परान (चलचित्र)
| परान | |
|---|---|
| चित्र:परान चलचित्र.jpg प्रदर्शनको पोस्टर | |
| 'परान: सासले हैन, साथले चल्ने | |
| निर्देशक | दीपकप्रसाद आचार्य |
| पटकथा | यम थापा |
| कथा | दीपकप्रसाद आचार्य |
| निर्माता |
|
| मुख्य कलाकार | |
| छायाङ्कन | शिवराम श्रेष्ठ |
| सम्पादन | मित्रदेव गुरुङ |
| सङ्गीत | गङ्गाथापा मगर |
वितरक कम्पनी | बाइसकोप सिनेमा |
| वितरक | डिसी नेपाल |
प्रदर्शन मिति | २०८२ कार्तिक १४ |
अवधि | १४४ मिनेट[१] |
| देश | नेपाल |
| भाषा | नेपाली |
| लागत | ३ करोड |
| बक्स अफिस | १७.८४ करोड[२] |
परान २०८२ को एक नेपाली सामाजिक नाटक चलचित्र हो, जसको निर्देशन 'काकु' उपनामले चिनिने दीपकप्रसाद आचार्यले गरेका हुन् र यो उनको पहिलो निर्देशन हो। यसको पटकथा यम थापाले लेखेका हुन् भने बाइसकोप सिनेमा प्रालिको ब्यानरमा रञ्जित आचार्य र शेखर गोल्छाले यसको निर्माण गरेका हुन्। चलचित्रमा (नीर शाह), मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी र अञ्जना बराइली लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।[३][४]
यो चलचित्र २०८२ कात्तिक १४ का दिन नेपालभरका हलहरूमा प्रदर्शन गरिएको थियो र यसले दर्शकहरूबाट अत्यधिक सकारात्मक समीक्षा प्राप्त गर्नुका साथै व्यावसायिक सफलता हासिल गरेको थियो।[५][६]
कथावस्तु
[सम्पादन]'परान' को कथा जीवनको उत्तरार्धमा पुगेका र आफ्ना सन्तानको माया तथा सामीप्यताका लागि छट्पटाइरहेका एक बुवाको वरिपरि घुम्छ। यस चलचित्रले त्यस्तो द्वन्द्वलाई उजागर गर्छ, जहाँ वृद्ध आमाबुवा आफ्ना सन्तानको साथ चाहन्छन् भने उता सन्तानहरू आफ्नो व्यक्तिगत महत्त्वाकांक्षा र वैदेशिक आकांक्षा पूरा गर्न व्यस्त हुन्छन्।[७][८]
पात्रहरू
[सम्पादन]- नीर शाह
- मदनकृष्ण श्रेष्ठ
- पूजा चन्द
- केकी अधिकारी
- प्रवीण खतिवडा
- महेश त्रिपाठी
- अञ्जना बराइली
- बुद्धि तामाङ
- यासेली योङहाङ
सङ्गीत
[सम्पादन]चलचित्रका गीतहरूको सङ्गीत लय कँडेलले दिएका हुन् भने पृष्ठभूमि सङ्गीत गङ्गा थपाले दिएका छन्। पहिलो गीत "ओई भन्दा नि बोलेन" २०८२ असोज १२ मा र त्यसपछि चलचित्रको शिर्षक गीत "ख्याल गरि साँचौला" असोज १४ मा सार्वजनिक गरिएको थियो।
सबै गीतहरू लय कँडेल द्वारा बनाइएको हो।
| क्र.सं. | शीर्षक | शब्द | गायक/गायिका(हरू) | लम्बाइ |
|---|---|---|---|---|
| १. | "ओई भन्दा नि बोलेन" | दीपकप्रसाद आचार्य, अनिश अधिकारी | प्रमोद खरेल, यमन श्रेष्ठ, लय कँडेल, रचना रिमाल, सलिना विक | ४:२८ |
| २. | "ख्याल गरि साँचौला" | दीपक प्रसाद आचार्य | पुष्पन् प्रधान | ५:०० |
| कुल लम्बाइ: | ९:२८ | |||
बक्स अफिस
[सम्पादन]सुरुमा थोरै मात्र हलहरूमा प्रदर्शन गरिएको यो चलचित्रले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै नेपाल बक्स अफिसमा ९ दिनमा ३ करोड ७१ लाख रुपैयाँ कुल कमाइ गर्न सफल भएको थियो।[९][१०] सोही क्रमलाई निरन्तरता दिँदै यसले १६ दिनमा ९ करोड ८७ लाख रुपैयाँ र २३ दिनमा १४ करोड १६ लाख रुपैयाँ कमाइ गर्यो र 'जेरी अन टप' लाई पछि पार्दै सो वर्षको सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको थियो।[११][१२][१३] ५१ दिनमा १७ करोड ६१ लाख रुपैयाँ कुल कमाइ गरेपछि यो नेपालमा सबैभन्दा बढी कमाउने चौथो नेपाली चलचित्र बनेको थियो।[१४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Paran [PG]", अल्बर्टा फिल्म क्लासिफिकेसन अफिस (अङ्ग्रेजीमा), ५ फेब्रुअरी २०२६, अन्तिम पहुँच ६ फेब्रुअरी २०२६।
- ↑ "फिल्म विकास बोर्ड | साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ ३ गते शनिबार सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट", film.gov.np, अन्तिम पहुँच २०२६-०१-२१।
- ↑ "'परान'को मर्मस्पर्शी ट्रेलर : सन्तानको सामीप्यता खोजिरहेका बाबुको दर्द", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "'परान'को ट्रेलर सार्वजनिक", उकेरा (नेपालीमा), मूलबाट २०२६-०१-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "'परानभित्र 'पूर्णबहादुरको सारंगी'मा छुटेका बाउका कथा छन्'", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "प्रशंसा बटुल्दै 'परान', हलको संख्यामा वृद्धि", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "Paran: A touching portrait of parental love and loneliness", हिमाल प्रेस (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "फिल्म 'परान' : सामाजिक र लैंगिक विमर्श", हिमाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "दोस्रो सप्ताहन्तमा 'परान' को कमाइ आक्रामक : ९ दिनसम्म कति कमायो ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "'परान' ले नौ दिनमा कमायो ३ करोड ७१ लाख", हिमाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "'परान' ले १६ दिनसम्म कमायो कति कमायो ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-१७।
- ↑ "'परान' बन्यो २०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-२२।
- ↑ "'परान' को कमाइ १४ करोड नाघ्यो", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-२४।
- ↑ "शनिबारसम्म 'परान' ले कमायो १७ करोड ६१ लाख", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२६-०१-०४।