पाटेनागी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इलामको सदरमुकामबाट ४० किलोमिटर टाढाको पाटेनागी लाई इलाम र पाँचथर दुई जिल्लाका आधा दर्जन गाविसको सिमाना छोएको छ| इलामको चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान बाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाबाट सूर्योदयपूर्वाञ्चलका धेरै भू-भाग नियाल्न सकिन्छ । यो क्षेत्रमा विभिन्न प्रकारका पाहा, जङ्गली जनावार, फूलजडिवुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभिर, नागढुङ्गालगायत रमणिय ठाउँ छन् । मेची हाइवे नखुल्दा सम्म माथिल्लो पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट थियो ।

तीन हजार ५४ मिटरको उचाईमा अवस्थित यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकोले यस स्थानको नाम पाटेनागी रहेको हो । यसक्षेत्रमा घना गुराँसे जङ्गल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जङ्गल छ | फरकफरक रंगमा फुलेका गुराँसले जता हेर्‍यो उतै रातम्ये देखिएपछि त्यहाँ पुग्नेहरू दंग पर्छन् । नयाँप्रजातिको पाहा पापाटेनागेन्सिसको बासस्थान नजीकैको गँगटेपानीमा छ । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थल पनि हो । यहाँ बनमूला, बिखुमा, चिराइतो, पाँचऔँले, बुढीओखतीलगयतका जडिवुटी, लाली गुराँस, चाँप जस्ता फूल पाइन्छ । वर्षादको समयमा बाघ भालु आउने र पर्याप्त मत्रा बँदेल पाइन्छ । मुनाललगायतका चराचुरुङ्गीहरू यहाँ भेट्न सकिन्छ भने लोपन्मूख हाब्रेसमेत पाइने स्थानीयको दावी छ ।

विविधताको संगमः पाटेनागी वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति

डाँडा राताम्मे