पथिक प्रवासन
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![]() 'पथिक प्रवासन' | |
लेखक | पंचम अधिकारी |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
संस्करण | यात्रा उपन्यास |
विषय | डायस्पोरिक उपन्यास |
प्रकार | साहित्यिक |
प्रकाशक | जय प्रकाशन |
पृष्ठ | १७५ पृष्टहरू |
आइएसबिएन | 978-9937-2-2654-7 (Nepal) Parameter error in {{isbnt}}: Invalid ISBN. |
नेपाली लेखक पञ्चम अधिकारी द्वारा लिखित प्रवासी साहित्य अर्थात् डायस्पोरिक उपन्यास 'पथिक प्रवासन'(Pathik Pravasan) २०६७ सालमा जय प्रकाशनबाट प्रकाशित भएको हो। उपन्यासमा माओवादी द्वन्द्वको उत्कर्षका बेला विदेश पढ्न गएको एक जना नेपाली विद्धार्थीको कथा छ। नेपाली प्रवासी साहित्यमा 'कोशेढुगां' मानिएको यस उपन्यास पश्चिमी देशमा विदेशिएका थुप्रै विद्धार्थीका लागि यथार्थवादी कथन हो। नेपाली हावापानीमा हुर्किएको मुख्य पात्र, पथिकको युरोप यात्रा संघर्षपूर्ण बन्छ।
पहाडी पाखाको गाउँले ठिटो राजधानी काठमाडौँ छिर्छ । अध्ययनको सिलसिलामा जर्मनी जान्छ । आर्थिक समस्याले अध्ययन पुरा गर्न सक्दैन । अनि उ छिमेकी राष्ट्र बेल्जियम पलायन हुन्छ । बेल्जियन गर्लफ्रेन्ड बनाएर स्पेन होलीडे जान्छ । अफ्रिका पुग्छ । संघर्ष, प्रेम र धोकाको उतारचढावमा नायक पथिकले जीवनको क्रुर नियति भोग्छ ।
पुस्तकले 'नेपालको जनयुद्धका कारण प्रभावित नेपाली युवा पुस्ता'को विद्रोही, आतुर र 'विदेश जाउँ' अनुभूतिलाई उजागर गरेको छ।