सामग्रीमा जानुहोस्

पातुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पातुरी
केराको पातले बेरेर पकाइएको माछाको पातुरी
परिकारप्रमुख परिकार
उत्पत्ति स्थानभारत
बङ्गलादेश
क्षेत्र वा राज्यबङ्गाल
सम्बन्धित राष्ट्रिय व्यञ्जनभारतीय (बङ्गाली)
विभिन्नतामाछाको पातुरी

पातुरी (बङ्गाली: পাতুরি) तरकारी वा मानुजन्य खाद्य पदार्थहरूको प्रयोग गरि बनाइने एक लोकप्रिय बङ्गाली परिकार हो। पातुरीमा विशेषगरी माछाको पातुरी बढी रुचाइने गरिन्छ। पातमा घेरि डोरीले बाँधेर कम तापमा वा वाष्पमा पकाउने हुँदा यस परिकारको तयारीमा पातको विशेष महत्त्व हुने गर्दछ। पातुरीका शाकाहारी परिकारहरूमा पनीर, दाल, सन्देश आदि समावे छन् भने मासुका परिकारहरूमा माछाको पातुरी पर्लछ। माछाको पातुरी बनाउन मुख्यतः ताजा पानीको माछा प्रयोग गरिन्छ।

उत्पत्ति र इतिहास

[सम्पादन गर्नुहोस्]

सम्भवतः ‘पातडा’ शब्दबाट 'पातुरी' शब्दको उत्पत्ति भएको हुन सक्छ। पातले मोडेर पकाइने भएकोले यस परिकारलाई 'पातुरी' भनिएको हो। केराको पात, लौकाको पात, इस्कुसको पात वा कुभिण्डोको पातले बेरेर यसलाई पकाइने हुँदा पातले बेरेर तयार गरिन्छ यस्ता परिकारहरूलाई सामान्यतया पातुरी भनेर चिनाउन सकिन्छ।[] इतिहासले पातुरीको उत्पत्ति वा उद्भवको सही समय पत्ता लगाउन नसकेकाले प्राचीन र मध्यकालीन बङ्गाली खानपानमा पातुरीको उल्लेख तुलनात्मक रूपमा निकै कम छ। पतुरी बनाइएको पहिलो सङ्केत कवि मुकुन्द मिश्रद्वारा रचित 'बाँशुलीमङ्गल' काव्यमा पाइन्छ। यस काव्यमा कविले स्वामी धूसदत्तका लागि रुक्मिणीले बनाएको खानामा पातुरी पनि थियो भनेर उल्लेख गरेका छन्। यहाँ तीलको प्रयोग गरि बनाइएको माछाको पातुरीलाई पनि उल्लेख गरिएको थियो।[]

तरकारी वा मासुजन्य खाद्य सामग्रीहरूको प्रयोग गरि यसलाई लगभग सबै प्रकारका सामग्रीसँग तयार गर्न सकिन्छ। मासुजन्य खाद्य पदार्थबाट बनाइएको पातुरीहरूको विशेषगरी माछाको पातुरी बढी लोकप्रिय रहेको छ। विभिन्न प्रजातिका माछाहरूबाट फरकफरक पातुरी तयार गरिन्छ जसमा भेटकी पातुरी, इलिष पातुरी, कोई पातुरी, रहु पातुरी आदि समावेश छन्। माछा बाहेक अण्डाबाट पनि पातुरी बनाउन सकिन्छ भने यसबाहेक माछाको अण्डा प्रयोग गरेर पनि पातुरी बनाइने गरिन्छ।[][][] झिङ्गे माछाबाट पनि पातुरी तयार गरिन्छ जसलाई बङ्गालीमा चिङरी माछेर पातुरी भनेर चिनिन्छ।[] पातुरीका धेरै शाकाहारी परिकारहरू पनि रहेका छन् जुन शाकाहारीहरू खानेहरू माझ अधिक लोकप्रिय छ। दाल प्रयोग गरेर शाकाहारी दाल पातुरी तयार गरिन्छ जसमा मसुर दालको पातुरी उल्लेखनीय छ। दूधजन्य वस्तुबाट पनि पातुरी तयार गरिन्छ जसमा पनिर र छानाबाट तयार गरिने पातुरीहरू समावेश छन् जसलाई क्रमशः पनिर पातुरी र छेनाको पातुरी भनेर चिनिन्छ। दुधबाट तयार गरिने बङ्गाली प्रसिद्ध मिठाइँ सन्देशबाट पनि पातुरी बनाउने गरिन्छ।

पातुरीको विविधता
नाम चित्र पात (आकारको हिसाबले) उपकरण
प्रमुख अनिवार्य अन्य
शाकाहारी पातुरी
पनीरको पातुरीपनीरतोरी , बेसारको धुलो, तोरीको तेल, हरियो खुर्सानीनरिवल
दालको पातुरीइस्कुसको पातदालहरियो खुर्सानी, बेसार र तोरीको तेलप्याज, लसुन, कालो जीरा, धनियाको पात, गोलभेडा, अदुवा
सन्देशको पातुरीकेराको पातसन्देश
छेनाद्वारा निर्मित पातुरीकेराको पातछेनातोरी र हरियो खुर्सानीचिनी
मासुजन्य पातुरी
भेट्की माछाको पातुरीकेराको पातभेट्की माछा
इलिस माछाको पातुरीकेराको पातइलिस माछातोरी, तोरीको तेल, बेसारको धुलो, हरियो खुर्सानीदही, नरिवल
कोई माछाको पातुरीलोकाको पातकोई माछातोरी, बेसारको धुलो, तोरीको तेल, प्याव, हरियो खुर्सानीलसुन, जीरा, नरिवल, धनिया
रहु माछाको पातुरीकेराको पातरहु माछा
झिङ्गे माछाको पातुरीझिङ्गे माछातोरी, हरियो खुर्सानी, तोरीको तेलपिनेको नरिवल, दही, चिनी, लसुन
अण्डाको पातुरीअण्डा (माछाको अण्डा)तोरी, तोरीको तेल, बेसारको धुलो, हरियो खुर्सानीनरिवल, मसिनो पारेर काटिएको प्याज

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "কাচকির পাতুরির স্বাদ, নিমেষে মন জিতে নেবে আপনার!", এই সময় (সংবাদপত্র) (बङ्गालीमा), अन्तिम पहुँच १४ सेप्टेम्बर २०२४
  2. "ইলিশ নয়, এ বার ডিম দিয়েই বানিয়ে ফেলুন পাতুরি! জমে যাবে দুপুরের ভোজ"Anandabazar (बंगाली भाषा)। ABP। ४ जुलाई २०२४। सङ्ग्रह मिति १४ सेप्टेम्बर २०२४
  3. Das, Rajit (१६ फेब्रुअरी २०२४)। "ডিম পাতুরি: মাছের পাতুরি তো অনেক খেয়েছেন, এবার রাঁধুন মুখরোচক ডিম পাতুরি"bengali.indianexpress.com (बङ्गाली भाषा)। सङ्ग्रह मिति १४ सेप्टेम्बर २०२४
  4. "বর্ষায় পাতুরি খেতে মন চাইছে? মাছের ডিম দিয়ে বানাতে পারেন, রইল প্রণালী"www.anandabazar.com (बङ्गाली भाषा)। ABP। सङ्ग्रह मिति १३ सेप्टेम्बर २०२४
  5. "ভাইফোঁটায় ভাইয়ের পাতে চিংড়ি রাখবেন? চাপড়া চিংড়ির পাতুরি বানিয়ে ফেলুন"Anandabazar (बङ्गाली भाषा)। ABP। १८ अक्टोबर २०२२। सङ्ग्रह मिति १४ सेप्टेम्बर २०२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]