सामग्रीमा जानुहोस्

पार्वती कुण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिका- ०३, गतलाङको सिरानमा अवस्थित पार्वतीकुण्ड धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले महत्वपूर्ण स्थल हो। यसै तालको नामबाट गाउँपालिकाको नाम पार्वतीकुण्ड गाउँपालिका राखिए पनि पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा स्थानीय भाषाअनुसार ‘आमाछोदिङ्मो’ राखिएको हो । स्थानीयहरू पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भन्छन् । समुद्री सतहबाट २,५५० मिटर उचाइमा रहेको यो कुण्ड भूकम्पअघि ‘कालो छाना भएको गाउँ’ का रूपमा चिनिएको गतलाङको उत्तरपट्टि अवस्थित छ। गोसाइँकुण्ड पछिको दोस्रो महत्व रहेको कुण्ड हो यो ।

पार्वतीकुण्ड, रसुवा

पार्वतीकुण्ड पुग्ने कसरी

[सम्पादन]

काठमाण्डौंबाट त्रिशूली- धुन्चे- स्याफ्रु- थाम्बुचेत- गतलाङ हुँदै यस कुण्डमा सजिलै पुग्न सकिन्छ । गतलाङ गाउँबाट करीब १ घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ ।

बाह्य कडीहरू

[सम्पादन]