पत्रकारिता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरुमा अधारित रहि संचार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु नै पत्रकारिता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घट्नाको जनकारी र बिबरण तुरुण्तै बिश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै समु पराउन सकिन्छ । पत्रकारीता राज्यको महत्व पुर्ण अंग हो । यसलाई राज्यको चौथो अंगको रुपमा राखिएको छ ।

नेपालमा पत्रकारिता[सम्पादन गर्ने]

राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले मन्त्रालयहरू, विभाग एवं अन्य कार्यालयमा प्रवक्ता र सूचना अधिकारी राख्ने परिपाटी सुरु गर्दा पत्रकारितामा उच्च शिक्षा हासिल गरेको धेरैले रोजगारी पाउन सक्छन् । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि न्यूनतम योग्यता निर्धारण गरेर एवं प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई मात्र यस क्षेत्रमा काम गर्ने व्यवस्था गर्न सकिन्छ । तल्लो स्तरदेखि उच्च शिक्षासम्म सैद्धान्तिक भाग र प्रयोगात्मक भागलाई बराबर बनाइनु पर्छ । हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ ।

नेपालमा पत्रकारिता शिक्षा[सम्पादन गर्ने]

विश्वविद्यालयको शिक्षा सकिनासाथ समाचार कक्षमा खरो उत्रनेसक्ने जनशक्तिको माग हाम्रा सञ्चार माध्यमहरूले गर्ने भएकाले विश्वविद्यालयले पनि त्यस्तो आवश्यकतालाई परिपूर्ति गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । भाषा अभिव्यक्तिको माध्यम हो । पत्रकारमा भाषा खेलाउने क्षमता चाहिन्छ । जसका लागि विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चारका अतिरिक्त भाषा विषय अङ्ग्रेजी वा नेपाली एउटा अनिवार्य लिने व्यवस्था गर्न सकिन्छ । स्नातक तहमा पत्रकारिता पढ्न चाहनेलाई प्रवेश परीक्षा अनिवार्य गर्नुपर्छ । स्नातकोत्तर तहमा प्रवेश परीक्षाका साथै अनुभवीलाई मात्र विशेषज्ञ बन्न व्यवस्था गर्नुपर्छ । यदि पत्रकार, सञ्चारकर्मीमा कम्तीमा एउटा राष्ट्र भाषा, अर्को अन्तर्राष्ट्रिय भाषा र स्थानीय भाषाको ज्ञान भएमा उत्तम हुन्छ । नेपालका विश्वविद्यालयहरूमा अहिलेसम्म सञ्चारका प्रायः सबै विधाहरूमा सामान्य ज्ञान दिने हिसाबको पाठ्यक्रम छ । विशेषज्ञ बनाउने क्षेत्र निर्धारण गरिएको छैन । स्नातकोत्तर तहमा सञ्चारका विविध विषयमा जस्तै प्रसारण पत्रकारितामा स्नातकोत्तर, विकास सञ्चार, प्रेस कानुन, विज्ञापन, जनसम्पर्क, फोटोग्राफी, अनलाइन पत्रकारिता, छापा पत्रकारिता आदिमा विज्ञ बनाउने पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनको सुरु गर्न सकिन्छ । अहिले स्कुल, उच्च माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तहका पाठ्यक्रमबीच समन्वय र सन्तुलनको अभाव छ यसतर्फ पाठ्यक्रम निर्माताहरूको ध्यान जान जरुरी छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

थप अध्ययन[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]