परासी जिल्ला
Jump to navigation
Jump to search
परासी Parasi | |
---|---|
देश | ![]() |
राज्य | प्रदेश नं. ५ |
सदरमुकाम | परासी |
स्थापना | २०७४ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | जिल्ला सभा |
क्षेत्रफल | |
• जम्मा | ७३५.७३ किमी२ (२८४.०७ वर्ग माइल) |
उच्चतम उचाई | १,९३६ मिटर (६,३५२ फिट) |
न्यूनतम उचाई | ९१ मिटर (२९९ फिट) |
जनसङ्ख्या (२०७४) | |
• जम्मा | ३१८,५४४ |
• घनत्व | ४३०/किमी२ (१,१००/वर्ग माइल) |
• जातीयता | ब्राह्मण, क्षेत्री, थारू |
• मुख्य भाषा | नेपाली, अवधी, थारू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-७८ |
जिसस केन्द्र | परासी |
परासी नेपालको एक जिल्लाको नाम हो ।[१][२] २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर र परासी जिल्ला बनाइएको हो ।[३] सरकारले संविधानअनुसार नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुंगो लगाएको थिएन । सरकारले प्रदेश नम्बर ५ मा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो । नवलपरासी क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति निर्माण गर्नका लागि यसो गरिएको हो । बर्दघाट सुस्ता पश्चिमको क्षेत्रलाई परासी जिल्ला र त्यसको सदरमुकाम हालको परासीमा नै रहने सहमति भइसकेको छ ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "अब ७५ होइन ७७ जिल्ला", १८ भदौ २०७४, अन्तिम पहुँच ७ आश्विन २०७४।
- ↑ "नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा", २०७४ असार २४, अन्तिम पहुँच २०७४ आश्विन ७।
- ↑ "पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", नारायण शर्मा (कान्तिपुर), आश्विन ६, २०७४, अन्तिम पहुँच आश्विन ७, २०७४।
- ↑ "नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक", काठमाडौँ टुडे, २०७४ असार २५, अन्तिम पहुँच २०७४ आश्विन ७।