २०२१ 
  11. "Nepal airlines offers stake to Indian operators", Tribune India, ११ नोभेम्बर २००४, मूलबाट ४ डिसेम्बर २००४-मा सङ्ग्रहित। 
  12. "२० प्रतिशत सजाय छुटमा वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी जेल गए"अर्घाखाँची खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१ 
  13. "Goats sacrificed to fix Nepal jet", बीबीसी, २००७-०९-०५, अन्तिम पहुँच ३० मे २०२० 
  14. ATW Daily News Dubai Airshow News वेब्याक मेसिन अभिलेखिकरण १९ नोभेम्बर २००९ मिति 18 November 2009
  15. Prasai, Sangam (४ अप्रिल २०१६), "Int'l passenger traffic drops for first time in 13 years", The Kathmandu Post, अन्तिम पहुँच १५ अप्रिल २०१६ 
  16. "Air passenger movement falls for 4th straight year", The Kathmandu Post, ९ अप्रिल २०१६, अन्तिम पहुँच १५ अप्रिल २०१६ 
  17. "Nepal Airlines' new Airbus A330-200 lands at TIA", The Himalayan Times (en-USमा), २८ जुन २०१८, अन्तिम पहुँच ५ जुलाई २०१८ 
  18. "2nd wide-body aircraft of NAC arrives", The Himalayan Times, २६ जुलाई २०१८, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  19. Giri, Anil; Prasain, Sangam (१२ नोभेम्बर २०१८), "Ethiopian carrier woos Nepal Airlines with tie-up offer", काठमाडौ पोस्ट, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 
  20. २०.० २०.१ Shrestha, Biju (२१ मार्च २०१९), "End of an Era!! NAC retires Boeing 757; Aviation Enthusiasts show dismay over no retirement flight for Boeing757", Aviation Nepal। 
  21. "NAC and Himalaya Airlines suspend flights to Doha", The Himalayan Times, २०२०-०३-११, मूलबाट ३१ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-२४ 
  22. Begum, Haneesa (१५ जुलाई २०२०), "Nepal Airlines Grounds Its Chinese Built Aircraft", Simple Flying, अन्तिम पहुँच १८ जुलाई २०२० 
  23. "Nepal Airlines adds Guangzhou flights from March 2020", Routes Online, अन्तिम पहुँच ३ जनवरी २०२० 
  24. https://www.routesonline.com/news/38/airlineroute/284243/nepal-airlines-schedules-july-2019-osaka-service-resumption/
  25. २५.० २५.१ "Nepal Airlines adds Tokyo service from March 2020", Routes Online, अन्तिम पहुँच ३ जनवरी २०२० 
  26. २६.० २६.१ "Revised International Schedule wef 01 April till 30 June 2019", Nepal Airlines, अन्तिम पहुँच १४ मार्च २०१९ 
  27. "Airports", Aviation Nepal, १२ मे २०१६, अन्तिम पहुँच १ मे २०१८ 
  28. "Nepal Airlines fleet details", Airfleets, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  29. "Nepal Airlines Fleet Details and History", Planespotters, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  30. "NAC calls tender for auction of Boeing aircraft", The Himalayan Times, २७ जुन २०१९, अन्तिम पहुँच २७ जुन २०१९ 
  31. "NAC's second wide-body aircraft arrives (In photos)", The Kathmandu Post, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  32. ३२.० ३२.१ "Royal Nepal Airlines", अन्तिम पहुँच ३० मे २०२० 
  33. ३३.० ३३.१ "Nepal Airlines retires MA-60s, Y12Es", Ch-Aviation, १७ जुलाई २०२०। 
  34. "Nepal Airlines Corporation, Chinese company sign six aircraft deal, Aircraft in Nepal, Nepal Aircraft, Local Airlines, Nepal Airlines – Nepal Tours Destination", अन्तिम पहुँच २४ अप्रिल २०१५ 
  35. "Nepal Airline 9N-AKR New aircraft landed at tribhuvan international airport (Photo Feature)", Aviation Nepal, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  36. "Business Class", Nepal Airlines, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  37. "Economy Class", Nepal Airlines, अन्तिम पहुँच ३१ अगस्ट २०१८ 
  38. ३८.०० ३८.०१ ३८.०२ ३८.०३ ३८.०४ ३८.०५ ३८.०६ ३८.०७ ३८.०८ ३८.०९ ३८.१० ३८.११ "Aviation Safety Network". Retrieved 18 November 2006.
  39. "Nepal Magazine वेब्याक मेसिन अभिलेखिकरण २ मार्च २०१४ मिति". Retrieved 18 November 2006.
  40. "Hillary's Kin Killed In Nepal Plane Crash", The New York Times, १ अप्रिल १९७५, अन्तिम पहुँच ३० मे २०२० 
  41. McDonald, Bernadette; Hillary, Sir Edmund (अक्टोबर २०१२), Keeper of the Mountains, RMB, पृ: 113, आइएसबिएन 978-1927330159 
  42. ४२.० ४२.१ "Aviation Safety Report 2019", Kathmandu: Civil Aviation Authority Nepal, पृ: 32–33, अन्तिम पहुँच ३० मे २०२० 
  43. "CRASH OF A PILATUS PC-6 TURBO PORTER IN BIRATNAGAR: 10 KILLED", Bureau of Aircraft Accidents Archives, अन्तिम पहुँच ३० मे २०२० 
  44. "CRASH OF A PILATUS PC-6 TURBO PORTER IN NAMCHE BAZAR: 1 KILLED", Bureau of Aircraft Accidents Archives, अन्तिम पहुँच ३० मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०२० मिति
  45. "Accident: Nepal DHC6 at Jomsom on May 16th 2013, runway excursion", AVHerald, १६ मे २०१३, अन्तिम पहुँच १६ मे २०१३ 
  46. "Crash: Nepal DHC6 near Khidim on Feb 16th 2014, aircraft impacted terrain", Avherald.com, अन्तिम पहुँच १६ फेब्रुअरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]