पनेरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पनेरू थरको शाब्दिक अर्थ पानीसँग जोडिएको छ । बद्रिदत्त पाण्डेको "कुमाउं का इतिहास" नामक पुस्तकमा यसको बारेमा थोरै भएपनि उल्लेख गरिएकाे पाइन्छ ।[१] कुमाउंका राजा सोम चन्दका साथमा कुमाउं आएका ब्राह्मण भनेर गणेश पनेरूको नाम उल्लेख गरिएको छ । सोही पुस्तकमा नन्दा देवीको चर्चा गरिएको छ र पनेरूहरूले पिउने पानी दिने गरेको भनेर उल्लेख गरिएको छ । विभिन्न पेशाहरूको वर्णन गर्ने क्रममा मनतातो पानीले राजाको पाखुरा धुने कँडियाल पदको बारेमा चर्चा गरीएको छ । कँडिलो भन्नाले पहाडी बोली अनुसार मनतातो पानी हुन आउँछ । यिनै कँडियाललाई पनेरू भनेर पनि भनिन्थ्यो भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ ।

पनेरू थर सुदूरपश्चिममा बढि चलनचल्तीमा छ । विशेष गरी डडेल्धुरामा उनीहरूको पुर्ख्यौली बसोबास रहेको पाइन्छ ।[२] हाल आएर भने कैलालीकञ्चनपुरमा बढि बसोबास रहेको पाइन्छ । पनेरूहरू कौडिन्य गोत्री र भारद्वज गोत्री गरेर दुई किसिमका पाइन्छन् । पनेरू थर उति प्रचलित नभएपनि नुवाकोटझापातिर समेत पनेरूहरूको बसाइ रहेको पाइएको छ ।

पनेरूहरू पृथ्वीनारायण शाहले नेपाल एकिकरण पूर्वको बाइसी राज्य अन्तर्गत पर्ने डोटी राज्यका राजाका राजगुरू थिए । कत्युर वंशको वंशावलीमा पनि पनेरूहरूका बारेमा चर्चा छ । विशेष गरेर ज्योतिष गणपतिका बारेमा त्यसमा उल्लेख गरिएको छ । डोटी राज्यको पतनसँगै पनेरूहरू पनि यत्रतत्र छरिन सुरूभएको मान्न सकिन्छ । डोटी राजासँगै भारतको सिंहाइ बसाइ सरेका पनेरूहरू र नेपालमै बसोबास गर्दै आएका पनेरूहरूको पुर्खा एकै हो ।

ख्यातीप्राप्त पनेरूहरू[सम्पादन गर्ने]

पनेरू थर उति प्रचलित नभएकाले खासै त्यति चिनिने नामहरूको सूचि तयार पार्न कठीन छ । तरपनि ऐतिहासिक हिसाबले केही पनेरूको नाम कमसे कम पनेरू हरू भित्रभने महत्वपूर्ण रहेको छ ।

    1. ज्योतिष गणपति पनेरू
    2. जयदास पनेरू
    3. पुर्ब सिडिओ रामचन्द्र जोशी(पनेरु)
    4. तेकन्दॊ गुरु केन्द्रिय खेलकुद समितिका टेकराज जोशी (पनेरु)
    5. पनेरु कुलका पनेरुबाट जोशी थर बनेका नेपाली सेनाका उप रथी हिरालाल जोशी (पनेरु)
    6. गुठि सस्थांन हाकिम हरिप्रसाद जोशी (पनेरु)
    7. ब्याडमिन्टन खेलाडी पशुपति पनेरू
    8. समाजसेवी सत्यराज पनेरू
    9. गणेश पनेरू[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]