पतञ्जली गजुर्याल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पतञ्जली गजुर्याल (१८८०-१९४४) ललितपुर इमाडोलका अरविन्द गजुर्यालका छोरा भएको र यिनी ज्योतिष शास्त्रका ज्ञाता भएको बुझिन्छ । आफ्ना भिनाजु श्रीलाल भट्ट बाग्लुङ तामाखानीमा हाकिम भएका बेला (१९२५ तिर) यिनले हवल्दार भर्इ काम गरेको र सो समयमा चार सय बाँकी लागेर केही समय जेल समेत परी भाइले उकासेको देखिज्छ । यिनी कवि भएको कुरा यिनका कृतिबाट थाहा पाइन्छ । यिनका कृतिहरूमा चौरपञ्चाशिका (अनुवाद), बालगोपाल वाणी मत्स्येन्द्रनाथको कथा हरिभक्तमाला आदि रहेका खेखिन्छन् ।