पहाडी प्रदेश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हिमाली प्रदेशभन्दा दक्षिण र तराई प्रदेशको उत्तरमा पहाडी प्रदेश पर्छ । यो प्रदेशले नेपालको सबभन्दा बढी अर्थात् ६८ प्रतिशत भू-भाग ओगटेको छ । यहाँ वि.सं. २०६८ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको ४३.०१ प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । यो समुन्द्र सतहबाट ६१० देखि ३३५० मीटरसम्मको उचाइमा छ । यो प्रदेशमा ३९ वटा जिल्ला रहेका छन् । यसै प्रदेशमा नेपालका ५ वटै विकास क्षेत्रका सदरमुकाम, अग्ला-होचा पहाड, टार, बेसी, उपत्यका तथा भित्रीमधेश पर्छन् । राजधानी काठमाडौ पनि यहाँ नै पर्दछ।