पं.जगन्नाथ गुरागाईँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पं.जगन्नाथ गुरागार्इंबाट अनुप्रेषित)

परिचय[सम्पादन गर्नुहोस्]

पण्डित जगन्नाथ गुरागाईँ (१९५९-२०२२) सर्वसाधारण पाठकका लागि लोकप्रिय कवि हुन् । नेपाली भाषा र साहित्यमा रुचि राख्ने साक्षर र निरक्षर दुवै प्रकारका नेपाली उनका कविता गाएने गर्छन् । अघिअघि विवाह र जाग्राममा उनको गुणरत्नमाला गाउँदा सुन्नेहरूको भिड लाग्ने गर्थ्यो । अझै पनि गाउँघरमा उनका कविता त्यत्तिकै लोकप्रिय देखिन्छन् । उनी नैतिक शिक्षा प्रदान गर्ने समाजसेवी कविका रूपमा परिचित छन् ।

प्रकाशित पुस्तकहरू[सम्पादन गर्नुहोस्]

१.नम्र निवेदन (कविता सङ्ग्रह १९९६)
२.गुणरत्नमाला (कविता सङ्ग्रह १९९७)
३.मन्त्रीको गुणदोष (कविता सङ्ग्रह (१९२६) ।[१][२]

उपर्युक्त कृतिहरूमा गुणरत्नमा सर्वाधिक लोकप्रिय कविता हो । कवि भानुभक्त आचार्यको रामायण जनमानसमा जसरी भिज्यो त्यसरी नै यो पनि त्यसताका खधिकतम रूपमा गाइएको देखिन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. गुरागाईँ, पं. जगन्नाथ (नयाँ संस्करण ?), गुणरत्न माला, वाराणसी : एम.के.पब्लिकेसन