परिचित व्यक्तिद्वारा बलात्कार
| बलात्कार |
|---|
परिचित व्यक्तिद्वारा बलात्कार भन्नाले पीडितमाथि चिनेजानेको व्यक्तिले गरेको बलात्कार सम्झनुपर्छ। परिचित व्यक्तिहरूमा पीडितले डेट गरिरहेको व्यक्ति, सहपाठी, सहकर्मी, रोजगारदाता, परिवारको सदस्य, पति/पत्नी, परामर्शदाता, थेरापिस्ट, धार्मिक पदाधिकारी, चिकित्सक आदि समेत समावेश हुन सक्छन्।[१][२][३] परिचित व्यक्तिद्वारा हुने बलात्कारमा डेट बलात्कार भनिने उपश्रेणी समावेश हुन्छ, जसमा एकअर्कासँग रूमानी सम्बन्ध वा यौन सम्बन्धमा रहेका व्यक्तिहरू संलग्न हुन्छन्।[४][५][६][७] जब कुनै क्याम्पसको विद्यार्थीले अर्को विद्यार्थीको बलात्कार गर्छ, त्यसलाई कहिलेकाहीं क्याम्पस बलात्कार भनिन्छ।
धेरैजसो बलात्कारहरू पीडितलाई चिनेको व्यक्तिले गर्छन्। तथापि, परिचित बलात्कारको तुलनामा अपरिचित बलात्कारको उजुरी हुने सम्भावना कम हुन्छ। यसै कारणले अपराध सम्बन्धी तथ्याङ्कहरूले राष्ट्रिय सर्वेक्षणको तुलनामा परिचित बलात्कारको प्रचलनलाई कम अनुमान गर्छन्। परिचित व्यक्तिद्वारा हुने बलात्कारको कानूनी परिणामहरू अपरिचित व्यक्तिद्वारा हुने बलात्कारको जस्तै हुन्छन्।
शब्दको उत्पत्ति
[सम्पादन गर्नुहोस्]अपरिचित व्यक्तिद्वारा गरिएको बलात्कार र पीडितलाई चिनेको व्यक्तिद्वारा गरिएको बलात्कारलाई छुट्याउने अध्ययनहरू सन् १९५० को दशकमा सुरू भएका थिए, जब १९५८ र १९६० मा अमेरिकी प्रहरीको बलात्कारसम्बन्धी फाइलहरूको अध्ययनले पत्ता लगायो कि लगभग आधा बलात्कारहरू पीडितलाई चिनेका पुरुषहरूले गरेको आरोप लागेको थियो। "परिचित व्यक्तिद्वारा हुने बलात्कार" को अङ्ग्रेजी शब्द acquaintance rape पहिलो पटक सन् १९८२ मा नारीवादी लेखक तथा कार्यकर्ता डायना रसेलले छापा माध्यममा प्रयोग गरिन्।[८]:395 उनले यो शब्दलाई एकअर्कालाई चिनेका व्यक्तिहरूसँग सम्बन्धित सबै बलात्कारहरूलाई समेट्ने छाता शब्दको रूपमा प्रयोग गरिन्। सान फ्रान्सिस्कोमा ९३० महिलाहरूमा उनले गरेको अध्ययनमा ३५% महिलाहरूले परिचित व्यक्तिद्वारा बलात्कार भएको वा बलात्कारको प्रयास भएको बताएका थिए जबकि ११% ले अपरिचित व्यक्तिद्वारा बलात्कार भएको भनेका थिए। सन् १९८८ मा अमेरिकी नारीवादी लेखक रोबिन वार्साले आई नेभर कल्ड इट अ रेप् प्रकाशित गरिन्, जुन परिचित बलात्कारमा आधारित पहिलो प्रमुख पुस्तक थियो।[९]
बलात्कारको प्रचलन वा बलात्कार हुने सामान्य दर
[सम्पादन गर्नुहोस्]धेरैजसो बलात्कार गर्ने व्यक्ति र पीडितबीच पहिल्यै चिनजान भएको हुन्छ। संयुक्त राज्य अमेरिकामा, बलात्कार, दुरुपयोग र हाडनाता करणी सम्बन्धी राष्ट्रिय सञ्जाल (RAINN) को प्रतिवेदन अनुसार ४५% यौन हिंसाहरू परिचित व्यक्तिद्वारा र थप २५% यौन हिंसा वर्तमान वा पूर्व घनिष्ठ साझेदारद्वारा गरिन्छ।[१०]
सन् २००४–०५ मा संयुक्त राष्ट्रसंघको सामाजिक विकास अनुसन्धान संस्थान द्वारा ३० वटा प्रमुख युरोपेली देशहरूमा गरिएको अध्ययनले पत्ता लगायो कि लगभग ५१% बलात्कार पीडितहरूले आफूलाई बलात्कार गर्ने व्यक्तिलाई चिन्थे जसमध्ये एक तिहाइले उक्त बलात्कारीलाई उसको नामले नै चिन्दथे। १७% सहकर्मी वा मालिक, १६% नजिकको साथी, ११% पूर्व साझेदार र ७% वर्तमान साझेदार थिए।[११]सन् २००९ मा यूरोपेली आयोगद्वारा यूरोपभरका बलात्कारका घटनाहरूमा गरिएको एक प्रमुख अध्ययनले पत्ता लगायो कि ६७% बलात्कारीहरू पीडितलाई चिनिन्थे र तीमध्ये धेरैजसो वर्तमान वा पूर्व साझेदार थिए।[१२] युरोपमा बलात्कारको सबैभन्दा सामान्य स्थान पीडित वा बलात्कारीको घर हो।[१३]
संयुक्त राज्य अमेरिकामा, परिचित व्यक्तिद्वारा बलात्कार प्रायः डेट बलात्कार वा सामूहिक बलात्कार को रूपमा हुन्छ। सन् १९८७ मा २५ वटा स्कूलहरूका ७,००० जना विद्यार्थीहरूमा गरिएको एउटा सर्वेक्षणबाट पत्ता लाग्यो कि चार मध्ये एक जना अपराध पीडित बलात्कार वा बलात्कारको प्रयासको शिकार भएका थिए र तीमध्ये ८४% ले आफ्नो आक्रमणकारीलाई चिन्थे।[१४] सोही अध्ययनमा १६% पुरूष विद्यार्थीहरूले बलात्कार गरेको स्वीकार गरे र १०% ले बलात्कारको प्रयास गरेको स्वीकार गरे तर उनीहरूले एक्लै काम नगरेको बताए।सन् १९८५ मा अमेरिकी कलेज तथा विश्वविद्यालयहरूको संघ ले एउटा प्रतिवेदन प्रकाशित गर्यो जसमा त्यसबेला "ट्रेन" भनिने घटनाहरूको वर्णन गरिएको थियो। ट्रेन त्यस्तो घटना हो जहाँ धेरै पुरूष विद्यार्थीहरूले औषधि वा रक्सीले अचेत भएकी महिलाको बलात्कार गर्छन्। सन् १९८० को दशकमा उजुरी गरिएका क्याम्पस सामूहिक बलात्कारका २४ वटा घटनाहरूको सर्वेक्षणमा, १३ वटा बलात्कार भातृत्व क्लबका सदस्यहरूले, ९ वटा बलात्कार खेलाडीहरूको समूहले र २ वटा बलात्कार कुनै औपचारिक समूहसँग असम्बद्ध पुरूषहरूले गरेको पत्ता लागेको थियो। अमेरिकी राष्ट्रिय महिला अध्ययनमा, २०% बलात्कारीहरू साथी, १६% बलात्कारीहरू पति, १४% बलात्कारीहरू प्रेमी र ९% बलात्कारीहरू गैर-सम्बन्धित व्यक्तिहरू (जस्तै: ह्याण्डीम्यान, सहकर्मी र छिमेकीहरू) भएको कुरा उल्लेख गरिएको थियो।
सन् १९९२ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गको शहरी र उपनगरीय क्षेत्रमा रिपोर्ट गरिएका बलात्कारहरूको अध्ययनले पत्ता लगायो कि वयस्क महिलाहरूमाथी हुने ८०% बलात्कार प्रायः काममा जाने बाटोमा, बन्दुकको त्रासमा अपहरण गरेर वा उनीहरूको घरमा घुसेर अपरिचित व्यक्तिहरूले गर्छन्। यद्यपि, १६ वर्षमुनिका बालिकाहरूमाथि हुने धेरैजसो बलात्कारहरू उनीहरूलाई चिनेका व्यक्तिहरू, सामान्यतया परिवार वा साथीहरू र कहिलेकाहीं गिरोहका सदस्यहरूले गर्छन्।[१५]
भारतमा बलात्कार विरोधी अभियानहरू प्रायः "कस्टोडियल बलात्कार" मा केन्द्रित हुन्छन्। अर्थात्, कुनै पुरूषले बलात्कृत महिलाभन्दा उच्च हैसियतको स्थितिमा रहेर (जस्तै: जमिन्दार, प्रहरी वा रोजगारदाताले महिलामाथि गरेको बलात्कार) बलात्कार गर्ने गरेको पाइन्छ।[१६]
सन् २००५ मा विश्व स्वास्थ्य सङ्गठनले गरेको अध्ययनले अफ्रिकी राष्ट्र इथियोपियामा लगभग सबै यौन हिंसाहरू पीडितको पति वा प्रेमीले गरेको पत्ता लगाएको थियो।[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Chancellor, Arthur S. (२०१२), Investigating Sexual Assault Cases (Jones & Bartlett Learning Guides to Law Enforcement Investigation), Jones & Bartlett Learning, पृ: 167, आइएसबिएन 978-1449648695।
- ↑ Wiehe, Vernon R. (१९९५), Intimate Betrayal: Understanding and Responding to the Trauma of Acquaintance Rape, SAGE Publications, पृ: 3–4, 30, आइएसबिएन 978-0803973619।
- ↑ Samaha, Joel (२०१०), Criminal Law, Cengage, पृ: 328, आइएसबिएन 9780495807490।
- ↑ Parrot, Andrea (१९९८), Coping With Date Rape and Acquaintance Rape, Rosen Publishing Group, पृ: 30, आइएसबिएन 978-0823928613।
- ↑ Kaminker, Laura (२००२), Everything You Need to Know About Dealing With Sexual Assault, Rosen Pub Group, पृ: 16–17, आइएसबिएन 978-0823933037।
- ↑ Siegel, Larry J. (२०११), Criminology, Cengage Learning, पृ: 341, आइएसबिएन 9780495912460।
- ↑ Simon, Robert (२००८), Bad Men Do what Good Men Dream: A Forensic Psychiatrist Illuminates the Darker Side of Human Behavior, American Psychiatric Publishing, Inc., पृ: 59, आइएसबिएन 9781585622948।
- ↑ Diana E. H. Russell (१९९०) [१९८२], Rape in marriage, Bloomington : Indiana University Press, आइएसबिएन 9780026061902, "For example, he refers to wife rape as involving "acts of a less egregious kind' -- less egregious presumably than stranger and acquaintance rape"
- ↑ Reeves Sanday, Peggy (१९९७), A Woman Scorned: Acquaintance Rape on Trial, University of California Press, पृ: 186–194, आइएसबिएन 978-0520210929।
- ↑ Finley, Laura (२०१८), "Acquaintance rape", in Smith, Merril D., Encyclopedia of Rape and Sexual Violence, Volume 1, ABC-CLIO, पृ: १, आइएसबिएन 978-1-44-084489-8।
- ↑ van Dijk, Jan (२००७), "Criminal Victimisation in International Perspective: Key findings from the 2004-2005 ICVS and EU ICS", WODC in Cooperation with the United Nations Office on Drugs and Crime (UNODC) and the United Nations Interregional Crime and Justice Research Institute (UNICRI), पृ: 77–79, आइएसबिएन 978-90-5454-965-9, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४।
- ↑ Lovett, Jo (२००९), "Different systems, similar outcomes? Tracking attrition in reported rape cases across Europe", Child and Women Abuse Studies Unit, आइएसबिएन 978-0-9544803-9-4, अन्तिम पहुँच १३ जुन २०१४।
- ↑ Eriksson, Maria (२०११), Defining Rape: Emerging Obligations for States under International Law? (The Raoul Wallenberg Institute Human Rights Library), Martinus Nijhoff, पृ: 157–158, 166, आइएसबिएन 978-9004202634।
- ↑ Kuersten, Ashlyn K. (२००३), Women and the Law: Leaders, Cases, and Documents, ABC-CLIO, पृ: 143–144, आइएसबिएन 978-0874368789।
- ↑ Violence Against Women in South Africa: State Responses to Domestic Violence and Rape, Human Rights Watch, १९९५, पृ: 53, आइएसबिएन 978-1564321626।
- ↑ Kumbhare, Arun R. (२००९), Women of India: Their Status Since the Vedic Times, iUniverse, पृ: 136, आइएसबिएन 978-1440156007।
- ↑ "WHO Multi-country Study on Women's Health and Domestic Violence against Women: Initial results on prevalence, health outcomes and women's responses", World Health Organization, २००५, अन्तिम पहुँच १३ जुन २०१४।