नेल फिसर
नेल फिसर | |
|---|---|
सन् २०२५ मा फिसर | |
| जन्म | २ नोभेम्बर २०११ लन्डन, इङ्ल्यान्ड |
| नागरिकता |
|
| पेशा | अभिनेत्री |
| कार्यकाल | सन् २०२२–हालसम्म |
| मातापिता |
|
नेल फिसर (जन्म २ नोभेम्बर २०११) एक बेलायती–न्युजिल्यान्डेली अभिनेत्री हुन्। उनी नेटफ्लिक्सको विज्ञानकथा भय शृङ्खला स्ट्रेन्जर थिङ्स को पाँचौँ तथा अन्तिम सिजन (सन् २०२५) मा होली व्हीलरको भूमिका निर्वाह गरेकाले परिचित छिन्। उनले इभिल डेड राइज (सन् २०२३) र बुकवर्म (सन् २०२४) चलचित्रहरूमा पनि मुख्य भूमिका निर्वाह गरेकी छिन्।
प्रारम्भिक जीवन
[सम्पादन]नेल फिसरको जन्म २ नोभेम्बर २०११ मा इङ्ल्यान्डको लन्डनमा भएको थियो।[१] उनका बुबा, टोबी फिसर, न्युजिल्यान्डका एक वातावरणीय वकिल तथा पूर्व अभिनेता हुन्।[२][३][४] उनकी आमा, लौरा क्लार्क, एक बेलायती कूटनीतिज्ञ हुन्, जसले सन् २०१८ देखि २०२२ सम्म न्युजिल्यान्डका लागि उच्चायुक्तको रूपमा सेवा गरेकी थिइन्।[५][४] फिसरको बाल्यकाल अन्तर्राष्ट्रिय परिवेशमा बितेको थियो र उनले आफ्नो बाल्यकालको चार वर्ष न्युजिल्यान्डमा बिताइन्, जहाँबाट उनले आफ्नो अभिनय करियरको सुरुआत गरेकी थिइन्।[२][४] फिसरले आफ्नो बाल्यकाल न्युजिल्यान्डको वेलिङ्गटन र संयुक्त अधिराज्यमा बिताइन्।[५] उनी हाल उत्तरी लन्डनमा बस्छिन्।[६] फिसरले रुसी, प्राचीन युनानी र ल्याटिनसहित धेरै भाषाहरूको अध्ययन गर्छिन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Smith, Katie Louise (२७ नोभेम्बर २०२५), "Who is Holly in Stranger Things 5? Nell Fisher's age,14 past roles and where she's from", Capital FM, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- 1 2 Baculinao, Michael (२७ नोभेम्बर २०२५), "Who Is Nell Fisher? Meet the New Actress Who Plays Holly Wheeler in Stranger Things 5", Epicstream, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- ↑ Jacobs, Eammon (अप्रिल २०२३), "'Evil Dead Rise' director says one of the child actors played with 'fake blood and vomit' to make her feel comfortable on set", Business Insider, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- 1 2 3 Aurthur, Kate (२७ नोभेम्बर २०२५), "Meet the New Holly Wheeler: 'Stranger Things 5' Star Nell Fisher Spills All About Filming That Crazy [SPOILER!] and Working With [SPOILER!] to Fight Vecna", Variety, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- 1 2 3 "How Stranger Things Season 5 Star Nell Fisher Brought Holly Wheeler to Center Stage", Teen Vogue, २७ नोभेम्बर २०२५, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- ↑ O'Keefe, Meghan (२६ नोभेम्बर २०२५), "'Stranger Things': How Old is Nell Fisher, the New Holly Wheeler? Why Were Tinsley and Anniston Price Replaced?", Decider, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।