नेपाल संवत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल संवत नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात चन्द्रमासमा आधारित यो साल नेपालको राष्ट्रीय सम्बतहो। विशेषतयो संवत नेपालको मौलिक राष्ट्रीय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर् साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत थालिएको हो। नेपाल सम्वत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा राष्ट्रीय सम्बतको रूपमा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिन भारतीय विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ । राणा सासन कालमा यो सम्बतलाई विस्थापित गरी भारतीय बिक्रम समबत राणाहरू चलाऊँन सुरु गरे । पछि सन २००७ साल देखी पुन नेपाल सम्बतलाई राष्ट्रीय सम्बत बनाई सरकारी कामकाजको सम्बत बनाए । तर प्रचारको कमीले गर्दा यो सम्बत ओझेलमा परेको छ ।

इतिहास[सम्पादन गर्ने]

पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।[१]

अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाझी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ । [१]

हालको प्रयोग[सम्पादन गर्ने]

आधिकारिक रूपमा प्रयोग नभएतापनि यो सम्बत जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसम्बतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। नेवार समुदायले यो सम्बत धेरै प्रयोग गर्दछन्।

महिनाहरू[सम्पादन गर्ने]

  • कछला:–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सुर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
  • थिंला:– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
  • पोँहेला:– पोँ असिना र हिउ पर्ने जाडो महिना भनिन्छ ।
  • सिल्ला:– पहिला पहिला बिफरले मानिसहरुलाई सताउथ्यो, त्यसैले सितला माईको पूजा गर्दथ्यो, जसबाट सिल्ला हुन गयो । यो महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
  • चिल्ला:– चिरस्वायगुला, फागु पुर्णिमा, बसन्त ऋतृको आगमन हुने महिना भनिन्छ ।
  • च्वला:–
  • बँछला:– बिक्रम सम्वतको पहिलो महिना मानिन्छ ।
  • तँछला:– तथागतछला भन्न सकिन्छ तथागत भनेको बुद्ध हो । बुद्ध सम्वतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
  • देल्ला:– आजकाल दिल्ला भनिन्छ । यो देश भरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
  • गुँला:– गुँला भनेको सुनसान ठाउँ जहाँ पुर्खाहरु बसोबास गर्दछन भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपुर्णिमा जूतो घर पबित्र गर्नेको रुपमा लिईन्छ ।
  • ञला:– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्रा गर्दछ ।
  • कौला:– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

<references>

बाह्य कडीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ व्यापकता पाउँदै नेपाल संवत् नागरिक न्यूज