सामग्रीमा जानुहोस्

पामेला बोर्डेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पामेला बोर्डेस
जन्मपामेला चौधरी सिंह
१९६१ (उमेर ६४–६५)
नयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
नागरिकताभारत
शिक्षासाहित्य
मातृ शिक्षाप्रतिष्ठानलेडी श्रीराम कलेज, दिल्ली
पेशाफोटोग्राफर, पूर्व मोडल
कार्यकाल१९८२–हालसम्म
चिनारीको कारणफेमिना मिस इन्डिया १९८२
उपाधिफेमिना मिस इन्डिया १९८२
जीवनसाथीहेनरी बोर्डेस (सम्बन्धविच्छेद)
मातापिता
  • मेजर महेन्द्र सिंह चौधरी (पिता)
  • शकुन्तला चौधरी (माता)

पामेला सिंह (जन्म सन् १९६१), केही वर्षसम्म पामेला बोर्डेसका नामले परिचित, एक भारतीय फोटोग्राफर तथा सौन्दर्य प्रतियोगिताकी विजेता हुन्। उनले सन् १९८२ मा मिस इन्डिया १९८२को उपाधि जितेकी थिइन्।[१]

व्यक्तिगत जीवन

[सम्पादन]

सिंहको जन्म सन् १९६१ मा नयाँ दिल्ली, भारतमा भएको थियो। उनका पिता मेजर महिन्दर सिंह भारतीय सेनाका एक अधिकारी थिए। उनले जयपुरस्थित महारानी गायत्री देवी गर्ल्स पब्लिक स्कुलमा प्रारम्भिक शिक्षा हासिल गरिन्। त्यसपछि उनले दिल्लीस्थित लेडी श्रीराम कलेजमा साहित्य विषय अध्ययन गरिन्।

सन् १९८२ मा उनले मिस इन्डियाको उपाधि जितिन् र सोही वर्ष भारतको प्रतिनिधित्व गर्दै मिस युनिभर्स १९८२ प्रतियोगितामा सहभागी भइन्। त्यसपछि उनी युरोप गइन्, जहाँ उनको भेट हेनरी बोर्डेससँग भयो र पछि उनीहरू विवाह बन्धनमा बाँधिए।

सिंहले न्यूयोर्कस्थित पार्सन्स स्कुल अफ डिजाइन, पेरिसस्थित अमेरिकन विश्वविद्यालय अफ पेरिस तथा न्यूयोर्कस्थित इन्टरनेशनल सेन्टर अफ फोटोग्राफीमा अध्ययन गरेकी थिइन्।[२][३]

सन् १९९७ देखि उनले फोटोग्राफीलाई आफ्नो व्यावसायिक करियरका रूपमा अपनाइन्।[४]

आरोपहरू

[सम्पादन]

सन् १९८० को दशकको उत्तरार्धमा सिंह बेलायतस्थित एक वेश्यालयमा कार्यरत रहेको आरोप सार्वजनिक भएको थियो। उक्त वेश्यालयले बेलायती जनसम्पर्क विशेषज्ञ म्याक्स क्लिफर्डका एक ग्राहकलाई विभिन्न सेवाहरू उपलब्ध गराएको बताइन्छ। त्यसपछि क्लिफर्डले उक्त वेश्यालयकी सञ्चालिकासँग त्यहाँ कार्यरत महिलाहरू तथा ग्राहकहरूको विवरण मागे। उनका अनुसार पामेला बोर्डेसले एकै समयमा द सन्डे टाइम्सका तत्कालीन सम्पादक एन्ड्र्यु निल, द अब्जर्भरका तत्कालीन सम्पादक डोनाल्ड ट्रेलफोर्ड, बेलायती खेलमन्त्री कोलिन मोयनिहान, चौथा ब्यारन मोयनिहान तथा अर्बपति हतियार व्यापारी अदनान खशोगीसँग सम्बन्ध राखेको आरोप लगाइएको थियो।[५][६][७]

क्लिफर्डले त्यसपछि News of the World का सम्पादक प्याट्सी च्यापम्यानलाई अनुसन्धानात्मक पत्रकारमार्फत यस घटनासम्बन्धी जानकारी उपलब्ध गराए। मार्च १९८९ मा Call Girl Works in Commons शीर्षकमा प्रकाशित समाचारमा बोर्डेससँग युनाइटेड किङडमको हाउस अफ कमन्सको सुरक्षा प्रवेश-पास रहेको र उक्त पास सांसद डेभिड श तथा हेनरी बेलिङ्घमको व्यवस्थामा जारी गरिएको दाबी गरिएको थियो।[८]

क्लिफर्डले बोर्डेस कहिल्यै आफ्नी ग्राहक नरहेको दाबी गरेका छन्। उनका अनुसार उनले उक्त घटनाको "कथा तयार पारेबापत" पारिश्रमिक प्राप्त गरेका थिए, जसको उद्देश्य वेश्यालय सञ्चालिकालाई नकारात्मक प्रचारप्रसार तथा सम्भावित कानुनी कारबाहीबाट जोगाउनु थियो।[९]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "Adnan Khashoggi: The arms dealer, disarmed by Indian bombshell Pamella Bordes", The Economic Times, १५ जुन २०१७।
  2. ↑ Khosla, Surabhi. "Shooting what she loves" अभिलेखिकरण ७ डिसेम्बर २००८ वेब्याक मेसिन, the-south-asian.com, May 2004, retrieved 7 October 2008
  3. ↑ Thayil, Jeet. "Pamela Singh's new passion: art photography", rediff.com, 8 August 2001, retrieved 7 October 2008
  4. ↑ Vetticad, Anna M. M. (जनवरी १९९७), "Past all gossips and scandals, Pamela Singh takes up photography", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २० नोभेम्बर २०१८।
  5. ↑ Summerskill, Bill (28 July 2002). "Paper tiger" The Observer (London) retrieved 14 November 2006.
  6. ↑ Roy, Amit (9 October 2005). "A trip down memory lane" अभिलेखिकरण ६ जुन २०११ वेब्याक मेसिन The Telegraph (Calcutta) retrieved 14 November 2006.
  7. ↑ "Billionaire arms dealer breaks his silence over claims he hired Heather Mills as escort", London Evening Standard, ११ नोभेम्बर २००६, अन्तिम पहुँच १४ नोभेम्बर २००६।
  8. ↑ Tripathi, Salil; Flandrin, Philippe; Jain, Madhu; De Sarkar, Dipankar; Bobb, Dilip; Devadas, David; Karkaria, Amrit (२४ अक्टोबर २०१३) [Originally published on १५ अप्रिल १९८९], "Pamella Bordes' sexual escapades with high and mighty rock British establishment", India Today (New Delhi: Living Media), अन्तिम पहुँच १० जुन २०१९।
  9. ↑ Max Clifford and Angela Levin, Max Clifford: Read All About It!, Virgin Books, 2005 (आइएसबिएन ९७८-१-८५२२७-२३७-१)

बाह्य कडीहरू

[सम्पादन]
पूर्वाधिकारी मिस इन्डिया
१९८२
उतराधिकारी