सामग्रीमा जानुहोस्

नेसनल स्टक एक्सचेन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेसनल स्टक एक्सचेन्ज

नेसनल स्टक एक्सचेन्ज अफ इन्डिया (एनएसई) भारतको मुम्बई, महाराष्ट्रमा अवस्थित प्रमुख स्टक एक्सचेन्ज हो। यसको स्वामित्व केही अग्रणी वित्तीय संस्थाहरू बैंकहरू, र बीमा कम्पनीहरूको नाममा छ।[] नेसनल स्टक एक्सचेन्ज सन् १९९२ मा स्थापित देशको पहिलो डिमटेरियलाइज्ड इलेक्ट्रोनिक एक्सचेन्जको रूपमा स्थापित भएको थियो। नेसनल स्टक एक्सचेन्ज एक आधुनिक, पूर्ण स्वचालित स्क्रिन-आधारित इलेक्ट्रोनिक ट्रेडिङ प्रणाली प्रदान गर्ने देशको पहिलो एक्सचेन्ज हो। एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विक्रम लिमये हुन् ।

नेसनल स्टक एक्सचेन्जको कुल बजार पूँजीकरण ३.४ ट्रिलियन डलर भन्दा माथि छ। सन् २०२१ अगस्ट अनुसार नेसनल स्टक एक्सचेन्ज संसारको १०औँ सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो।[]

२०२० देखिओ २०२४ सम्म निफ्टी 50 सुचक

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]