पनिर कोफ्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


  • सामग्री : आधा धार्नी आलु, ४०० ग्राम पनिर, ५० ग्राम खुवा, २० ग्राम काजु, १० ग्राम किसमिस, १०० ग्राम कर्नफ्लोर, ४० मि.लि. क्रिम, तेल फ्राई गर्न पुग्ने, २० ग्राम गरम मसलाको पाउडर, मरिचको धुलो २० ग्राम, ५ ग्राम धनियाँ, जिरा, खुर्सानी, बेसार, नुन स्वाद अनुसारको धनियाँपत्ता काटेको, बदाम पिधेको।
  • बनाउने विधि : थोरै पानीमा आलु गल्ने गरी उसिन्नु र बोक्रा छोर्डाई गिर्खा नरहने गरी मुछ्नु साथमा १०० ग्राम पनिर सहित १०० ग्राम कर्नफ्लोर तेलमा सबै मसला राखी ५ मिनेट जति भुट्नु। अब बाँकी खुवा, पनिर, काजु, किसमिस, क्रिम, वटर, पिनटको पेष्ट सबैलाई मिक्स गरी राख्नु, आलुलाई गोलो गोलो बनाई पनिर भएको मसला बीचमा राखी राम्रोसँग बन्द गर्नु र ब्रेडक्रम लगाई रातो हुने गरी फ्राई गर्नु।
  • ग्रेभिको लागि : २०० ग्राम प्याज काटेको, २५/२५ ग्राम अदुवा लसुन पिधेको, ५० ग्राम गोलभेंडा काटेको तयार गरी प्याजलाई रातो हुने गरी फ्राई गर्नु र लसुन अदुवा गोलभेंडा राख्नु। तेल अनि निक्लिने गरी भुट्नु अनय मसला राखी ग्रेभिलाई तयार गर्नु र फ्राई गरेको कोफ्ता ग्रेवीमा राख्नु।