पर्सा जिल्ला
पर्सा जिल्ला | |
|---|---|
मधेश प्रदेशको नक्सामा पर्सा जिल्लाको अवस्थिति | |
| देश | |
| प्रदेश | मधेश प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | वीरगन्ज |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस, पर्सा |
| क्षेत्रफल | |
| • जम्मा | १,३५३ किमी२ (५२२ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ६४९,३९७ |
| • घनत्व | ४८०/किमी२ (१२००/वर्ग माइल) |
| • धरधुरीहरू | ११३,०८० |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०५१ |
| मुख्य भाषा(हरू) | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला मधेश प्रदेशमा पर्दछ। यो जिल्लामा वीरगन्ज सहर पर्दछ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा १ महानगरपालिका र ३ नगरपालिका र १० गाउँपालिकाहरू गरि १४ वटा स्थानीय तहहरू रहेका छन्।[१]

भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]- अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म
- देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म
- सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरू, दक्षिणमा भारतको विहार राज्य
- उचाइ:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
- क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)
केही रमणीय स्थलहरू
[सम्पादन गर्नुहोस्]- श्री गहवा माईको मन्दिर
- श्री वीरेन्द्र प्रभात घडी (घन्टाघर)
- श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार
- श्री वीर्ता माईको मन्दिर
- श्री अलखिया मठ
- श्री महावीर स्थान
- मदिना जाम्मे मस्जिद
- रामगढ़वा जाम्मे मस्जिद
- महमदी मस्जिद
- बौद्ध चैत्य भिस्वा
- घडीअर्वा पोखरी
- श्री विन्ध्यवासिनीमाई को मन्दिर
- महुवन मठ, पर्सा वन्यजन्तु आरक्ष
- श्री विश्व हिन्दु पार्क लछमनवा
- श्री दुधेशवरनाथ मन्दिर(भठ्ठा मेला)
- वनशक्ती माईको मन्दिर ठोरी
- राइधारा ठोरी
- रानीवन ठोरी
- सेतो पहाड ठोरी
- रातो पहाड ठोरी
- सीता गुफा ठोरी
प्रमुख नदीनाला
[सम्पादन गर्नुहोस्]उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि।
गाउँ विकास समिति र नगरपालिकाहरू
[सम्पादन गर्नुहोस्]अलौ, अमरपट्टी, औराहा, बगही, वगवन्ना, बागेश्वरी, बहुअरी पिडारी, बहुअरबा भाठा, बसिडलवा, बसन्तपुर, बेलवा, बैरिया बिरता, बैरिया बिरता दा.पू., भवानीपुर, भेडिहारी, भिस्वा, बिजवनिया, विन्दवासनी, बिरन्चीबरवा, बीरगञ्ज उपमहानगरपालिका, बिरवागुठि, विश्रामपुर, चोर्नी, देउरवाना, धोविनी, धोरे, गादी, गम्हरीया, घोडादौडा पिपरा,गोविन्दपुर, हरिहरपुर, हरिहरपुर विर्ता, हरपतगंज, हरपुर, जगरनाथपुर, जैमङ्गलापुर, जानकिटोला, जितपुर, झौवा गुठी, कौवा बन कटैया, लाहावरथकरी, लखनपुर, लाल पर्सा, लंगडी, लिपनी विर्ता, मधुवन मथौल, महादेवपट्टी, महुवन, मैनपुर पकाहा, मनीयारी, मसियानी, भिखमपुर, मिर्जापुर, मुडली, नगरदाहा, निचुटा, निर्मलबस्ती, पाचरुखी, परसौनी विर्ता, परसौनी भाठा, पिडारीगुठी, पोखरीया, परशुरामपुर, रामगढवा, रामनगरी, सबैठावा, सभुवा पर्सौनी, समझौता, शंकरसरैया, सेढवा, सिवर्वा (पटवारीटोला), श्रीसिया खलवाटोला, सोनवर्षा, श्रीसिया दा. पु., सुवर्णपुर, सुगौली विर्ता, सुगौली पटेर्वा, सुपौली, सुर्जाहा, ठोरी, तुलसी बर्वा, उदयपुर घर्मी, भौराटार
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]ढाँचा:पर्सा जिल्लाका गाविस तथा नगरपालिकाहरू
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।