पाकिस्तानमा महिला
पाकिस्तानको प्रथम महिला प्रधानमन्त्री बेनजिर भुट्टो | |
| लैङ्गिक असमानता सूचकाङ्क[१] | |
|---|---|
| मान | ०.५३४ (सन् २०२१) |
| वरीयता | १९१ मध्ये १३५औँ स्थान |
| विश्वव्यापी लिङ्गभेद सूचकाङ्क[२] | |
| मान | ०.५७५ (सन् २०२३) |
| वरीयता | १४६ मध्ये १४२औँ स्थान (सन् २०२३) |
पाकिस्तानमा महिलाहरूको स्थिति देशको जनशाङ्खिकिय सांस्कृतिक, धार्मिक, सामाजिक, राजनीतिक र सामुदायिक सहभागिता विश्लेषण गर्दा विविध रहेको पाइन्छ। सामाजिक, राजनीतिक र सांस्कृतिक जस्ता कारक तथा ग्रामीण र सहरी विभाजनले महिलाको स्थितिलाई प्रभावित पार्दछ। सन् २०१७ को जनगणना अनुसार पाकिस्तानको कुल जनसङ्ख्याको ४८.७६ प्रतिशत अंश महिलाहरूको रहेको छ।[३] पाकिस्तानमा महिलाहरूले पाकिस्तानी इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् भने सन् १९५६ देखि उनीहरूले मतदानको अधिकार पनि प्राप्त गरेका थिए।[४][५] पाकिस्तानमा महिलाहरूले प्रधानमन्त्री, राष्ट्रिय सभाको सभापति, विपक्षी दलको नेता र सङ्घीय मन्त्री, न्यायाधीश र सशस्त्र बलको उच्च पद जस्ता पदहरूबाट कार्यकाल सम्हालिसकेका छन्।[६] यसका साथै सर्वोच्च सैनिक पदमा रथीको पदभार निगार जोहरले प्राप्त गरेकी थिइन्। सन् १९८८ डिसेम्बर २ का दिन बेनजिर भुट्टोले पाकिस्तानको प्रथम महिला प्रधानमन्त्रीको रूपमा शपथ लिएकी थिइन्।[७][८]
स्थानीय, राष्ट्रिय र विश्वव्यापी मञ्चहरूमा पाकिस्तानमा महिलाहरू संस्कृति, धर्म, सामाजिक स्थिति, राजनीतिक र सामुदायिक सहभागिताका हिसाबले देशको जनसङ्ख्याको रूपमा विविध छन्।[९] जेन्डर कन्कर्न्स इन्टरनेसनलले जनाए अनुसार शिक्षित र साक्षर महिलाहरूको जनसङ्ख्यामा वृद्धि भएसँगै पाकिस्तानमा महिला अधिकार समग्र रूपमा सुधारुन्मुख भएको देखिन्छ।[१०] यसको बाबजुद सन् २०२१ मा महिला, शान्ति र सुरक्षा सूचकाङ्कमा १७० देशहरूको सूचीमा पाकिस्तान १६७औँ स्थानमा रहँदा पाकिस्तानमा महिलाहरूको स्थिति खराब रहेको विश्लेषण गरिएको र लैङ्गीक समानता तथा महिलाका अधिकारको विषयमा प्रगति गर्न असफल भएको मानिएको थियो।[११][१२][१३] यो सुचकाङ्कले लैङ्गीक असमानता, घरेलु हिंसा, कार्यस्थलमा काम गर्न कठिनाइ, निर्णय लिन सामर्थ्यको अभाव, अशिक्षा, सीमित अवसरहरू र यी चुनौतीहरूलाई समाधान गर्नका लागि पर्याप्त कानूनी रूपरेखा नहुन जस्ता सामाजिक समस्याहरूलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ।[१४][१५]
पाकिस्तानी सरकारले महिलाहरूको अधिकार तथा हितका लागि काम गर्न कम चासो दिएको र सरकारी कोष मध्ये महिलाहरूलाई नछुट्टाएको जस्ता विषयहरूले गर्दा शिक्षामा लगानी हुन नसकेको विश्लेषण गरिन्छ भने यसको फलस्वरूप शिक्षा क्षेत्रमा महिलाहरूका लागि विद्यालय र महाविद्यालयहरूमा भर्ना हुने दरमा कमी आएको देखिन्छ।[१६] [१७][१८] पाकिस्तानमा पितृसत्तात्मक प्रणालीले सामाजिक र सांस्कृतिक वातावरण सिर्जना गरेको र पुरुषको निरन्तर वर्चस्वलाई समर्थन गर्दा महिलाहरूको बौद्धिक, सामाजिक र आर्थिक विकासमा प्रमुख अवरोधका उत्पन्न भएको महसुस गरिन्छ। ग्रामीण भूभागहरूमा बलात्कार, हत्या र बलात्कृत विवाह जस्ता आपराधिक घटनाहरू घट्ने गरेको पाइन्छ।[१९][२०] यी सबै समस्याहरू शिक्षा, गरिबी, विकृत न्याय प्रणाली, सरकारले कानूनको कार्यान्वयनमा चासो नदिइनु र प्रहरी जस्ता कानून प्रवर्तन आयोगहरूको व्यापक असफलताको कारणसँग सम्बन्धित छन्।[२१][२२]
इतिहास
[सम्पादन गर्नुहोस्]पाकिस्तान आन्दोलनमा धेरै महिलाहरू स्वतन्त्र पाकिस्तान राज्यको निर्माणका लागि आन्दोलनमा होमिएका थिए। यस आन्दोलनको प्रमुख उद्देश्य ब्रिटिस शासित भारतलाई फुटाएर एक स्वतन्त्र र अलग राष्ट्र बनाउनु र नवनिर्मित राज्यमा मुसलमानको बहुसङ्ख्यक हुनेगरी देशमा निर्माण गर्दा यसको संस्कृति मुगल साम्राज्यको संस्कृतिसँग मिल्ने धारणा थियो।[२३] पाकिस्तानकी संस्कृतिको जरा मुगालहरूको जस्तै हुने कुरा पाकिस्तान राज्यको उदयको सुरुवातमा नै सोचिएको थियो। मुगाल पोशाक पाकिस्तानको मूलमा रहने कुरा पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अली खानले भनेका थिए। उनले पाकिस्तानको उदयको आधारभूतमा मुगालहरूको भूमिकालाई महत्त्वपूर्ण र अर्थपूर्ण बनाएका थिए। पाकिस्तानी महिला समाजको प्रगतिका पथप्रदर्शक फातेमा जिन्नाह थिइन् जसले पाकिस्तानमा महिलाहरूलाई शिक्षा दिनु अपरिहार्य रहेको र सोही नीतिमा उनको विश्वास रहेको थियो। उनले पहिले भारतीय महिलाहरूको जस्तै साडी लगाउने गरेको भएतापनि पछि उनले सलवार कमिज लगाउन सुरु गरेकी थिइन्।[२४]
पाकिस्तानको राजनीति, सरकारी जागिर, प्रशासनमा जस्ता सबै प्रकारका जागिरमा महिलाको नियुक्ति मूलतः फातेमाको आन्दोलन र अभिव्यक्तिबाट सुरु भएको मानिन्छ। उनलाई पाकिस्तानी महिलाका लागि प्रेरणा र शक्तिको प्रतीक मानिन्छ। राना लियाकत अली खानले पाकिस्तानको महिला समाजको विकासका लागि 'अल पाकिस्तान वुमेन एसोसिएसन' नामक संस्थाको स्थापना गरेकी थिइन्।[२५]बेनजिर भुट्टो पाकिस्तानको राजनीतिमा पहिलोपटक महिला प्रधानमन्त्री रूपमा पदभार ग्रहण गर्नुले सम्पूर्ण मुस्लिम विश्वमा एक दुर्लभ उदाहरण बनाउन सफल भएको थियो। सन् २०११ मा पाकिस्तानको परराष्ट्र मन्त्रालयमा मन्त्रीको रूपमा जिम्मेवारी लिने पहिलो महिला हिना रब्बानी खार थिइन्। [२६]पाकिस्तानको समाजमा सुरुदेखि नै सामाजिक कुसंस्कार हटाउन महिला शिक्षाले ठूलो योगदान दिएको छ भने महिलाहरू सामान्य शिक्षकदेखि विश्वविद्यालयका प्राध्यापकसम्म हुन भएका उदाहरण पनि छन्। अधिकांश सामान्य कामका लागि महिलाहरूले जागिरको पाउने अवसर गरेतापनि सैन्य सेवामा भने ठूलो प्रगति हुन सकेको छैन। यसको बाबजुद सैन्य चिकित्सा क्षेत्रमा महिलाहरूले मेजर जनरल वा रथीको जस्ता ठूला पदहरूमा पुग्न सफल भएका छन्।[२७] पाकिस्तानमा पाकिस्तान राष्ट्रिय महिला क्रिकेट टोलीले समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ भने यसले महिला तथा किशोरीहरूलाई क्रिकेट खेल प्रति उत्साहित पनि गरेको पाइन्छ। अन्य खेलहरूमा पनि महिलाहरूको सहभागिता रहेको पाइन्छ, उदाहरणका लागि सारा महबुब खान पाकिस्तानकी एक प्रसिद्ध टेनिस खेलाडी हुन्।[२८]
पाकिस्तानमा धर्मनिरपेक्षताको अवधारणा रहेतापनि सत्तरीको दशकपछि सैनिक शासक जनरल मोहम्मद जिया उल हकको शासनकालबाट भिन्न रूपले विकसित हुँदै पाकिस्तानी समाजमा यौन विभाजन सुरु भएको देखिन्छ।[२९] त्यसपछिका दिनहरूमा प्रेम विवाह गर्न धेरै कठिनाइ उत्पन्न भएसँगै सम्मानको रक्षार्थमा हत्या जस्ता घटनाहरू घट्न थाल्छन्। समाजमा महिला र पुरुष दुवैले सजिलैसँग प्रेम गरेर जीवनसङ्गिनी चयन गर्न नसक्ने अवस्थाको सृजना भएसँगै परिवार र समाजले प्रेम जोडीहरू प्रति घृणा गर्ने गरेको र महिलाको हत्या जस्ता घटनाहरू घट्न थालेको पाइन्छ।[३०] उर्दु साहित्यमा उल्लेख्य मात्रामा महिलाहरूको सहभागिता पहिलेदेखिनै रहेको र पाकिस्तानमा हालसम्म पनि धेरै महिला साहित्यकारहरूले यसलाई पेशाको स्वीकार गरेको भेटिन्छ। सन् १९४४ मा जन्मिएकी बुषरा रहमानले राजनीतिसहित साहित्यमा महत्वपूर्ण योगदान पुर्याएकी थिइन भने साहित्यमा महत्वपूर्ण योगदानको लागि पाकिस्तान सरकारले उनलाई सितारे इम्तियाज पुरस्कारले सम्मानित गरिएको थियो।[३१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Human Development Report 2021/2022", HUMAN DEVELOPMENT REPORTS, अन्तिम पहुँच २३ डिसेम्बर २०२२।
- ↑ "Global Gender Gap Report 2023", अन्तिम पहुँच ७ मार्च २०२३।
- ↑ "Population census 2017: Men outnumber women in Pakistan", Samaa Tv, २५ अगस्ट २०१७।
- ↑ "Powerful women of the Pakistan Movement", १४ अगस्ट २०१४।
- ↑ "The rising voices of women in Pakistan", National Geography, ६ फेब्रुअरी २०१९, मूलबाट ७ फेब्रुअरी २०१९-मा सङ्ग्रहित।
- ↑ Women Judges in the Muslim World: A Comparative Study of Discourse and Practice, BRILL, ३० मार्च २०१७, आइएसबिएन 978-90-04-34220-0।
- ↑ Karen O'Connor (१८ अगस्ट २०१०), Gender and Women's Leadership: A Reference Handbook, SAGE, पृ: 382–, आइएसबिएन 978-1-4129-6083-0।
- ↑ Laura Sjoberg (१७ जुलाई २०१४), Gender, War, and Conflict, Wiley, पृ: 7–, आइएसबिएन 978-0-7456-8467-3।
- ↑ Jafree, Sara Rizvi (२०२३), Social Policy for Women in Pakistan (अङ्ग्रेजीमा), Cham: Springer Nature Switzerland, आइएसबिएन 978-3-031-32862-6, डिओआई:10.1007/978-3-031-32863-3।
- ↑ Saeed, Ayesha; Hassan, Komal; Sadaf, Shama (२०२२-१२-३१), "Consumer Clothing Disposal Behavior: Characteristics and Environmental Concerns", Pakistan Journal of Social Research 04 (4): 179–189, आइएसएसएन 2710-3129, डिओआई:10.52567/pjsr.v4i04.801।
- ↑ "The Situation of Women in Pakistan", अन्तिम पहुँच २५ जुन २०२०।[स्थायी मृत कडी]
- ↑ Mariam S. Pal (२०००), Women in Pakistan: Country Briefing Paper, Asian Development Bank, आइएसबिएन 978-971-561-297-5, मूलबाट ५ नोभेम्बर २०१४-मा सङ्ग्रहित।
- ↑ "JPMA – Journal of Pakistan Medical Association", jpma.org.pk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०२०। अभिलेखिकरण १३ मे २०२० वेब्याक मेसिन
- ↑ "Gender Concerns International", www.genderconcerns.org, अन्तिम पहुँच २०२५-०४-०९।[स्थायी मृत कडी]
- ↑ Kamal, D. (२०२४), The Feminisms of Our Mothers, Zabaan Books।
- ↑ "Financing Education in Pakistan"।
- ↑ ""Shall I Feed My Daughter, or Educate Her?"", Human Rights Watch (अङ्ग्रेजीमा), १२ नोभेम्बर २०१८, अन्तिम पहुँच ८ मे २०२१।
- ↑ "Critical Analysis of the Problems of Education in Pakistan"।
- ↑ "Absence of laws to ensure women's rights is not the problem; failure to implement existing ones is", www.thenews.com.pk (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ मे २०२१।
- ↑ Adil, Hafsa, "Pakistan's laws fail to check violence against women", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ मे २०२१।
- ↑ Ghumman, Faisal Ali (४ अक्टोबर २०१४), "'Declining' morale hits police performance", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ मे २०२१।
- ↑ Akhtar, Jawaid (३० मे २०२०), "Police performance", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ मे २०२१।
- ↑ "Powerful Women of the Pakistan Movement"। dawn.com।
- ↑ Mariam S. Pal (२०००)। "Women in Pakistan: Country Briefing Paper" (PDF)। Asian Development Bank।
- ↑ "Pakistan's first female two-star general on what it takes to be successful"। geo.tv। ८ मार्च २०१८।
- ↑ Shayan Acharya (१३ जुन २०२०)। "Sana Mir: Collective will needed to sustain women's cricket"। thehindu.com।
- ↑ Shayan Acharya (१३ जुन २०२०)। "Sana Mir: Collective will needed to sustain women's cricket"। thehindu.com।
- ↑ Bora, Saurav (२०१६-०२-११)। "'Hard for Pak women to excel in tennis' - Interview - Sarah Mahboob"। The Telegraph। ABP। सङ्ग्रह मिति २०१६-१२-११।
- ↑ "'Honour killings': Pakistan closes loophole allowing killers to go free"। ६ अक्टोबर २०१६ – www.bbc.com-को माध्यमबाट।
- ↑ "Pakistan police defend actions over Lahore honour killing"। bbc.com। ३० मे २०१४।
- ↑ "Khalid Maqbool confers civil awards on 46"। Daily Times। २७ मार्च २०१४। सङ्ग्रह मिति ११ डिसेम्बर २०१७।