नोरी
नोरी | |
---|---|
![]() नोरीका पत्ताहरू | |
प्रकार | खाद्य समुन्द्री झार |
मुख्य सामग्रीहरू | सुकाएको रातो लेउ |
नोरी (अंग्रेजी Nori, जापानी 海苔) खान मिल्ने समुन्द्री वनस्पति बाट बनेको चखिलो र अलग मिठास भएको जापानी खाना हो। यो प्रोपिया प्रजातिको रातो लेऊ हो। कागजको पाना आकारको यो खाना कूक हरूले जापानी खाना खासगरी सुसीको रोल बेर्नमा प्रयोग गर्छन्।
नोरीको सुख्खा पाताहरू समुन्द्री लेउ लाई पिसेर र्याकमा सुकाएर कागज बनाए जसरी नै तयार गरिन्छ । नोरी तयार भएपछि प्याकिङ गरेर बजारमा पठाइन्छ। यसले हावामा रहेको आर्द्रता बाट समेत पानि सोस्ने भएकोले लामो समय भण्डारण गर्नका लागि यसलाई हावा नछिर्ने गरी प्याक गरेर सुख्खा ठाउँमा राखिन्छ।
विषयसूची
इतिहास[सम्पादन गर्ने]
मूलत नोरी शव्दले हिजिकी लगायतका समुन्द्री झार जनाउँछ।[१] नोरीको अहिले सम्मको सबैभन्दा पुरानो वर्णन आठौं शताब्दीको पाइएको छ। सन् ७०१ मा लागू भएको ताओ कोड (कानून)मा नोरीमा कर लाग्ने वस्तुमा सूचिकृत भएको थियो। [२]
सन् ७२१ तिर फुदोकीको हिटाची प्रान्तका बासिन्दाले नोरी सुकाउँथे भन्ने वर्णन पाइन्छ। त्यसैबेला ७१३ देखि ७२३ ताका इजुमो प्रान्तमा नोरी खेती गरिएको वर्णन बाट प्राचीन काल देखि नै नोरीको प्रचलन थियो भन्ने आधार मिल्छ।[३] सन् ९८७ ताका लेखिएको उत्सुबो मोनोगातारी पुस्तकमा नोरी लाई सामान्य प्रचलनको खानाको रूपमा उल्लेख गरिएको छ। पत्रको रूपमा विकास हुनु अघि यो गिलो पेस्टको रूपमा प्रयोग हुन्थ्यो। सन् १७५० तिर त्यस बेलाको आकुसा इदो (हालको टोकियो), मा कागज बनाउने तरिका प्रयोग गरी नोरीको प्रशोधन सुरू भयो।[४][५][६][७]
प्रयोग[सम्पादन गर्ने]
नोरी धेरजसो सुसी र ओनिगिरी लाई बेर्ने काममा प्रयोग गरिन्छ। सामान्यतया यसमा भात बेह्रेर पनि खाइन्छ। नुडल्स र सुपलाई मिठास थप्ने अलंकारको रूपमा पनि प्रयोग हुन्छ। यसलाई खानुपूर्व "याक नोरी" भनेर विशेष रूपले टोस्ट गरिन्छ। नोरीलाई सोया सस सँग मिलाएर त्यसैको स्वादमा पनि खाने चलन रहेको छ। तर धेरैजसो ठाउँमा भने खानाको विशेष सजावटमा नोरीको प्रयोग गर्ने गरिन्छ।
नोरीसँग सम्बन्धित यो जस्तै अर्को हरियो लेऊबाट बन्ने खाना पनि छ जसलाई एनोरी भनिन्छ। एनोरी चाहिँ दैनिक खानामा प्रयोग गरिन्छ।
पोषण[सम्पादन गर्ने]
काँचो समुद्री झारमा ८५% पानी, ६% प्रोटीन, ५% कार्बोहाइड्रेट, न्यून मात्रामा चिल्लो पदार्थ हुन्छ (तालिका हेर्नुहोस्)। यो समुद्री वनस्पति भिटामिन ए, भिटामिन सी, रिबाफ्लाभिन, र फोलेट को भरिलो स्रोत हो। यो समुद्री वनस्पतिमा आयोडीन को उच्च मात्रामा पाइन्छ। [८]
Nutritional value per १०० ग्रा (३.५ औंस) | |
---|---|
Energy | १४६ किलोजूल (३५ कि॰कैल) |
Carbohydrates | 5.11 g |
- Dietary fiber | 0.3 g |
Fat | 0.28 g |
Protein | 5.81 g |
Water | 85.03 g |
Vitamin A equiv. | 260 μg (29%) |
Thiamine (Vit. B1) | 0.098 mg (8%) |
Riboflavin (Vit. B2) | 0.446 mg (30%) |
Niacin (Vit. B3) | 1.470 mg (10%) |
Folate (Vit. B9) | 146 μg (37%) |
Vitamin B12 | 0 μg (0%) |
Vitamin C | 39.0 mg (65%) |
Vitamin D | 0 μg (0%) |
Vitamin E | 1.00 mg (7%) |
Vitamin K | 4.0 μg (4%) |
Calcium | 70 mg (7%) |
Iron | 1.80 mg (14%) |
Magnesium | 2 mg (1%) |
Phosphorus | 58 mg (8%) |
Potassium | 356 mg (8%) |
Sodium | 48 mg (2%) |
Zinc | 1.05 mg (11%) |
Percentages are relative to US recommendations for adults. Source: USDA Nutrient database |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Kodansha encyclopedia of Japan. 6. Kōdansha. 1983. प॰ 37. .
- ↑ Nisizawa, Kazutosi; Noda, Hiroyuki; Kikuchi, Ryo; Watanabe, Tadaharu (सेप्टेम्बर १९८७), "जापानको मुख्य सामुन्द्रिक वनस्पतिजन्य खाना", Hydrobiologia, 151-152 (1): 5–29, डिओआई:10.1007/BF00046102।
- ↑ Hiroshi, Terayama (2003). asaka Shobō. प॰ 588. https://books.google.com/books?id=vQc3AAAAMAAJ.
- ↑ Miyashita, Akira (2003). 海苔. Hosei University Press. . https://books.google.com/?id=V_IwAQAAIAAJ.
- ↑ Katada, Minoru (1989). 浅草海苔盛衰記. Seizando-Shoten Publishing. . https://books.google.com/?id=Jjw0AQAAIAAJ.
- ↑ Shimbo, Hiroko (2001). The Japanese kitchen: 250 recipes in a traditional spirit. Harvard Common Press. प॰ 128. . https://books.google.com/books?id=VWLTngEACAAJ&dq&hl=en.
- ↑ "After 40-year no-show, famed Asakusa nori makes comeback", The Asahi Shimbun, जनवरी ६, २००५, "Inspired by Japanese paper-making, fishermen processed harvested seaweed into thin, square-shaped sheets."
- ↑ "Iodine Fact Sheet for Health Professionals", National Institutes of Health, फेब्रुअरी ११, २०१६, अन्तिम पहुँच २७-नोभेम्बर-२०१८।