पारलिङ्गी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पारलिङ्गी (अङ्ग्रेजी: Transgender) व्यक्तिहरू ती व्यक्ति हुन् जो शारीरिक रूपमा जुनसुकै लिङ्गका व्यक्ति भएपनि आफ्नो अनुभव, हाउभाउ र अभिव्यक्ति भने सो भन्दा भिन्न हुने गर्दछ।

पारलिङ्गी महिला[सम्पादन गर्ने]

जो व्यक्ति शारीरिक रूपले पुलिङ्गी हुन् र मानसिक, व्यवहारिक र स्वभाविक रूपले महिला हुन्छन्, आफूलाई महिला भनेर पहिचान गराउँछन्, ती हुन् पारलिङ्गी महिला(Transgender woman)। शारिरिक रूपले पुलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र महिलाको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी महिला (Non-operative transwoman) भन्दछौँ। अब धेरै पारलिङ्गी महिलाहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले स्त्रीलिङ्गी हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा स्त्रीलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन बढ्ने, छाला नरम हुने, रौं हराउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी महिला जस्तै देख्न थाल्छन्। यसलाई हामी पुदेस्त्री हर्मोन प्रतिस्थापन प्रकृया (Male-to-female hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी महिला जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी महिला (Pre-operative transwoman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी महिला (Post-operative transwoman) भन्छौँ।

पारलिङ्गी पुरुष[सम्पादन गर्ने]

जो व्यक्ति शारीरिक रूपले स्त्रीलिङ्गी हुन् र मानसिक, व्यवहारिक र स्वभाविक रूपले पुरुष हुन्छन्, आफूलाई पुरुष भनेर पहिचान गराउँछन्, ती हुन् पारलिङ्गी पुरुष(Transgender man)। शारिरिक रूपले स्त्रीलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र पुरुषको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी पुरुष (Non-operative transman) भन्दछौँ। अब धेरै पारलिङ्गी पुरुषहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले पुलिङ्गी हर्मोन टेस्टेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा पुलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन घट्ने, छाला खस्रो साह्रो हुने, रौं पलाउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी पुरुष जस्तै देख्न थाल्छन्। यसलाई हामी स्त्रीदेपु हर्मोन प्रतिस्थापन प्रकृया (Female-to-male hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी पुरुष जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी पुरुष (Pre-operative transman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी पुरुष (Post-operative transman) भन्छौँ।

हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्क[सम्पादन गर्ने]

थप[सम्पादन गर्ने]

लिङ्ग, लैङ्गिकता र यौनिकता
लिङ्ग
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तर्लिङ्गी
लैङ्गिकता
पुरुष महिला त्याचलिङ्गी पारलिङ्गी पारलिङ्गी महिला पारलिङ्गी पुरुष मिश्रितलिङ्गी अलिङ्गी विषुलिङ्गी विषुपहिरणी दुईलिङ्गी द्रवलिङ्गी गैरानुरूपलिङ्गी परिणतलिङ्गी क्वयेरलिङ्गी अर्धलिङ्गी तेस्रोलिङ्गी गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान
यौनिकता
यौन अभिमुखिकरण विषमयौनिक समयौनिक द्वयौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक अर्धयौनिक खर्याउनिक पुरुष्याउनिक महिल्याउनिक पारलिङ्याउनिक
अन्य
केथालिङ्गी केथायौनिक लैङ्गिक विविधता समावेशी नेपाली भाषा सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू

सन्दर्भ[सम्पादन गर्ने]