पातेमेला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

पातेमेलादैलेख जिल्लाको पिपलकोट गा.वि.स.को वार्ड नं. ४ अंतर्गत पर्ने एक गाउँ हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

यहाँको जनसङ्ख्या ५३८ रहेको छ।यहाँ १०३ वटा घरधुरीहरु छन्।[१]

जन जीवन[सम्पादन गर्ने]

यहाँ मगर जातीको बसोवास रहेको छ। यो गाउँलाई गा.वि.स.को तोलीचाका भन्दा दोस्रो मुख्य गाउँको रुपमा लिईएको छ। यहाँ एक विद्यालय रहेको छ। विद्यालयलाई नि.मा.वि.स्विकृती गराउने प्रयास जारी छ।

व्यावसाय[सम्पादन गर्ने]

यो गाउँ सुर्खेत-जुम्ला सडक खण्ड अंतर्गत पर्ने भएकाले यहाँ कृषिको अलावा व्यापार व्यवसायलाई पनि अपनाईन्छ।

संस्कृति[सम्पादन गर्ने]

यहाँ मगर जातीको बसोवास रहेकाले यिनिहरु आफ्नै रिवाजमा रमाउने गर्दछन्।यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो।यहाँको मुख्य भाषा नेपाली हो।

भुगोल[सम्पादन गर्ने]

यसको सिमाना किटु, तोलीचाकाकालिकोट जिल्लाको भर्ता गा.वि.स.को छाति गाउँ सँग जोडिएको छ। यो गाउँ पिपलकोट गा.वि.स.को दोस्रो ठूलो गाउँको रुपमा लिइन्छ।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँमा साना ठूला टोलहरु त धेरै छन्।ति मध्य मुख्य यस प्रकार छन्।:-

  • गाउँ
  • सिरेनी
  • नौलावन
  • गिठाखानी

स्रोत[सम्पादन गर्ने]

  1. Village profile 2010

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल