सामग्रीमा जानुहोस्

नेपाल विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल विश्वविद्यालय
University of Nepal
नेपाल विश्वविद्यालय
आदर्श वाक्यउज्यालो भविष्यका लागि शिक्षालाई आकार दिँदै…
प्रकारसार्वजनिक विश्वविद्यालय
स्थापनावि.स. २०८१ साल
कुलपतिडा. विन्दु नाथ लोहनी
उप-कुलपतिअर्जुन कार्कि
विद्यार्थीहरू
स्थान
गौँडाकोट, नेपाल
वेबसाइटunepal.edu.np

नेपाल विश्वविद्यालय नेपाल विश्वविद्यालय ऐन, २०८१ द्वारा स्थापित एक सार्वजनिक विश्वविद्यालय हो। २०८१ असोज २३ मा नेपाल विश्वविद्यालय ऐन, २०८१ को राष्ट्रपति प्रमाणीकरण पछि यो नेपालको १४ औं विश्वविद्यालय बनेको हो। विश्वविद्यालयको आधिकारिक मिसन स्टेटमेन्टले विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या घटाउनु यसको उद्देश्यहरू मध्ये एक हो भनी उल्लेख गरेको छ। यसको संरक्षक परिषदमा ११ जना सदस्य रहेका छन्।

संरक्षक परिषद्

[सम्पादन गर्नुहोस्]
  • विन्दु नाथ लोहनी
  • विमला राई पौड्याल
  • विपिन अधिकारी
  • चाँदनी जोशी
  • जगदिश पोखरेल
  • लाल कृष्ण के.सी.
  • लक्ष्मी देवी पाण्डे
  • माधव पौडेल
  • रामेश्वर खनाल
  • राम श्रेष्ठ
  • शिव थापा