परिक्रमा मेला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिक्रमा मेला जनकपुरमा लाग्छ । यो १५ दिनको हुन्छ । मिथिला अन्तगृह परिक्रमा प्रतिपदामा सुरू भई फागु पूर्णिमाका दिन सम्पन्न हुन्छ । एक सय ३० किलोमिटरको क्षेत्रमा गरिने यो परिक्रमा मेलामा सामेल भएका पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्ति हुने जनविश्वास छ । यस प्रकारको धार्मिक आस्थाका कारण नेपालमा कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका आस्थावान तीर्थयात्रीहरू परिक्रमा मेलामा सामेल हुने गर्छन् । अन्तगृह परिक्रमा गर्नका लागि रातिदेखि नै श्रद्धालुहरू जय सीताराम, जय सीतारामको ध्वनि घन्काउँदै परिक्रमा मेलामा सामेल हुन्छन् । मेला सम्पन्न भएको भोलिपल्ट फागु पर्व मनाइने चलन छ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]