पर्वते (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पर्वते (पत्रिका) बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजको मुखपत्र हो । यो सन् १९४९ जनवरी ७मा सिंगापुरबाट रोमन र देवनागरी दुवै लिपिमा प्रकाशित हुन थालेको हो । यउो साप्ताहिक म्यागेजिन हो।

प्रारम्भ[सम्पादन गर्ने]

यसमा गोर्खा पल्टनभित्रका गतिविधि, देश–विदेश र नेपालसँग सम्बन्धित समाचार समेटिन्थे । यसमा पल्टनेका साहित्यिक सिर्जना (कथा, कविता आदि) पनि राखिन्थे । यो पत्रिका ब्रिगेड अफ गोर्खाजबाहिर पनि निकै लोकप्रिय भयो। ब्रिटिश गोर्खा पल्टन सन् १९७१मा मलायाबाट हङकङ सरेको एक वर्षपछि पाक्षिक रूपमा हङकङबाट प्रकाशित हुन थालेको यो पत्रिका सन् १९९७मा फेरि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज बेलायत सरेपछि त्यहींबाट प्रकाशन भइरहेको छ।

ब्रिटिश–गोर्खा सैनिक परिवारका लागि यो पत्रिकाले नेपालको खबर पल्टनघर पुर्‍याउने र उताको हालचाल नेपालका गाउँघरमा रहेका आफन्तहरूकहाँ पुर्‍याउने पुलको काम गरेको छ। यसले गाउँमा बस्ने भूतपूर्व गोर्खाहरूलाई पनि आफ्नो ब्रिगेडसँग जोड्ने काम गरेको थियो, उनीहरूका रचना तथा सन्देशहरू प्रकाशित गरेर।

समय अनुसार आकार, रूपरङ्ग र लेआउटमा परिवर्तन गरिएको छ ।

यो पत्रिकाको प्रकाशन तथा यसको लोकप्रियतालाई सामान्य तरिकाले विश्लेषण गर्दा, यसले राज्य संयन्त्रले भन्दा छिटो कुनै खास समुदायमाझ् समाचार सम्प्रेषण गरेको र नेपाली भाषा लोकप्रिय बनाएको भन्न सकिन्छ। फरक–फरक मातृभाषा परिवारका र पल्टनमा रोमन सिकेका सदस्यहरूलाई नेपाली भाषाको सन्देश/समाचार पढाउन रोमन प्रयोग गरिएको देखिन्छ। उनीहरूले यसै पत्रिकाबाट नेपाली भाषाको ज्ञान र शब्दभण्डार बढाए। माताको दूध शिशुलाई शिक्षा मातृभाषामा,

प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय सिलोङ्गका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले बिगत ५ वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अङ्ग्रेजी, खासी र बङ्गाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाई द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।.

जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाई बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्त्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।.

प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।.

संयुक्त राष्ट्रसङ्घको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसङ्घमा सन् १९९९बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________

सर्व शिक्षा मातृभाषामा नहुनु सुक्षम गतिमा दास हुनु हो |

बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ, सुसम्पन्न समाज बनाउन सर्व मातृभाषा मा शिक्षा चाईन्छ

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]