सामग्रीमा जानुहोस्

पद्मा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पद्मा नदी
बांग्लादेशमा पद्मा नदी
बांग्लादेशको मानचित्रमा पद्मा नदी
स्थान
देशबङ्गलादेश, भारत
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानगंगा र हिमालयको बीचमा रहेको गंगोत्री हिमनदीको विभाजन
मुख 
 •  स्थान
मेघना नदी
लम्बाइ३५६ किमी (२२१ माइल)[]
जलाधारकाे क्षेत्रफल१४,८७,६५७.३ किमी (५,७४,३८७.७ वर्ग माइल)[]
निकास 
 • औसत(Period: 1971–2000)३४,९३८.१ मी3/सेक (१२,३३,८३० घन फिट/सेक)[]
 •  न्युनतमDuring dry season १५,००० मी3/सेक (५,३०,००० घन फिट/सेक)
 •  अधिकतममनसून ऋतुमा ७,५०,००० मी3/सेक (२,६०,००,००० घन फिट/सेक)
जलाधारका विशेषताहरू
नदी प्रणालीगंगा नदी प्रणाली
पद्मासहित बङ्गालको खाडीमा बग्ने प्रमुख नदीहरू देखाउने नक्सा।

पद्मा नदी (रोमनः Pôdmā) मुख्यतया बङ्गलादेशको भुभागमा बग्ने एशियाकै एउटा प्रमुख नदी हो। यो गङ्गा नदी प्रणालीको मुख्य नदी हो । खासमा गंगानदीलाई नै बांग्लादेश प्रवेश गरेपछि पद्मा नदी भनिन्छ जसमा पूर्वको सबैभन्दा ठूलो नदी ब्रह्मपुत्र नदी पनि मिसिन्छ । बांग्लादेशको उत्तर पश्चिमी सीमा प्रवेश गरेदेखि बङ्गालको खाडी नजिकै मेघना नदीमा मिल्दासम्म लगभग ३५६ किलोमिटर (२२१ माइल) यसको लम्बाई रहेको छ र सामान्यतया यो नदी दक्षिणपूर्व दिशातर्फ बग्छ। बांग्लादेशको राजशाही यस नदीको किनारमा अवस्थित एक ठूलो शहर हो। सन् १९६६ देखि हालसम्म, पद्मा नदीको अपरदनका कारण ६६ हजार हेक्टरभन्दा बढी जमिन गुमेको छ।[]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

संस्कृत भाषामा पद्मको अर्थ कमलको फूल हुन्छ, प्राचीन हिन्दू लिपिहरूमा देवी लक्ष्मी उपनामको रूपमा पद्मा उल्लेख गरिएको छ। यस नदीसँग लक्ष्मीको सम्बन्धको कथा पनि त्रिपुरा रहस्यमा भनिएको छ।

पद्मा नदीमा इन्जिन बोट

भौगोलिक प्रभाव

[सम्पादन गर्नुहोस्]
पद्मा नदी र डुङ्गाहरू (1860)

अठारौँ शताब्दीका भूगोलविद् जेम्स रेनेल गङ्गाको वर्तमान प्रवाहको उत्तरमा रहेको पूर्व प्रवाहलाई निम्नानुसार उल्लेख गरेका छन्ः

गंगाको पहिलेको धार अहिले नट्टोर र जाफियरगंज बीचको ताल र दलदलले ओगटेको भूभागमा थियो, जुन बाउलेहमा वर्तमान मार्गबाट ​​निस्केर फ्रिङ्गीबजार नजिकै ब्रह्मपुत्र वा मेगनाको संगमस्थलमा पुग्छ; जहाँ दुई शक्तिशाली धाराको संचयले सम्भवतः मेगनाको वर्तमान अद्भुत धारलाई बाहिर निकालेको हुन सक्छ भन्ने जुन तर्क छ हालको अवस्थिति हेर्दा त्यो तर्क बलियो देखिन्छ।

पद्मा नदीमा स्पिडबोट
बङ्गलादेशमा हार्डिङ्ग ब्रिज
पद्मा नदीबाट देखिएको सूर्यास्त
गर्मीमा राजशाही नजिकै पद्मा नदीको दृश्य

मुर्शिदाबाद जिल्ला

[सम्पादन गर्नुहोस्]

मुर्शिदाबाद जिल्ला पद्माको पश्चिमी किनारमा अवस्थित छ। यो नदीले पश्चिम बङ्गाल राजशाही र मुर्शिदाबाद जिल्लालाई विभाजन गर्दै बग्छ अनि भारत र बङ्गलादेशबिच प्राकृतिक सीमा पनि कायम गरेको छ। जिल्लाको जलङ्गी क्षेत्र पद्माको नदीको कटानका कारण गम्भीर रूपमा प्रभावित भएको थियो।[]

मनसुनमा पद्मा नदीबाट सूर्यास्त, राजपडा, राजशाही

आधारभूत संरचना

[सम्पादन गर्नुहोस्]
पद्मा नदीको आकाश

पश्चिम बङ्गाल गङ्गा नदीमा फराक्का बाँध निर्माण भएपछि पद्मा नदीको अधिकतम प्रवाह उल्लेखनीय रूपमा घट्यो। जल प्रवाहमा आएको कमीले बङ्गलादेशमा माछाका प्रजातिहरू हराउने, पद्माका सहायक नदीहरू सुक्ने, बङ्गालको खाडीबाट नुनिलो पानीको घुसेर आउने र सुन्दरवन म्यानग्रोभ वनमा क्षति पुऱ्याउने जस्ता धेरै समस्याहरू देखा परेका छन्।[]

पद्मा पुल बङ्गलादेशको सबैभन्दा ठुलो पुल हो र यसलाई पुरा गर्न अनुमानित ३ अर्ब अमेरिकी डलर खर्च भएको छ। यसको उद्घाटन २५ जुन २०२२ मा भएको थियो। यो पुल बनिसकेर सन् २०१३ मा सर्वसाधारणका लागि खुला हुने अपेक्षा गरिएको थियो, तर जून २०१२ मा विश्व बैंक भ्रष्टाचारको आरोपमा १ अर्ब २० करोड डलर ऋण रद्द गरेपछि परियोजनाको भविष्य अनिश्चित भयो। जुन २०१४ मा, बङ्गलादेश सरकारले ऋणबिना नै अघि बढ्यो र पुलको मुख्य भाग करिव ६.१५-किलोमिटर (३.८२ माइल) निर्माण गर्न सन् २०१४ अक्टोबरमा एउटा चिनियाँ कम्पनीलाई भाडामा लियो। यसले सन् २०१८ सम्ममा परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको निरीक्षण गर्न दक्षिण कोरियाली फर्मलाई नियुक्त गरेको थियो। पुलको अन्तिम (४१ औं स्पान १० डिसेम्बर २०२० मा राखिएको थियो। २४ अगस्त २०२१ मा पद्मा पुलको स्तम्भ १२ र १३ लाई जोड्ने स्प्यानमा अन्तिम सडक स्ल्याब राखिएको थियो।[]

२०२४ मा पद्मा नदीको जलवायु परिवर्तनको प्रभाव

सन् २००९ मा, सरकारले नयाँ पुलको माध्यमबाट जडान भएको पद्माको दुवै छेउमा रेल लाइनहरू पनि समावेश गरेको योजना बनायो।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  • गङ्गा बाँध परियोजना
  • बाङ्लादेशका रेलवे स्टेसनहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Allison, Mead A. (Summer १९९८), "Geologic Framework and Environmental Status of the Ganges-Brahmaputra Delta", Journal of Coastal Research (Coastal Education & Research Foundation, Inc.) 13 (3): 826–836, जेएसटिओआर 4298836 
  2. २.० २.१ Eric, Tilman, "Ganga (Ganges)-Brahmaputra" 
  3. "Over 66,000 hectares lost to Padma since 1967: NASA report", The Daily Star, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१८ 
  4. "River Bank Erosion Induced Human Displacement and Its Consequences – Impact of Ganges River Bank Erosion", Tuhin K. Das, Sushil K. Haldar, Ivy Das Gupta and Sayanti Sen, Living Reviews in Landscape Research, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७ 
  5. Islam, Nazrul (२९ अप्रिल – ५ मे २००६), "IRLP or the Ecological Approach to Rivers?", Economic and Political Weekly 41: 1693–1702, जेएसटिओआर 4418148 
  6. "Padma Bridge likely to open to traffic by June 2022", Dhaka Tribune, अन्तिम पहुँच २२ डिसेम्बर २०२० 
  7. "It's possible to walk across the Padma now", The Daily Star (अङ्ग्रेजीमा), २४ अगस्ट २०२१। 
  • Banglapedia: National Encyclopedia of Bangladesh