सामग्रीमा जानुहोस्

पशुपति क्षेत्र विकास कोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पशुपतिनाथ मन्दिर र वरिपरिको क्षेत्र को दृश्य

पशुपति क्षेत्र विकास कोष श्री पशुपतिनाथ मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि कार्यरत संस्था हो। पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं. २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा यस कोषको स्थापना भएको हो।[१] हाल यो पशुपति क्षेत्र विकास कोष ऐन २०४४ अन्तरगत सञ्चालित छ।[२]

यस कोषले पशुपतिनाथका दैनिक पुजापाठका अतिरिक्त विशेष पूजा र महाशिवरात्री, बालाचतुर्दशी, तीज लगायतका पर्वहरूमा हुने पूजाहरू व्यवस्थित गर्ने गर्दछ।[३]

अतिरिक्त सेवाहरू

[सम्पादन]

पशुपति क्षेत्र भित्र बृद्धाश्रम, घाट व्यवस्थापन तथा कृयापुत्री सेवा भवन लगायतका सेवाहरू रहेका छन्।[४]

लक्ष्मी प्रसाद प्रसाईँ कोषको भुतवुर्व सदस्य सचिव हुन्। [५]

हाल डा.गोविन्द टण्णन कोषको सदस्य सचिवको रूपमा कार्यरत छन्।,[६]

हालसम्मका सदस्य सचिवहरू

[सम्पादन]

क्षेत्र संरक्षण

[सम्पादन]

कोषको एक प्रमुख कार्य आफ्नो क्षेत्र संरक्षण गर्ने रहेको छ। यस क्षेत्रमा भएको व्यक्तिहरूको मिचाईँलाई अन्त्य गर्दै क्षेत्र भित्र बनेका निजी घरटहरा हटाउने काम कोषले जारी राखेको छ। कोषले हाल त्यस क्षेत्रभित्र रहेका २ सय ३८ घरपरिवारलाई हटाउने लक्ष्य राखेको छ जस मध्ये १ सय १९ घर हटाइसकेको छ ।[७]

सन्दर्भ सामग्री

[सम्पादन]

बाह्य सूत्र

[सम्पादन]