प्रति व्याक्ति आय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रति व्यक्ति आय/पर्चेजिंग पावर परिटि[सम्पादन गर्ने]

प्रति व्यक्ति आय एउटा महत्वपूर्ण आर्थिक सूचक हो । जसले देशमा मानिसहरुलाई मर्यादित जीवनस्तरमा बाच्नका लागि आवश्यक पर्ने साधनहरु कत्तिको प्राप्त छन् भन्ने कुराको सूचना प्राप्त हुन्छ । प्राचीन अवधारणामा प्रतिव्यक्ति आय वा राष्ट्रिय आयलाई नै मानवीय विकासको प्रमुख सूचक मानिन्थ्यो ।
प्रति व्यक्ति आय सूचकलाई अचेल अर्थशासत्रीहरुले परिवर्तन गरि पर्चेजिंग पावर परिटिको प्रयोग गर्दछन् ।

पी पी पी प्राप्त गर्ने तरिका[सम्पादन गर्ने]

प्रति व्यक्ति आयले क्रय शक्तिको ठीक नाप दिन नसक्ने हुंदा त्यसलाई क्रयशक्तिमा रुपान्तर गरिन्छ । त्यसैले यस नापको नाम प्रतिव्यक्ति आय क्रय शक्ति सूचक (पी पी पी) हो । प्रति व्यक्ति आय क्रय शक्ति पत्ता लगाउन क्रयशक्ति समताको प्रयोग गरिन्छ । यसको कारण के हो भने प्रति व्यक्ति आयले भन्दा क्रय शक्ति समताले आयको वास्तविक जानकारी प्राप्त हुन्छ । क्रय शक्ति समतालाई एउटा उदाहरणद्वारा व्याख्या गर्न सकिन्छ । मानौ एउटा ब्रेड जुन नेपालमा ५० रु मा पाइन्छ त्यस्तै ब्रेडलाई अमेरिकामा एक डलर पर्छ । मुद्राको विनिमय दर अनुसार १ यु एस डलरले १०० नेरु साट्न सकिन्छ भने नेपालमा १ डलरले २ वटा ब्रेड किन्न सकिन्छ । यदि नेपालको प्रति व्यक्ति आय ५०० यु एस डलर छ भने नेपालको क्रय शक्ति समता ५०० डलरको २ गुना बढी हुन्छ ।
त्यसैले प्रति व्यक्ति आयको तुलनामा पी पी पी कम वा बढी हुन सक्छ । यसले उपलब्ध आयले वास्तवमा कति वस्तु किन्न सकिन्छ सो कुराको जानकारी प्राप्त हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]