पम्प भण्डारण जलविद्युत

पम्प-भण्डारण जलविद्युत भार सन्तुलनको लागि विद्युतीय पावर प्रणालीहरूद्वारा प्रयोग एक प्रकारको जलविद्युत ऊर्जा भण्डारण हो।
पम्प भण्डारण प्रणालीले पानीको गुरुत्वाकर्षण स्थिति ऊर्जाको रूपमा ऊर्जा भण्डारण गर्दछ। यसमा पानीलाई कम उचाइमा अवस्थित जलाशय बाट उच्च उचाइमा पम्प गरिन्छ। पम्प चलाउनको लागि सामान्यतया कम लागतको सर्प्लस अफ-पिक बिजुली प्रयोग गरिन्छ।। बिजुलीको उच्च मागको भएको समयमा, भण्डारण गरिएको पानी टर्बाइन मार्फत छोडेर बिजुली उत्पादन गरिन्छ।
आधारभूत सिद्धान्त
[सम्पादन गर्नुहोस्]पम्प भण्डारण जलविद्युतमा सामान्यतया दुई भिन्न उचाइमा एकअर्कासँग जोडिएका दुईवटा जलाशयहरू हुन्छन्। बिजुलीको माग कम भएको समयमा, अतिरिक्त उत्पादित बिजुली प्रयोग गरी माथिल्लो जलाशयमा पानी पम्प गरिन्छ। जब बिजुलीको माग उच्च हुन्छ, पानी टर्बाइन माध्यमबाट तल्लो जलाशयमा छोडिन्छ, बिजुली उत्पादन गरिन्छ। पम्प भण्डारण विद्युतगृहले सामान्यतया रिभर्सिबल टर्बाइन/जेनेरेटर एसेम्बली प्रयोग गर्दछ, जसले पम्प र टर्बाइन जेनेरेटर (सामान्यतया फ्रान्सिस टर्बाइन डिजाइन) को रूपमा कार्य गर्न सक्छ । पम्प भण्डारण जलविद्युत केन्द्रमा भेरिएबल स्पिड अपरेसनले राउन्ड ट्रिप दक्षतालाई अझ अनुकूलन गर्छ।