सामग्रीमा जानुहोस्

पाकिस्तानको जनसाङ्ख्यिकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तानको जनसाङ्ख्यिकी
१ जुलाई २०२४ सम्म, पाकिस्तानको जनसङ्ख्या पिरामिड
जनसङ्ख्या२४,१४,९९,४३१[] (सन् २०२३ को जनगणना)
जनघनत्व२६०.८/किमी2 (६७५/वर्ग माइल)
२४८.९/किमी2 (६४५/वर्ग माइल) (आजाद कश्मीरगिलगित बल्तिस्तान समावेश)
वृद्धि दर १.८५% (सन् २०२१ अनुमानित)[]
जन्म दर२२.५ जन्म / १,००० जनसङ्ख्या (सन् २०२३ अनुमानित)
मृत्यु दर७.२ मृत्यु / १,००० जनसङ्ख्या (सन् २०२१ अनुमानित)[]
जीवन प्रत्यासा६९.१ वर्ष (सन् २०२२ अनुमानित)[]
 • पुरुष६६.८ वर्ष (सन् २०२२ अनुमानित)[]
 • महिला७१.६ वर्ष (सन् २०२२ अनुमानित)[]
प्रजनन दर३.५० जन्मेका बच्चाहर/ महिला (सन् २०२५ अनुमानित)[]
खुद बसाइँसराइ दर−२.० आप्रवासीहरू / १,००० जनसङ्ख्या (सन् २०२१ अनुमानित)[]
उमेर संरचना
०–१४ वर्ष३७.२% (सन् २०२०)[]
१५–६४ वर्ष५८.६% (सन् २०२०)[]
६५ र सो भन्दा माथि४.२% (सन् २०२०)[]
राष्ट्रियता
राष्ट्रियतासंज्ञा: पाकिस्तानी
प्रमुख जाती‍हेर्नुहोस् पाकिस्तानका जातीय समूहहरू
भाषा
भाषाहेर्नुहोस् पाकिस्तानमा बोलिने भाषाहरू

सन् २०२३ पाकिस्तानी जनगणनाको अन्तिम नतिजा अनुसार पाकिस्तानको जनसङ्ख्या २४,१४,९९,४३१ थियो।[] यो तथ्याङ्कमा देशका चार प्रदेशहरू जस्तै पञ्जाब, सिन्ध, खैबर पख्तुनख्वा, बलुचिस्तान र इस्लामाबाद राजधानी क्षेत्र समावेश छन्। आजाद कश्मीरगिलगित बल्तिस्तानको जनगणना तथ्याङ्क पाकिस्तानको साझा हित परिषद्ले अझै अनुमोदन गरेको छैन। पाकिस्तान विश्वको पाँचौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो।[]

सन् १९५१ देखि २०२३ सम्म, पाकिस्तानको जनसङ्ख्या सात गुणाले बढेर ३.३७ करोडबाट २४.१५ करोड पुगेको छ। उच्च जन्मदर र कम मृत्युदरले समर्थन गरेको वृद्धि दरका कारण देशको जनसङ्ख्या अपेक्षाकृत उच्च छ, यद्यपि घट्दो छ। सन् १९९८ देखि २०१७ सम्म, औसत वार्षिक जनसङ्ख्या वृद्धि दर +२.४०% थियो।[]

नाटकीय सामाजिक परिवर्तनहरूले सहरीकरण र दुई विशाल सहरहरूको उदय निम्त्याएको छ जसमा कराँचीलाहोर पर्दछन्। पाकिस्तानको सहरीकरण दर २८.२% बाट बढेर ३६.४% पुगेपछि देशको सहरी जनसङ्ख्या सन् १९८१ देखि २०१७ सम्म तीन गुणा बढी (२.३८ करोडबाट ७.५७ करोड) बढेको थियो।[] यसका बाबजुद पनि, देशको सहरीकरण दर विश्वकै सबैभन्दा कम मध्ये एक रहेको छ, र सन् २०१७ मा, १३ करोडभन्दा बढी पाकिस्तानीहरू (जनसङ्ख्याको लगभग ६५%) ग्रामीण क्षेत्रमा बसोबास गर्दछन्।

देशमा जन्म दर उच्च रहेको छ। सन् २०१७ को जनगणनाले देशको ४०.३% जनसङ्ख्या १५ वर्ष मुनिको रहेको जनाएको थियो, जबकि केवल ३.७% पाकिस्तानीहरू ६५ वर्ष वा सोभन्दा बढी उमेरका थिए।[] देशको औसत उमेर १९ वर्ष थियो, जबकि यसको लिङ्ग अनुपात प्रति १०० महिलामा १०५ पुरुष रहेको जनाएको थियो।[]

प्राचीन सिन्धु घाटीको सभ्यतादेखि आधुनिक युगसम्मको पाकिस्तानको जनसाङ्ख्यिकीय इतिहासमा युरेसिया र नजिकैको मध्य पूर्वबाट पाकिस्तानको आधुनिक क्षेत्रमा धेरै संस्कृति र जातीय समूहहरूको आगमन र बसोबास समावेश छ। यस कारणले गर्दा, पाकिस्तानमा बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय समाज छ। संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगद्वारा सन् २०२१ को मध्यमा १४ लाख सहित पाकिस्तानमा विश्वको चौथो ठुलो शरणार्थी जनसङ्ख्या रहेको मानिन्छ।[१०]

पाकिस्तानको ऐतिहासिक जनसङ्ख्या (चार प्रदेश र इस्लामाबाद)
वर्षजन.±% प्र.व. ±%
१९५१ ३३,७४०,१६७—    
१९६१ ४२,८८०,३७८+२.४३%
१९७२ ६५,३०९,३४०+३.९%
१९८१ ८४,२५३,६४४+२.८७%
१९९८ १३२,३५२,२७९+२.६९%
२०१७ २०७,६८४,६२६+२.४%
२०२३ २४१,४९९,४३१+२.५५%
स्रोत: [][११][१२][१३]

सन् २०१७ को जनगणनाले पाकिस्तानका चार प्रदेश र इस्लामाबाद राजधानी क्षेत्रमा बसोबास गर्ने २०,७६,८४,६२६ जनसङ्ख्या रेकर्ड गरेको थियो।[] जनगणनाले आजाद कश्मीरको जनसङ्ख्या ४०,४५,३६७ र गिलगित बल्तिस्तान जनसङ्ख्या १४,९२,९२४ रहेको जनाएको थियो।[] यसको अर्थ सन् २०१७ मा पाकिस्तानको कुल जनसङ्ख्या २१,३२,२२,९१७ थियो।

तलका ग्राफहरूमा भएका तथ्याङ्कहरू संयुक्त राष्ट्र सङ्घले जुलाई २०२२ मा सिर्जना गरेको थियो, र निम्न खण्डमा थप विवरणमा समेटिएको छ। यो तथ्याङ्कमा आजाद कश्मीर र गिलगित बल्तिस्तान समावेश छन्। वर्षौँदेखि, २३ करोडभन्दा बढी जनसङ्ख्या भएको देश आर्थिक स्थिरता प्राप्त गर्न सङ्घर्ष गरिरहेको छ।[१४]

सन् २०१७ को पाकिस्तानी जनगणना अनुसार प्रत्येक पाकिस्तानी जिल्लाको प्रति वर्ग किलोमिटर जनसङ्ख्या घनत्व
सन् २०१७ को पाकिस्तानी जनगणना अनुसार प्रत्येक पाकिस्तानी जिल्लाको जनसङ्ख्या

संयुक्त राष्ट्र सङ्घको अनुमान

[सम्पादन गर्नुहोस्]

जुलाई २०२२ मा, संयुक्त राष्ट्र सङ्घले आफ्नो सन् २०२२ विश्व जनसङ्ख्या अनुमानहरू प्रकाशित गरेको थियो, जुन दुई-वार्षिक रूपमा अद्यावधिक हुने डाटाबेस हो जहाँ प्रमुख जनसाङ्ख्यिकीय सूचकहरू अनुमानित र देश स्तरसम्म विश्वव्यापी रूपमा प्रक्षेपित गरिन्छ। सङ्घले सन् १९५० देखि २०२१ सम्म प्रत्येक वर्षको लागि पाकिस्तानको जनसङ्ख्याको अनुमान तयार पार्नुका साथै भविष्यका दशकहरूको लागि प्रक्षेपणहरू पनि तयार पारेको थियो।[] यस तथ्याङ्कमा आजाद कश्मीरगिलगित बल्तिस्तान समावेश छन्।

प्रक्षेपणहरू हल्का पहेँलो रङ्गमा हाइलाइट गरिएका छन्, र भविष्यका तथ्याङ्कहरू मध्यम प्रजनन भिन्नताबाट लिइएका छन्।

वर्ष (सन्) जनसङ्ख्या % जनसङ्ख्या
० देखि १४ वर्ष उमेरका
% जनसङ्ख्या
१५ देखि ६४ वर्ष उमेरका
% जनसङ्ख्या
६५ वर्ष वा सोभन्दा बढी उमेरका
१९५० ३७,६९६,२६४ ४०.५% ५४.०% ५.५%
१९५५ ४०.३% ५५.३% ४.४%
१९६० ४५,९५४,२२६ ४०.६% ५५.६% ३.७%
१९६५ ५१,८४१,६२६ ४२.३% ५४.४% ३.४%
१९७० ५९,२९०,८७२ ४३.७% ५३.०% ३.३%
१९७५ ६८,१२६,९९९ ४३.९% ५२.८% ३.४%
१९८० ८०,६२४,०५७ ४३.०% ५३.५% ३.४%
१९८५ ९७,१२१,५५२ ४३.०% ५३.५% ३.५%
१९९० ११५,४१४,०६९ ४३.७% ५२.८% ३.५%
१९९५ १३३,११७,४७६ ४४.४% ५२.१% ३.५%
२००० १५४,३६९,९२४ ४२.९% ५३.६% ३.५%
२००५ १७४,३७२,०९८ ४१.१% ५५.४% ३.५%
२०१० १९४,४५४,४९८ ३९.२% ५७.०% ३.७%
२०१५ २१०,९६९,२९८ ३८.४% ५७.७% ३.९%
२०२० २२७,१९६,७४१ ३७.३% ५८.६% ४.२%
२०२५ २४९,९४८,८८५ ३५.३% ६०.२% ४.५%
२०३० २७४,०२९,८३६ ३३.२% ६१.९% ४.९%
२०३५ २९८,४३२,७८० ३१.७% ६३.१% ५.२%
२०४० ३२२,५९५,७६७ २९.५% ६४.८% ५.७%
२०४५ ३४५,८१८,९४५ २८.१% ६५.८% ६.२%
२०५० ३६७,८०८,४६८ २६.६% ६६.५% ६.९%

जनसङ्ख्याको संरचना

[सम्पादन गर्नुहोस्]
सन् २०१७ पाकिस्तानी जनगणना अनुसार प्रत्येक पाकिस्तानी जिल्लाको औसत उमेर

तलको तालिकाले सन् २०२३ पाकिस्तानी जनगणनाको तथ्याङ्क प्रयोग गरेर पाँच वर्षको उमेर समूह र लिङ्ग अनुसार पाकिस्तानको जनसङ्ख्या संरचना देखाउँदछ।[] देशको जनसङ्ख्या संरचना अपेक्षाकृत युवा छ, जसको औसत उमेर १९ वर्ष छ। कम मृत्युदर र घट्दो जन्मदरको साथ, देश यसको जनसाङ्ख्यिकीय सङ्क्रमणको तेस्रो चरणमा छ। सन् २०१७ मा, पाकिस्तानको लिङ्ग अनुपात प्रति १०० महिलामा १०५ पुरुष थियो, जुन समग्र दक्षिण एसिया भन्दा धेरै सन्तुलित हो।[]

तलको तथ्याङ्कमा आजाद कश्मीर वा गिलगित बल्तिस्तान समावेश छैन, जसले पाकिस्तानका चार प्रदेशहरूइस्लामाबादबाट अलग रूपमा आफ्नो जनगणना तथ्याङ्क प्रसारित गर्दछ।

उमेर समूह पुरुष महिला जम्मा लिङ्ग अनुपात प्रतिशत
जम्मा १२३,८२४,६८१ ११६,६१३,०७७ २४०,४५८,०८९ १०६.१२ १००.०%
० – ४ १८,७४४,९८९ १७,७२६,४३२ ३६,४७१,४२१ १०५.१ १४.०%
५ – ९ १६,५६६,८५२ १५,७०५,२८४ ३२,२७२,१३६ १०८.८ १४.५%
१० – १४ १४,९७१,९१४ १३,८१७,१३७ २८,७९०,१८२ १११.८ ११.८%
१५ – १९ १२,५८१,७५३ ११,५६९,८९३ २४,१५४,११८ १०८.० १०.३%
२० – २४ १०,३२३,७५५ १०,१४१,८६४ २०,४६८,७१३ १००.० ८.९%
२५ – २९ ८,९४६,७७० ९,०१६,९६२ १७,९६७,१६१ ९८.८ ७.९%
३० – ३४ ७,७३०,९५३ ८,०२६,००४ १५,७५९,६७० ९६.४ ६.८%
३५ – ३९ ७,३१३,९६७ ७,०४७,७२७ १४,३६४,२७८ १०२.२ ५.८%
४० – ४४ ६,४७१,८२० ६,०६३,२४२ १२,५३६,७५८ १०१.५ ४.६%
४५ – ४९ ५,०९५,१७५ ४,६२४,८३९ ९,७२१,११० १०४.९ ३.८%
५० – ५४ ४,२१९,२३४ ३,८२७,००३ ८,०४७,११३ ११०.४ ३.३%
५५ – ५९ ३,४५५,४५५ २,९३३,०२६ ६,३८८,९९५ ११३.८ २.४%
६० – ६४ २,२४७,३४१ २,०६३,६९५ ४,३११,८६१ १०८.९ २.१%
६५ – ६९ १,५५७,७३३ १,३९३,७१८ २,९५२,०१३ १११.८ १.४%
७० – ७४ १,१३१,९१६ १,००१,८०५ २,१३४,२२० ११३.० १.०%
७५ वा सो भन्दा बढी १,३३८,२५१ १,२८७,६२१ २,६२६,५२३ १०३.९ १.२६%
उमेर समूह पुरुष महिला जम्मा लिङ्ग अनुपात प्रतिशत
० – १४ ४३,५३३,७२० ४०,१८२,७७६ ८३ ७१६ ४९६ १०८.३ ४०.३%
१५ – ६४ ५८,७७८,३७४ ५७,४७८,७१२ ११६,२५७,०८६ १०२.३ ५६.०%
६५+ ४,०२७,९०० ३,६८३,१४४ ७,७११,०४४ १०९.४ ३.७%

प्रदेश अनुसार

[सम्पादन गर्नुहोस्]

तलको तालिकाले पाकिस्तानका प्रदेशहरू र क्षेत्रहरूलाई तिनीहरूको ऐतिहासिक जनसङ्ख्याको आधारमा देखाउँदछ। पाकिस्तानका प्रत्येक प्रशासनिक एकाइहरूमा हाल बढ्दो जनसङ्ख्या भए तापनि, प्रजनन दर, मृत्युदर, साथै घरेलु र अन्तर्राष्ट्रिय बसाइँसराइको फरक स्तरका कारण देशभरि वृद्धिको गति असमान छ। प्रदेशहरूको आधुनिक सिमानामा सम्बन्धित जनसङ्ख्या देखाइएको छ।

प्रदेश वा क्षेत्रहरू सन् १९५१[१३] सन् १९६१[१३] सन् १९७१[१३] सन् १९८१[१३] सन् १९९८[१३] सन् २०१७[] सन् २०२३[१५]
 पञ्जाब २०,५४०,७६२ २५,४६३,९७४ ३७,६०७,४२३ ४७,२९२,४४१ ७३,६९१,२९० १०९,९८९,६५५ १२७,६८८,९२२
 सिन्ध ६,०४७,७४८ ८,३६७,०६५ १४,१५५,९०९ १९,०२८,६६६ ३०,४३९,८९३ ४७,८५४,५१० ५५,६९६,१४७
 खैबर पख्तुनख्वा ५,८८८,५५० ७,५७८,१८६ १०,८७९,७८१ १३,२५९,८७५ २०,९१९,९७६ ३५,५०१,९६४ ४०,८५६,०९७
 बलुचिस्तान १,१६७,१६७ १,३५३,४८४ २,४२८,६७८ ४,३३२,३७६ ६,५६५,८८५ १२,३३५,१२९ १४,८९४,४०२
 इस्लामाबाद राजधानी क्षेत्र ११७,६६९ २३७,५४९ ३४०,२८६ ८०५,२३५ २,००३,३६८ २,३६३,८६३
चार प्रदेश र इस्लामाबाद राजधानी क्षेत्र ३३,७४०,१६७ ४२,८८०,३७८ ६५,३०९,३४० ८४,२५३,६४४ १३२,३५२,२७९ २०७,६८४,६२६ २४१,४९९,४३१
 आजाद कश्मीर[] ८८६,००० १,०६५,००० १,५७३,००० १,९८३,४६५ २,९७२,५०१ ४,०४५,३६७
 गिलगित बल्तिस्तान[] ८८४,००० १,४९२,९२४
जम्मा पाकिस्तान १३६,२०८,७८० २१३,२२२,९१७

निम्न तालिकाले पाकिस्तान कसरी सहरीकरण भएको छ भनेर देखाउँदछ। जनसङ्ख्या वृद्धिको सन्दर्भमा सत्य जस्तै, सहरीकरण एक असमान र गैर-रेखीय प्रक्रिया हो। सन् २०२३ सम्म ५४% को सहरीकरण दरको साथ, सिन्ध पञ्जाब पछि देशको सबैभन्दा सहरीकरण गरिएको प्रदेश हो। यो ठुलो मात्रामा कराँचीको वृद्धिले प्रेरित छ, जसले आर्थिक रूपमा प्रदेशमा प्रभुत्व जमाउँछ र बाँकी प्रदेशबाट आप्रवासीहरूलाई आकर्षित गर्दछ। अर्कोतर्फ, उत्तरपश्चिमी प्रदेश खैबर पख्तुनख्वागिलगित बल्तिस्तानको क्षेत्र दुवैमा धेरै कम सहरीकरण दरहरू छन्।

प्रदेश वा क्षेत्र सन् १९५१[१३] सन् १९६१[१३] सन् १९७१[१३] सन् १९८१[१३] सन् १९९८[१३] सन् २०१७[] सन् २०२३[१५]
 पञ्जाब १७.३% २१.५% २४.४% २७.६% ३१.३% ३६.९% ४०.७%
 सिन्ध २९.२% ३७.९% ४०.४% ४३.३% ४८.८% ५१.९% ५४.०%
 खैबर पख्तुनख्वा ८.६% १०.३% ११.१% १२.६% १४.३% १६.५% १५.०%
 बलुचिस्तान १२.४% १६.९% १६.५% १५.६% २३.९% २७.६% ३०.१%
 इस्लामाबाद राजधानी क्षेत्र ०.०% ०.०% ३२.३% ६०.१% ६५.७% ५०.४% ४६.९%
चार प्रदेश र इस्लामाबाद राजधानी क्षेत्र १७.७% २२.५% २५.४% २८.३% ३२.५% ३६.४% ३८.९%
 आजाद कश्मीर[] ८.१% १२.५% १७.४%
 गिलगित बल्तिस्तान[] १६.८% १६.५%

ठुला सहरहरू

[सम्पादन गर्नुहोस्]

सहरीकरण बढ्दै जाँदा र देशको ठूलो जनसङ्ख्याको कारणले गर्दा, पाकिस्तानमा हाल धेरै ठुला सहरी केन्द्रहरू छन् जसले वाणिज्य र संस्कृतिको केन्द्रको रूपमा काम गर्छन्। राष्ट्रमा कराँचीलाहोर गरि दुई विशाल सहरहरू छन् जसमा क्रमशः १ करोड ८९ लाख र १ करोड ३० लाख जनसङ्ख्या छन् (सन् २०२३ सम्म)। सो सहरहरू विश्वका ठुला महानगरहरू मध्ये एक हुन्। देशमा १० लाखभन्दा बढी बासिन्दाहरू भएका आठ थप सहरहरू पनि छन्फै जसमा फैसलाबाद, रावलपिन्डी, गुजरानवाला, मुल्तान, हैदराबाद, पेशावर, क्वेटाइस्लामाबाद पर्दछन्। जम्मा गरि ति सहरहरूमा १ करोड ९० लाख मानिसहरू बसोबास गर्दछन्।

सन् २०२३ को जनगणना अनुसार ५,००,००० भन्दा बढी जनसङ्ख्या भएका पाकिस्तानका सहरहरू देखाउने सूची तल पाउन सकिन्छ, जसले सहरहरूको हालको जनसङ्ख्या मात्र नभई, तिनीहरूको वृद्धि दर र स्थानहरू पनि देखाउँदछ। पूर्ण सूची जनसङ्ख्या अनुसार पाकिस्तानका सहरहरूको सूचीमा पाउन सकिन्छ।

सहरको नाम प्रदेश वा क्षेत्र सन् २०२३ को जनसङ्ख्या[१५] औसत वार्षिक वृद्धि दर (सन् २०१७-२०२३) सन् २०१७ को जनसङ्ख्या[१६] औसत वार्षिक वृद्धि दर (सन् १९९८-२०१७) सन् १९९८ को जनसङ्ख्या[१३]
कराँची  सिन्ध १८,८६८,०२१ ४.०५% १४,८८४,४०२ २.४८% ९,३३९,०२३
लाहोर  पञ्जाब १३,००४,१३५ २.६५% ११,११९,९८५ ४.०६% ५,२०९,०८८
फैसलाबाद  पञ्जाब ३,६९१,९९९ २.३७% ३,२१०,१५८ २.४९% २,००८,८६१
रावलपिन्डी  पञ्जाब ३,३५७,६१२ ८.१८% २,०९७,८२४ २.११% १,४०९,७६८
गुजरानवाला  पञ्जाब २,६६८,०४७ ३.५५% २,०२८,४२१ ३.११% १,१३२,५०९
मुल्तान  पञ्जाब २,२१५,३८१ २.८५% १,८७२,६४१ २.३८% १,१९७,३८४
हैदराबाद  सिन्ध १,९२१,२७५ १.५३% १,७३३,६२२ २.१०% १,१६६,८९४
पेसावर  खैबर पख्तुनख्वा १,९०५,९७५ ह्रास-०.५५% १,९६९,८२३ ३.७२% ९८२,८१६
क्वेटा  बलुचिस्तान १,५६५,५४६ ७.७९% ९९९,३८५ ३.०४% ५६५,१३७
इस्लामाबाद  इस्लामाबाद राजधानी क्षेत्र १,१०८,८७२ १.५९% १,००९,००३ ३.४५% ५२९,१८०
सरगोधा  पञ्जाब ९७५,८८६ ६.८१% ६५८,२०८ १.९२% ४५८,४४०
सियालकोट  पञ्जाब ९११,८१७ ५.६४% ६५६,७३० २.३६% ४२१,५०२
बहावलपुर  पञ्जाब ९०३,७९५ २.८८% ७६२,७७४ ३.३४% ४०८,३९५
झाङ  पञ्जाब ६०६,५३३ ६.५८% ४१४,३०९ १.८३% २९३,३६६
शेखुपुरा  पञ्जाब ५९१,४२४ ३.८०% ४७२,२६९ २.७९% २८०,२६३
गुजरात  पञ्जाब ५७४,२४० ६.६५% ३९०,७५८ २.३४% २५१,७९२
सख्खर  सिन्ध ५६३,८५१ २.०२% ५००,४०१ २.१२% ३३५,५५१
लडकना  सिन्ध ५५१,७१६ २.०७% ४८८,००६ ३.१५% २७०,२८३
साहिवाल  पञ्जाब ५३८,३४४ ५,५९% ३८८,७९५
ओकडा  पञ्जाब ५३३,६९३ ६.९०% ३५८,१४६
रहिम यार खान  पञ्जाब ५१९,२६१ ३.५७% ४२०,९६३ ३.१४% २३३,५३७
कसुर  पञ्जाब ५१०,८७५ ६.११% ३५८,२९६

विश्वभरका पाकिस्तानीहरू

[सम्पादन गर्नुहोस्]
 साउदी अरब ४०,००,०००
 संयुक्त अरब इमिरेट्स १६,००,०००
 संयुक्त अधिराज्य १२,००,०००
 संयुक्त राज्य अमेरिका ६,८७,९४२[१७]
 क्यानडा २,१५,०००[१८]
 कुवेत १,९०,०००
 दक्षिण अफ्रिका १,८०,०००[१९]
 ओमान ३,८५,०००
 अस्ट्रेलिया ६१,९१३[२०]
 जर्मनी १,७९,६६८
 कतार ५२,५००
 फ्रान्स ५०,०००
 नर्वे ३९,२५७[२१]
 डेनमार्क २१,०००
 न्युजिल्यान्ड १०,०००
 आयरल्यान्ड ९,५०१
 जापान २२,११८[२२]
  1. यो तथ्याङ्कमा पाकिस्तान प्रशासित कश्मीरका क्षेत्रहरू आजाद कश्मीरगिलगित बल्तिस्तानको तथ्याङ्क समावेश छैन, जुन सन् २०१७ को पाकिस्तानी जनगणना अनुसार क्रमशः ४०,४५,३६७ र १४,९२,९२४ जनसङ्ख्या थियो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ "Statistical Yearbook 2020", AJ&K Bureau of Statistics Planning & Development Department, ५ जनवरी २०२१, मूलबाट १७ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०२१ 
  2. २.० २.१ २.२ २.३ "Gilgit-Baltistan at a Glance 2020", Government of Gilgit-Baltistan Planning & Development Department Statistical & Research Cell (SRC), २० जनवरी २०२१, मूलबाट १७ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०२१  वेब्याक मेसिन अभिलेखिकरण १७ अक्टोबर २०२१ मिति
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "Pakistan", Pakistan – The World Factbook, CIA, मूलबाट ६ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०२२ 
  4. "World Population Prospects", संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक मामिला विभाग 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ "World Population Prospects 2019", World Population Prospects – Population Division – United Nations, संयुक्त राष्ट्र सङ्घ, जुन २०१९, अन्तिम पहुँच ८ मे २०२२ 
  6. "Table 1 : Households, Population, Household Size and Annual Growth Rate", pbs.gov.pk, पाकिस्तान तथ्याङ्क विभाग, मूलबाट १४ अगस्ट २०२३-मा सङ्ग्रहित। 
  7. Riazul Haq and Shahbaz Rana (२७ मे २०१८), "Headcount finalised sans third-party audit", अन्तिम पहुँच ११ जुन २०२१ 
  8. ८.० ८.१ ८.२ "Table 4 – Population by Single Year Age, Sex and Rural/Urban", Pakistan Bureau of Statistics, २०२१, मूलबाट २४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०२२ 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ "Table – 1 Area, Population By Sex, Sex Ratio, Population Density, Urban Proportion, Household Size and Annual Growth Rate", Pakistan Bureau of Statistics, १९ मे २०२१, मूलबाट २७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०२१ 
  10. "Refugee Data Finder", UNHCR – Refugee Statistics, UNHCR, मूलबाट १२ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०२२ 
  11. "Salient Features of Final Results Census – 2017", मूलबाट ७ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०२१ 
  12. "Population Distribution by Religion, 1998 Census", Pakistan Bureau of Statistics, मूलबाट २६ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१६ 
  13. १३.०० १३.०१ १३.०२ १३.०३ १३.०४ १३.०५ १३.०६ १३.०७ १३.०८ १३.०९ १३.१० १३.११ 1951-98 Population of Administrative Units (As on 1st March, 1998), Population Census Organization Statistics Division – Government of Pakistan, जनवरी २००२, मूलबाट २३ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्ट २०२० 
  14. "Crisis-hit Pakistan strikes $3bn IMF bailout deal", BBC News (अङ्ग्रेजीमा), २०२३-०६-३०, अन्तिम पहुँच २०२३-०८-२९ 
  15. १५.० १५.१ १५.२ "Key Findings Report", Pakistan Bureau Statistics, मूलबाट ७ डिसेम्बर २०२४-मा सङ्ग्रहित। 
  16. "Table – 2 Urban Localities by Population Size and their Population By Sex, Annual Growth Rate and Household Size", Pakistan Bureau of Statistics, २०२१, मूलबाट २४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०२२ 
  17. Data Access and Dissemination Systems (DADS), "U.S. Census website", अन्तिम पहुँच १४ जनवरी २०२४ 
  18. Canada, Government of Canada, Statistics (२५ अक्टोबर २०१७), "Immigration and Ethnocultural Diversity Highlight Tables – Ethnic Origin, both sexes, age (total), Canada, 2016 Census – 25% Sample data", www12.statcan.gc.ca 
  19. "About PSAA", मूलबाट २१ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २१ सेप्टेम्बर २०१९ मिति
  20. "Most Pakistanis and Urdu speakers live in this Australian state", sbs.com.au, अन्तिम पहुँच २७ मार्च २०१८ 
  21. "05183: Innvandrere og norskfødte med innvandrerforeldre, etter kjønn og landbakgrunn 1970–2021-PX-Web SSB", SSB (noमा), अन्तिम पहुँच २०२१-०९-२७ 
  22. "在留外国人統計(旧登録外国人統計) 在留外国人統計 月次 2022年12月 | ファイル | 統計データを探す" (जापानीमा)। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]