नेपिडव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपिडव
နေပြည်တော်
Nay Pyi Taw, Nay Pyi Daw
—  राजधानी  —
नेपितव
Uppatasanti Pagoda-02.jpgउप्पातासान्ती प्यागोडा
नेपिडव is located in Myanmar
नेपिडव
नेपिडव
म्यानमार को नक्शामा नेपिडव
निर्देशाङ्क: १९°४५′ उत्तर ९६°६′ पूर्व / १९.७५०° उत्तर ९६.१००° पूर्व / 19.750; 96.100
देश म्यानमारम्यानमार
विभाजन नेपिडव सङ्घीय क्षेत्र[१]
उप-विभाजन नगरपालिकाहरू
घोषित २००५
शामिल २००८
सरकार[२]
 - अध्यक्ष म्यो आंग
क्षेत्रफल[३]
 - जम्मा ७,०५४.३७ किमी (२,७२३.७ वर्ग मी)
अवनति ११५ मि (३७७ फिट)
जनसङ्ख्या
 - जम्मा ९२४,६०८
 जनघनत्व १३१.१/किमी (३३९.५/वर्ग मी)
समय क्षेत्र म्यानमार (युटिसी+०६:३०)
टेलिफोन कोड ०६७
म्यानमारको
प्रशासनिक विभाजन
पहिलो-तह
दोस्रो-तह
तेस्रो-तह
चौथो-तह
पाँचौं-तह

नेपिडव (बर्मी: နေပြည်တော် अंग्रेजी Naypyidaw) म्यानमार (पहिले बर्मा को नामले चिनिने) को नयाँ राजधानी हो । नेपिडव को अर्थ राजसी नगर हुन्छ । यसको एक अनुवाद राजाहरूको घर पनि हो । ६ नोभेम्बर २००५ मा नेपिडव लाई बर्मा को प्रशासनिक राजधानी घोषित गरियो । राजधानी को नाम २७ मार्च २००६ मा म्यानमार को सशस्त्र बल दिवस को दिन घोषित गरिएको हो । यो नगर बर्मा को पुरानो राजधानी याङ्गोन बाट उत्तरमा लगभग ३०० किलोमीटरको दूरीमा अवस्थित छ । यो याङ्गोनमाण्डाले भन्दा पछि म्यानमार को तेस्रो सबै भन्दा धेरै जनसङ्ख्या भएको शहर हो । सन २००९ मा यहाँको जनसङ्ख्या लगभग ९,२५,००० थियो ।

नामाकरण[सम्पादन गर्ने]

नेपिडव को अर्थ बर्मेली भाषा अनुसार "राजाको निवास" भन्ने हुन्छ र सामान्य रूपमा यसको अनुवाद "शाही राजधानी" गरिएको छ । परम्परागत रूपमा, यो शाही राजधानीहरूको नामहरूमा प्रत्ययको रूपमा प्रयोग गरिएको थियो, जस्तै माण्डालिया, जसलाई ရတနာပုံနေပြည်တော် (यदानाबोन नेपिडव) भनिएको थियो ।[४]

इतिहास[सम्पादन गर्ने]

नेपिडव को इतिहास संक्षिप्त छ । यसका निर्माण २००२ मा प्यिनमाना नामको स्थान भन्दा से ३ किलोमीटर टाढा जङ्गलले भरिएको ठाँउबाट शुरू भयो । यो शहरको निर्माणका लागी म्यानमारको सैनिक सरकारले २५ भन्दा धेरै निर्माण कम्पनिहरूको सहयोग लिएको थियो । ६ नोभेम्बर २००५ को सैनिक सरकारले सरकारी मन्त्रालयहरूलाई याङ्गोन बाट नेपिडव स्थानान्तरण गर्न शुरू गर्यो । सैनिक मुख्यालयलाई अन्य सरकारी मन्त्रालयहरू बाट अलग्गै परिसरमा बनाइयो, जहाँ अाम नागरिकहरूको प्रवेश प्रतिबन्धित छ । व्यापारीहरू लाई पनि सरकारी मन्त्रालय को नजिक पर्ने व्यावसायिक क्षेत्रमा मात्र सीमित रखियो ।

भूगोल र जलवायु[सम्पादन गर्ने]

नेपिडव बागो योमाशान योमा पर्वत श्रृंखलाहरू बीच स्थित छ । शहर ७,०५४.३७ किमी2 (२,७२३.७१ वर्ग माइल) को क्षेत्रमा फैलिएको छ र आधिकारिक तथ्याङ्क अनुसार ९,२४,६०८ जनसङ्ख्या छ । चाउङ्गमागी बाँध, नेपिडवको उत्तरतिर केही किलोमिटर टाढा रहेको छ । जबकि नगालिक बाँध दक्षिणतिर केही किलोमिटर टाढा छ । येजिन बाँध उत्तर-पूर्वमा अल्लि टाढा छ ।

यातायात[सम्पादन गर्ने]

सार्वजनिक यातायात सेवाहरू आसपासका सहरहरू बीच मात्र सीमित छन् । चार-लेनको, ३२३.२ किमी (२००.८ माइल) बाटोले याङ्गोन-नेपिडव राजमार्गका लिङ्गहरू लाई नेपिडव र याङ्गोनसँग प्रत्यक्ष रूपमा जोड्दछ जुन ५६३ किमी (३५० माइल) - समग्र लामो याङ्गोन-नेपिडव-माण्डाले एक्सप्रेस सडक को भाग हो ।

चित्रावली[सम्पादन गर्ने]

नेपिडवको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत ३०
(८६)
३४
(९३)
३६
(९७)
३८
(१००)
३५
(९५)
३२
(९०)
३१
(८८)
३०
(८६)
३२
(९०)
३२
(९०)
३१
(८८)
२९
(८४)
३२٫५
(९१)
न्यूनतम °से (°फे) औसत १४
(५७)
१६
(६१)
२०
(६८)
२४
(७५)
२५
(७७)
२४
(७५)
२४
(७५)
२४
(७५)
२४
(७५)
२३
(७३)
२०
(६८)
१६
(६१)
२१٫२
(७०)
औसत हिउँ/वर्षा मीमी (इञ्च)
(०٫२)

(०٫०८)

(०٫३५)
३३
(१٫३)
१५४
(६٫०६)
१६०
(६٫३)
१९८
(७٫८)
२२९
(९٫०२)
१८६
(७٫३२)
१३१
(५٫१६)
३७
(१٫४६)

(०٫२८)
१,१५१
(४५٫३३)
हिमपात/वर्षा दैनिक औसत १४ २१ २३ २४ १९ १२ १२३
स्रोत: Weather2Travel.com. अन्तिम पहुँच मिति:२० नोभेम्बर २०१७

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "सात क्षेत्र, स्व:प्रशासित डिवीजन, सङ्घीय क्षेत्रमा स्व:प्रशासित चौक, क्षेत्र, जिल्ला, र बस्ती घोषित", साप्ताहिक ग्यारह समाचार, २० अगस्ट २०१०, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  2. "समाचार संक्षेप", द म्यानमार टाइम्स (म्यानमार सर्वसञ्चित मिडिया), २० मार्च २००६, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  3. "बर्माको "राजाहरूको सीट"", अल जजीरा, २० नोभेम्बर २००६, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  4. "बर्माको एक परिचय", २० नोभेम्बर २०१७, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]