सामग्रीमा जानुहोस्

पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड
پاکستان ٹیلی کمیونیکیشن کمپنی لمیٹڈ
व्यवसाय प्रकार
सार्बजनिक
व्यावसायिक रूपपिएसएक्स: PTC
उद्योगदूरसञ्चार
विधादूरसञ्चार
स्थापित१९९५
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
डा. ड्यानियल डिज
(अध्यक्ष, सिइओ)
अमीर अश्राफ खावाजा
(अध्यक्ष)
ताइमर कदार खत्तक
(उपाध्यक्ष, प्रमुख बित्तीय अधिकृत)
तरिक सलमान
(प्रमुख प्रविधि अधिकृत)[स्रोत नखुलेको]
उत्पादनहरूवायरलेस वा तार बिहिन
टेलीफोन
इन्टरनेट
आइपीटिभि
आम्दानी (US$१.१ बिलियन) - २०१७[]
(US$८० मिलियन)- २०१७
मालिकपाकिस्तान सरकार (६२%)
इतिसलात (२६%)
कर्मचारी सङ्ख्या
१८००० भन्दा बढि
सहायक कम्पनीहरूयूफोन
वेबसाइटwww.ptcl.com.pk

पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड वा सामान्य तया पीटीसीएल (उर्दु: پاکستان مخابرات) पाकिस्तानको राष्ट्रिय दूरसञ्चार कम्पनी हो ।[][] पीटीसीएलले राष्ट्रव्यापी रूपमा टेलिफोन र इन्टरनेट सेवा प्रदान गर्दछ र तेलेनर र चीन मोबाइल सहित दर्जनौ दूरसञ्चार देशमा भित्रिए पनि देशको दूरसञ्चार पूर्वाधारको लागि यो मेरुदण्ड मानिएको छ । निगमले देशभरको लगभग २००० टेलिफोन बिनिमय प्रबन्ध गर्दछ र सञ्चालन गर्दछ जसले सबैभन्दा ठूलो निश्चिति-लाइन नेटवर्क प्रदान गरेको छ । डाटा र अरू सेवाहरू जस्तै जीएसएम, एचएसपीए, सीडीएमए, एलटीई, ब्रोडब्यान्ड इन्टरनेट, आईपीटीभि, र थोकहरू यसको व्यापारको एक प्रमुख भाग हो । यो एक राज्यको पुर्ण स्वामित्वमा रहेको निगम थियोे तर पीटीएलको शेयर ६२% मा घटेको थियो, जब २६% शेयर इतिसलात दूरसञ्चारलाई बिक्री गरेको थियो र बाँकी १२% सामान्री जनताहरूको नियन्त्रणमा रहेकोे छ । ६२% शेयरहरू अझै पनि पाकिस्तान सरकारको स्वामित्वमा रहेको छ ।

१९४९ मा पोष्ट र टेलिग्राफ विभागको सुरुवात र १९६२ मा पाकिस्तान टेलिफोन र टेलीग्राफ विभागको स्थापनाबाट पीटीसीएल पाकिस्तानमा दूरसञ्चारको प्रमुख प्रदायक बनेको छ ।

पाकिस्तान दूरसञ्चार निगम (पीटीसी) ले पाकिस्तान दूरसञ्चार निगम ऐन १९८० को अनुसार पाकिस्तान टेलीफोन र टेलीग्राफ विभागले सञ्चालन र कार्यभार लिने गरेको छ ।

पीटीसीएलले क्रमश २००१ मा यूफोन र पाकनेटको नाममा यसको मोबाइल र डेटा सहायक कम्पनीका सेवाहरूको रूपमा सञ्चालन गरेको थियो । कुनैपनि ब्रान्डहरूले यसको प्रतियोगितामा शीर्ष स्थान हासिल गर्न सकेको थिएन । हालै, तथापि, यूयनले सेलुलर क्षेत्रमा आफ्नो शेयर बजार बढाएको थियो । पीटीसीएलद्वारा शुरू भएको हालैका डीएसएल सेवाहरूले नयाँ ब्रान्डको नाममा परिचय पाएको छ र सेवाको संचालनलाई प्रत्यक्ष रूपमा पीटीसीएलले पर्यवेक्षण गरेको छ ।

इस्लामाबादमा पिटिसीएलको एक पसल

२००५ मा, पाकिस्तान सरकारले यस कम्पनीको २६ प्रतिशत केहि निजी निगममा बेच्ने निर्णय गरेको थियो । पीटीसीएलको निजीकरणको लागि बोलपत्र प्रक्रियामा तीन सहभागी थिए । इतिसलात, एक अबू धबी कम्पनी बोलीमा ठूलो भागमा शेयर प्राप्त गर्न सक्षम थियो ।[] निगमलाई निजीकरण गर्ने योजनाको सबैतिर स्वागत गरिएको थिएन देशभरका विरोधाभासहरू र पीटीसीएलका कार्यकर्ताहरूले आक्रमण गरेका थिए । तिनीहरूले संस्थाका फोन लाइनहरू जस्तै लाहोरमा अवस्थित पञ्जाब विश्वविद्यालयको साथ सार्वजनिक क्षेत्रका संस्थाहरू समेत अवरोध गरेका थिए । कार्यकर्ताहरूको तलबमा ३०% ले वृद्धि भएपछि सरकार र कर्मचारीहरू बीचको विवाद समाप्त भएको थियो ।

कम्पनी प्रोफाइल

[सम्पादन गर्नुहोस्]

पीटीसीएल पाकिस्तानमा सबैभन्दा ठूलो दूरसञ्चार प्रदायक हो । पीटीसीएल देशमा सबैभन्दा ठूलो सीडीएमए अपरेटरको रूपमा पनि रहेको छ जुन ०.८ मिलियन भि-फोनका ग्राहकहरू रहेका छन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "वार्षिक प्रतिवेदन २०१७", https://www.ptcl.com.pk/images/financials_files/financialresultsfortheyearended31stdecember2017.pdf[स्थायी मृत कडी]
  2. पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको प्रोफाइल फाइनासियल टाइम्स (संयुक्त अधिराज्यको पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७
  3. पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड र नेटफ्लिक्सले बिशेश सम्झौतामा हस्ताक्षर गरेका छन् डाउन (पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७
  4. " पाकिस्तानले बोली प्रक्रियामा $२.५९ बिलियन एटिसलातबाट लिएको छ" द इण्डियन एक्सप्रेस (पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]