सामग्रीमा जानुहोस्

पन्ना काजी शाक्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गायक

पन्ना काजी शाक्य
जन्मवि.सं. १९८८ पुष १५
ओम बहाल, काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०७३ माघ १२
टेकु, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपालनेपाली
जातीयतानेवारी
नागरिकतानेपाली

पन्ना काजी शाक्य (सन् १९३२ जनवरी ८ - सन् २०१७ जनवरी २५)[][] एक नेपाली गायक थिए। उनका ‘तिरिरी मुरली बज्यो बनैमा’[],‘कस्को यो सम्झना मेरो मनैमा’ लगायतका गीतहरूले चर्चा पाएको थियो। वि.सं. २००७ सालमा रेडियो नेपाल प्रवेश गरेका पन्ना काजी नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका थिए।

वि.सं. १९८८ साल पौष १५ मा काठमाडौँको ओम बहालमा जन्मिएका उनी परिवारका कान्छा छोरा थिए। उनका छोराहरू प्रवेशमान शाक्य र पवित्रमान शाक्य समेत नेपाली सङ्गीतमा सक्रिय छन्।

साङ्गीतिक यात्रा

[सम्पादन गर्नुहोस्]

वि.सं. २००४ सालदेखि औपचारिक रुपमै गीत गाउन थालेका उनले ‘विषन्तरया मच्चादान’ र ‘कुँडाल’ लगायत नाटकमा समेत अभिनय गरेका थिए। वि.सं. २०२२ सालमा पन्ना काजीले रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गायनतर्फ पहिलो भएका थिए। राजा महेन्द्रका मनपर्ने गायकको रुपमा परिचित उनले रेडियो नेपालमा आधुनिक भजन, राष्ट्र्रिय भावको गीत, लोकगीत, नेपाल भाषा लगायत झण्डै चार सय गीतहरू गाएका थिए। उनको ‘लिजेन्ड अफ पन्ना काजी, कसरी बिर्सुं म’, ‘लिजेन्ड अफ पन्नाकाजी: आफ्नो संसार’ र ‘साधक गायक पन्नाकाजी’ लगायत एल्बम सार्वजनिक भइसकेका थिए।

सम्मान तथा पदक

[सम्पादन गर्नुहोस्]

उनले नातिकाजी सम्मान, वीरेन्द्र पदक, गोरखा दक्षिण बाहु र इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड लगायत प्राप्त गरेका थिए।

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

नेपाली कांग्रेससमेत क्रियाशील रहेका उनी २०१८ सालमा नौ महिना नख्खु जेल परेका थिए। त्यसताका उनले तयार गरेको गणेशमान सिंहको पाँच फिटको स्केच प्रदर्शनमै राखिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ढकाल, सावित्री (२०१७-०१-२९), "Remembering the legendary Panna Kaji" [महान पन्ना काजीलाई सम्झिदै], द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०१-१६ 
  2. "Late Panna Kaji commemorated", द काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०१-१६ 
  3. "Tiriri Murali Bajyo: Late singer Panna Kaji's most melodious tunes", अनलाइन खबर - अङ्ग्रेजी (अङ्ग्रेजीमा), २०१७-०१-२५, अन्तिम पहुँच २०२५-०१-१६