सामग्रीमा जानुहोस्

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान (अङ्ग्रेजी: Nepal Academy of Music and Drama) नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्गीण विकास गर्न, सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न, गराउन तथा सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको हो । नेपालमा गणतन्त्रको स्थापनासँगै साबिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य तथा साहित्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भएपछि ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ ’ बमाेजिम २०६७ बैशाख १० गते स्थापना भएकाे एक स्वायत्त संस्था हाे ।[] यस प्रज्ञा प्रतिष्ठानकाे प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री तथा संरक्षक माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेकाे छ ।

प्राज्ञ परिषद्[]

[सम्पादन गर्नुहोस्]
क्र.सं.पदाधिकारीको नामपद
निशा शर्माकुलपति
सम्बु राईउपकुलपति
कुष्मा महरासदस्य सचिव
कर्ण बी. गौतमपरिषद् सदस्य
चेतन सापकोटापरिषद् सदस्य
टीका पुनपरिषद् सदस्य
डक्टर राईपरिषद् सदस्य
बखत बी. हमालपरिषद् सदस्य
हिसान बी. मगरपरिषद् सदस्य


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "हाम्रो वेबसाइटमा स्वागत छ", namuda.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-०७
  2. "प्राज्ञ परिषद्", namuda.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-०७