पर्यटक प्रहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्टभुमी

पर्यटकहरूको सेवा सुरक्षा एव‌ आवश्यक सूचनाहरू उपलव्ध गराई पर्यटकहरूबाट पर्न आएका दुख पिर मर्का तथा गुनासाहरू समयमै समाधान गरी पर्यटकहरूको नेपाल बसाई सुरक्षीत तथा भय रहित रहेको अनुभुती दिलाउने उदेश्य अनुरूप तत्कालिन श्री ५को सरकार मन्त्रिपिरषदको निणय अनुसार मिति २०३५।१०१२ गते तदानुसार Jan २६, १९७९ स‌‌स्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तर्गत प्र‍.नि. १ प्र.ना.नि. ६ समेत ७ जनाको स्थायी दरवन्दी निकासा भएकोमा मन्त्रिपरिषदको मिति २०६२।७।२२ गतेको निर्णयानुसार प्र.ना.नि. ६ प्र.स.नि. ६ प्र.ह. ७ प्र.ज. १२ गरी ३१ जना पर्यटक प्रहरी दरवन्दी थप भई हाल प्र.नि.को नेतृत्वमा प्रहरीको कूल दरवन्दी स‌ख्या ३८ जना कायम रहेको छ। Visit Nepal १९९८को समयमा Tourist Police द्धारा पर्यटकहरूलाई नेपालको बसाई अवधिभर हैरानी रहित यात्रा ( Hassle Free Trip) बारे गरिएको प्रयास साहै् सर्हानिय मानिएको देखिन्छ। यसै त्रःममा ईजाजत प्राप्त कम्पनी तथा एजेन्सीहरूको समेत आकस्किम निरीक्षण गरी गल्ती फेला परेमा प्रचलीत ऐन कानुन अनुसार कारवाही गर्ने एव‌ उत्प्रेरित गर्नु गराउनु पनि पर्यटक प्रहरीको कार्य क्षेत्र हो भनि थप कार्य क्षेत्र प्रदान गरेको देखिन्छ। काठमाण्डौ उपत्यका बाहिरका पर्यटकीय स्थल (Tourist Spot) जस्तै धुलिखेल नगरकोट का‌कडभिट्टा, चितवन, मनाङ्, मुस्ताङ्, सोलुखुम्वु आदि ज‌हा‌ पर्यटक प्रहरीको पहुच भन्दा बाहिर रहेका स्थानहरूमा समेत पर्यटकहरूको समस्या एव‌ कठिनाईहरूलाई समयमै पहल गर्न स्थानिय प्रहरीले गर्नु पर्ने कार्यहरूलाई अझ व्यवस्थित गर्नु पर्ने देखिन्छ। आर्को तिर हाम्रो जस्तो मुलुक जसको मुख्य श्रोत जलश्रोत कृषि एव‌ पर्यटन भएको देशको समग्र बिकाशमा सबै भन्दा बढि बिदेशी मुद्रा आर्जन गरने क्षेत्र भएर पर्यटन क्षेत्रलाई अझ बढि व्यवस्थीत एव‌ फराकिलो पार्न सरकारले २०५८।९।२५मा औपचारिक रूपमा गन्तव्य नेपाल अभियान ( Destination Nepal Campaigns) २००२/२००३ लाई गन्तव्य नेपाल अभियानको धोषणा गर्यो। पर्यटन पुर्वाधार बिकाश पर्यटन सम्वन्धित चेतना अभिबृद्धि गर्ने सिप बिकाश पर्यटन गतिबिधि बिस्तार पर्यटकीय सेवाको स्तरमा बृद्धि पर्यटन सम्वन्धी प्रदशनी अन्तराष्टि्य प्रवर्द्धन र बजारिकरण नीति निर्देशन परिवर्तन आदि जस्ता बिषयहरूमा सरोकारवाला सरकारी र निजी क्षेत्रसँगको परामर्श पश्चात पर्यटन जनचेतना अभिबृद्धिद्धारा नेपाललाई एक भरपर्दो सुरक्षित र आकर्षण पर्यटन गन्गव्यस्थलको रूपमा छवि प्रतिस्थापन एव‌ अभिबृद्धि गर्ने दुई महत्त्वपूर्ण उद्धेश्यका साथ गन्तव्य नेपाल आएको थियो। हालै नेपाल सरकारले २०११मा दशलाख पर्यटक भित्राउने लक्ष्यका साथ सन् २०११लाई पर्यटन वर्ष धोषणा गर्यो। तत् पश्चात सरकारले लिएको विभिन्न कार्यत्रःमहरूलाई पर्यटक प्रहरीले आफ्नो स्थानबाट सघाउ‌दै आईरहेको र सघाउ‌दै जाने प्रतिवद्धता जाहेर गर्दछ। पर्यटक प्रहरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन उद्योग महाशाखा भित्रको एक शाखाको रूपमा रहेको छ। पर्यटन उद्योग महाशाखाका सह-सचिवको निर्देशन तथा प्रहरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागको प्रतक्ष्य मातहतमा रही Operationally रूपमा महानगरीय प्रहरी आयुक्तको कार्यालयको समन्वयात्मक सहयोगमा नेपाल पर्यटन बोर्डसँग समेत समन्वय गरी कार्य सँचालन गरी आएको छ।


पर्यटक प्रहरी शाखा, उप–शाखा तथा पोष्टहरू रहेका स्थान

पर्यटक प्रहरी शाखा भृकुटीमण्डप, काठमाण्डौ‌ : भृकुटीमण्डप प्रदर्शनी मार्ग नेपाल पर्यटन बोर्डको भवनमा अवस्थित रहेको छ। यसका उप–शाखा तथा पोष्टहरू देहायका स्थानहरूमा रहेका छन। फोन न‌ :- ०१-४२४७०४१, फ्याक्स न‌ :- ०१-४२२७२८१ e-mail: policetourist@nepalpolice.gov.npयो इमेल ठेगानालाईबाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ पर्यटक प्रहरी पोष्ट बसन्तपुर :- बसन्तपुर दरवार स्क्वायर क्षेत्रको हनुमान ढोका दरवार क्षेत्र स‌रक्षण कार्यत्रम महानगरपालिकाको कार्यालयस‌गै रहेको। फोन न‌ :- ०१-४२६८९६९ पर्यटक प्रहरी पोष्ट एयरपोर्ट :- अन्तर्राष्टि्य एयरपोर्टको ARIVAL द्धारको भित्र रहेको नेपाल पर्यटन बोर्डको सोधपुछ शाखा स‌गै पर्यटक प्रहरी पोष्ट रहेको। फोन न‌ :- ०१-२०६१०११, पर्यटक प्रहरी पोष्ट ठमेल :- पर्यटकहरूको व्यस्त मानिने शहर ठमेल स्थित बैशाली होटल नजिक नेपाल पर्यटन विकाश परिषद्को भवनमा रहेको । फोन न‌ :- ०१-४७००७५०, पर्यटक प्रहरी पोष्ट पशुपति :- विश्वको सम्पदा सूचीमा रहेको नेपालको पशुपतीनाथको आर्यघाट सामुन्ने अगाडि रहेको। फोन न‌ :- ०१-४४७८१२६ पर्यटक प्रहरी उप-शाखा बेलहिया रूपन्देही :- पर्यटक प्रहरी उप-शाखा बेलहिया रूपन्देही नेपाल भारत सिमानासँगै ईलाका प्रहरी कार्यालय बेलिहया रूपन्देहीको सामुन्ने नेपाल पर्यटन बोर्ड तथा पर्यटन कार्यालयसँगै रहेको। फोन न‌ :- ०७१-५२०१९७, फ्याक्स न‌ :- ०७१-५२०१९७ e-mail: touristpolicebelahiya@nepalpolice.gov.npयो इमेल ठेगानालाईबाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ पर्यटक प्रहरी उप-शाखा पोखरा, कास्की :- प्राकृतिक सुन्दरताको शहर एव‌ पर्यटकहरूको मनोरन्जनको प्रमुख स्थल गन्तव्यको रूपमा रहेको सुन्दर नगरी पोखरा ड्याम साईड नेपाल पर्यटन बोर्डको भवनमा रहेको। फोन न‌ :- ०६१-४६२७६१, फ्याक्स न‌ :- ०६१-४६५२९२ e-mail: touristpolicepokhara@nepalpolice.gov.npयो इमेल ठेगानालाईबाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ


पर्यटक प्रहरी बिस्तार तथा ईकाईहरू  :- नेपाल पर्यटन बोर्ड निर्माण अघि पर्यटक प्रहरी अध्यागमन कार्यालयसँगै रहि कार्य गर्दै आएकोमा मिति २०५५ श्रावण पश्चात पर्यटन बोर्ड भवनसँगै पर्यटन उद्योग महाशाखाको एक शाखाको रूपमा साना २ कोठामा पर्यटक प्रहरीको केन्दि्य कार्यालय रही कार्य गर्दै आएकोमा नेपाल पर्यटन बोर्डको सहयोगमा मिति २०६५।६।१० गतेबाट २ कोठामा सिमित पर्यटक प्रहरीको कार्यालय बिस्तार गरिएको। पर्यटक प्रहरी पोष्ट बसन्तपुर :- बसन्तपुर दरबार क्षेत्रमा पर्यटकहरूलाई पर्न सक्ने पिर, मर्का, हैरानीको रोकथाम तथा नियन्त्रण हेतु वि‍ सं २०५९ सालमा पर्यटक प्रहरी पोष्ट बसन्तपुर स्थापना भई काठमाण्डौ नगरपालिकासँग समन्वय सेवा प्रदान हुंदै आईरहेको। पर्यटक प्रहरी पोष्ट एयरपोर्ट :- अन्तर्राष्टि्य बिमानस्थलमा पर्यटकहरूलाई आवागमनको समयमा परेका समस्याहरू हल गर्ने उद्धेश्य अनुरूप स्थापना भएको पर्यटक प्रहरी पोष्ट एयरपोर्ट आवागमन कक्ष भित्र रहेको नेपाल पर्यटन बोर्डको काउण्टरबाट सेवा प्रदान गर्दै आईरहेको। पर्यटक प्रहरी पोष्ट ठमेल :- पर्यटक केन्द्र ठमेलमा पनि पर्यटकहरूलाई पिर, मर्का, हैरानी हुन सक्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापना गरी ठमेल स्थित होटल बैशाली नजिकपर्यटन विकाश परिषद्सँग स‌‌युक्त रूपमा रहि आएको छ। पर्यटक प्रहरी पोष्ट पशुपति :- विभिन्न मूलुकबाट पशुपति आवागमन गर्ने पर्यटकहरू उपर बढ्दो हैरानी एव‌ अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्य अनुरूप पशुपतिमा मिति २०६४।०६।११ गते पर्यटक प्रहरी पोष्ट स्थापना भएको। पर्यटक प्रहरी उप-शाखा बेलहिया रूपन्देही :- भ्रमणको शिलशिलामा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेश स्थलको रूपमा रहेको रूपन्देही जिल्लाको बेलहिया सुनौली नाका र भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी क्षेत्रमा समेत पर्यटकहरूलाई हुन सक्ने दुख, पिर मर्का, हैरानी नियन्त्रण गरी सुरिक्षत गन्तव्य स्थलको रूपमा परिचित गराउने उद्धेश्य साथ रूपन्देही जिल्लाको बेलहिया, सुनौली नाकामा पर्यटक प्रहरी आवश्यक महशुस गरी तत्कालीन स‌‌स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रीज्यूबाट मिति २०६३।८।५ गते पर्यटक प्रहरी उप–शाखा स्वीकृत भई त्यस उप–शाखालाई आवश्यक पर्ने प्रहरी जनशक्ति प्रहरी सहायक निरीक्षकको कमाण्डमा पर्यटक प्रहरी कर्मचारीहरूको कमीको कारण काज खटाई पर्यटक प्रहरीको रूपमा कार्यरत रहेको । पर्यटक प्रहरी उप-शाखा पोखरा, कास्की :- प्राकृतिक सुन्दरताको शहरको रूपमा बिश्वमा नै परिचित नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको सुन्दर नगरी पोखरा आवागमन गर्ने पर्यटकहरू उपर बढ्दो हैरानी एव‌ अपराधिक गतिविधि नियन्त्रणका लागि पर्यटक प्रहरी उप-शाखा मिति २०६३।९।१४ गते स्थापना भई हाल प्र.ना.नि.को कमाण्डमा कार्यरत रहेको छ।