नोबेल शान्ति पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शान्तिमा नोबेल पुरस्कार
पुरस्कृत (कारण)शान्तिको लागि उल्लेखनीय योगदान
स्थानओस्लो, नोर्वे
प्रस्तुतकर्तानर्वेजियन नोबेल समिति
पुरस्कार रकम९ मिलियन स्वीडिश क्रोना (२०१७)[१]
प्रथम पुरस्कृत१० डिसेम्बर १९०१; १२२ वर्ष पहिले (१९०१-१२-10)[२]
वर्तमान विजेताडेनिश मुक्वेगेनाडिया मुराद (२०१८)
सर्वाधिक पुरस्कृतरेड क्रसको अन्तर्राष्ट्रिय समाज (३)
वेबसाइटNobelprize.org

शान्तिमा नोबेल पुरस्कार (नर्वेजियन तथा स्वीडिश: Nobels fredspris) वार्षिक रूपमा विश्वमा शान्ति क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नर्वेजियन नोबेल समितिले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्तिक्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा उद्योगपति, आविष्कारक, र शस्त्रहरूको निर्माता अल्फ्रेड नोबेलले स्थापना गरेका थिए ।[३][४] यो त्यस्ता व्यक्तिहरूलाई प्रदान गरिन्छ जसले "सीमामा खटिएका सेनालाई हटाउने वा घटाउनका लागि र शान्ति कांग्रेसको आयोजन र प्रबर्द्धनका लागि, राष्ट्रका बीच बिरादरी बढाउनका लागि सबैभन्दा वा सबभन्दा राम्रो काम" गर्नेहरूलाई (केही अपवाद सँग) वर्षेनी सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार नर्वेजियन नोबेल समितिद्वारा प्रशासित र संसदद्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो शान्तिका लागि नोर्वेको संसदको प्रस्तावमा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा ओस्लो सिटी हलमा प्रस्तुत गर्ने गरिन्छ । यो पुरस्कार पहिले ओस्लोको कानुन संकाय (१९४७-१९८९), नार्वे नोबेल संस्थानको विश्वविद्यालयको एट्रियम (१९०५-४६), र संसद (१९०१-०४) मा सम्मानित गरिएको थियो । [५] आफ्नो राजनीतिक प्रकृतिको कारण नोबेल शान्ति पुरस्कार विवादको विषय भएको इतिहास रहेको छ । शान्तिको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

पुरस्कार[सम्पादन गर्नुहोस्]

नोबेल शान्ति पुरस्कारको मेडल

नर्वेजियन नोबेल समितिको अध्यक्ष प्रत्येक वर्ष १० डिसेम्बरको दिन (नोबेल मृत्युको वार्षिकोत्सव)मा नर्वेको राजाको उपस्थितिमा नोबेल शान्ति पुरस्कार प्रस्तुत गर्दछ । यो एउटा मात्रै पुरस्कार हो जुन स्टकहोममा प्रदान गरिदैन । शान्तिमा नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।[६] २०१३ मा यस पुरस्कारको राशी १० मिलियन स्वीडिश क्रोनर (अमेरिकी $ १.५ मिलियन) रहेको थियो । सन् १९९० को दशकदेखि नोबेल शान्ति पुरस्कार समारोह ओस्लो सिटी हलमा हुने गर्दछ ।

नोबेल पुरस्कार मेडल[सम्पादन गर्नुहोस्]

नोबेल पुरस्कार डिप्लोमा[सम्पादन गर्नुहोस्]

पुरस्कार राशी[सम्पादन गर्नुहोस्]

बिजेताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नोबेल पुरस्कारको रकम १ मिलियनले बढाइएको छ", Nobelprize.org। 
  2. "The Nobel Peace Prize 1901", www.nobelprize.org, अन्तिम पहुँच २०१७-१०-२९ 
  3. "History – Historic Figures: Alfred Nobel (1833–1896)", बिबिसी, अन्तिम पहुँच २०१०-०१-१५ 
  4. "Guide to Nobel Prize", ब्रिट्यानिका, अन्तिम पहुँच २०१३-०६-१० 
  5. "Prisutdelingen | Nobels fredspris", Nobelpeaceprize.org, अन्तिम पहुँच १३ अक्टोबर २०१२ 
  6. Tom Rivers, "2009 Nobel Laureates Receive Their Honors | Europe| English", .voanews.com, अन्तिम पहुँच २०१०-०१-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]